< २ राजाहरू 3 >
1 यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।
猶大王約沙法特十八年,阿哈布的兒子耶曷蘭在撒瑪黎雅登極作以色列王,在位凡十二年。
2 परमप्रभुको दृष्टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए ।
他行了上主視為惡的事,不過還不像他的父親和母親那樣壞,因此他除去了他父親所立的巴耳神柱,
3 तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् ।
只是對乃巴特的兒子雅洛貝罕使以色列陷於罪過的事,仍戀戀不捨,從未脫離。
4 मोआबका राजा मेशाले भेडाहरू पाल्थे । तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो ।
摩阿布人默沙原是一個以畜牧為業的人,他經常以十萬隻羔羊和十萬隻公山羊毛,巷以色列王進貢;
5 तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे ।
但在阿哈布死後,摩阿布王便背叛了以色列王。
6 त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे ।
那時,耶曷蘭王從撒瑪黎雅出來,檢閱全以色列人,
7 तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।”
以後派使者去見猶大王約沙法特說:「摩阿布王背叛了我,你願意同我一起去攻打摩阿布嗎﹖」約沙法特說:「願意去;你怎樣,我也怎樣;我的人民就如同是你的人民,我的馬就如同是你的馬。」
8 तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”
約沙法特接著問說:「我們從哪條路上去﹖」耶曷蘭答說:「從厄東曠野那條路。」
9 त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्ति पानी भएन ।
於是以色列王、猶大王和厄東王出發,繞道而行,七天以後,軍隊和隨行的一大隊牲畜沒有水喝。
10 त्यसैले इस्राएलका राजाले भने, “यो के हो? के परमेश्वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो?”
以色列王說:「哎! 上主召集這三個王子,原是將他們交在摩阿布手中啊! 」
11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्लाह लिन सक्छौँ?” इस्राएलका राजाका सेवकमध्ये एक जना जवाफ दियो र भन्यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्थे ।”
約沙法特問說:「這裏有沒有一位上主的先知,我們可以託他求問上主﹖」以色列王的一個臣僕回答說:「這裏有沙法特的兒子厄里叟,就是常在厄里亞手上倒水的那一位。」
12 यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।
約沙法特說:「他必有上主的話。」以色列王、約沙法特和厄東王,於是一同下去見他。
13 एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”
厄里叟對以色列王說:「我和你有什麼關係﹖你去找你父親和你母親的先知罷! 」以色列王說:「不要這樣說! 上主召集了這三個王子,原是要將他們交於摩阿布手中啊! 」
14 एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु जिवित जसको सामु म खडा हुन्छु, उहाँको नाउँमा शपथ खाएर म भन्छु । मैले यहूदाका राजा यहोशापातको उपस्थितिलाई आदर नगर्ने भए म तपाईंलाई ध्यान दिने थिइनँ वा तपाईंलाई हेर्ने पनि थिइनँ ।
厄里叟說:「我指著我所服事的永生萬軍的上主起示:我如果不是為了猶大王約沙法特的情面,我決不看你,也不睬你。
15 तर अब मकहाँ एक जना सङ्गीतकार ल्याउनुहोस् ।” जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्यो ।
現在,你們給我叫一個彈琴的人來。」原來每逢樂師彈琴的時候,上主的手就臨到他身上。
16 तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'यो सुक्खा नदीको उपत्यकालाई खाल्डै-खाल्डो बनाओ ।'
厄里叟說:「上主這樣說:你們在這山谷中遍挖壕溝,
17 किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'तिमीहरूले बतास देख्नेछैनौ, न त वर्षा देख्नेछौ, तर यो नदीको उपत्यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।'
因為上主這樣說:你們不見風,也不見雨,這山谷中卻要充滿了水,使你們、你們的軍隊和牲畜都有水喝。
18 यो परमप्रभुको दृष्टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ ।
這在上主看來還是小事,他還要將摩阿布交在你們手中,
19 किल्लाले घेरिएको हरेक सहर र हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ, हरेक असल रुखलाई काटेर ढालिदिनेछौ, पानीका सबै मुहान बन्द गरिदिनेछौ र हरेक असल खेतलाई ढुङ्गाले विनाश गरिदिनेछौ ।”
使你們攻破所有設防的城市,砍倒所有的好樹,杜塞所有的水泉,用石頭毀壞所有的良田。」
20 त्यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो ।
果然,早上正獻祭的時候,從厄東方面來了大水,遍地滿了水。
21 जब सारा मोआबीहरूले तिनीहरूको विरुद्धमा लडाइँ गर्न राजाहरू आए भनी सुने, तिनीहरूमा हतियार भिर्न सक्ने सबै जनाले आफैलाई एकसाथ भेला गराए र तिनीहरू सिमानामा तैनाथ भए ।
全摩阿布人一聽說三個王子前來進攻,就召集了所有能佩帶武器的人,把守邊界。
22 तिनीहरू बिहान सबेरै ब्युँझे र पानीमा घाम प्रतिबिम्बित भयो । मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे, तब त्यो रगतजस्तै रातो देखियो ।
第二天早晨,日光照在水上,摩阿布人起來,看見對面的水紅得像血,
23 तिनीहरू चिच्च्याए, “यो त रगत पो हो! निश्चय नै राजाहरूको नाश भएको छ र तिनीहरूले एक-अर्कालाई मारेका छन्! त्यसैले, हे मोआबी हो, हामी गएर तिनीहरूलाई लुटौँ ।”
遂說:「這是血! 一定是那三個王子彼此混戰,互相殘殺。摩阿布,起來,前去奪取財物! 」
24 जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्क पारे र मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे ।
及至他們到了以色列營地,以色列人即奮起迎敵,摩阿布人從他們面前逃走,他們就乘勢追趕,擊殺摩阿布人,
25 तिनीहरूले सहरहरू नष्ट पारे, र हरेक असल खेत ढुङ्गाले नभरिएसम्म हरेक मानिसले ढुङ्गा फ्याँके । तिनीहरूले हरेक पानीको मुहान थुनिदिए, र सबै असल रुखहरू काटिदिए । कीर-हरेशेत मात्र ढुङ्गाहरूसमेत त्यसको ठाउँमा छोडियो । तर घुयेँत्रो भिरेका सिपाहीहरूले त्यसलाई पनि घेरा हाले र आक्रमण गरे ।
破壞了他們的城市,個個用石頭拋滿了他們的良田,杜塞了所有的水泉,砍倒了各種好樹;只剩下克爾赫勒斯城,拋石頭的人仍包圍攻擊那城。
26 जब मोआबका राजा मेशाले युद्ध हारेको देखे, तब पार गरेर एदोमका राजाकहाँ जानलाई तिनले सात सय जना तरवार भिरेका मानिसलाई आफूसँग लगे, तर तिनीहरू सफल भएनन् ।
摩阿布王見戰事激烈,難以敵抗,就帶領七百人,手持刀劍,企圖突圍,往投阿蘭王,卻沒有成功;
27 तब तिनले आफ्नो जेठो छोरो लिए जो तिनीपछि राजा हुनेथिए र तिनलाई होमबलिको रूपमा पर्खालमा चढाए । यसैले इस्राएलको विरुद्धमा चर्को क्रोध पर्यो, र इस्राएली सेनाले राजा मेशालाई छाडे रतिनीहरूका आफ्नै देशमा फर्के ।
於是將那要繼承自己位的長子叫來,在城牆上祭殺了,作為全燔祭。這事使天主向以色列人大發忿怒;他們便離開摩阿布王,各自回了本地。