< २ राजाहरू 24 >
1 यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।
I hans Dage drog Kong Nebukadnezar af Babel op, og Jojakim underkastede sig ham; men efter tre Aars Forløb faldt han fra ham igen.
2 परमप्रभुले यहोयाकीमको विरुद्धमा कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरू पठाउनुभयो । यहूदालाई नष्ट गर्न त्यसको विरुद्धमा उहाँले तिनीहरूलाई पठाउनुभयो । परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पुरा हुनलाई यसो भएको थियो ।
Da sendte HERREN kaldæiske, aramaiske, moabitiske og ammonitiske Strejfskarer imod ham; dem sendte han ind i Juda for at ødelægge det efter det Ord, HERREN havde talet ved sine Tjenere Profeterne.
3 मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्टिबाट हटाउन उहाँले बोल्नुभएको कुरा निश्चत रूपमा पुरा हुन आयो,
Det skyldtes ene og alene HERRENS Vrede, at Juda blev drevet bort fra HERRENS Aasyn; det var for Manasses Synders Skyld, for alt det, han havde gjort,
4 तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन ।
ogsaa for det uskyldige Blods Skyld, som han havde udgydt saa meget af, at han havde fyldt Jerusalem dermed; det vilde HERREN ikke tilgive.
5 यहोयाकीमका सम्बन्धमा भएका अरू कुराहरू, र तिनका सबै कामका बारेमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Hvad der ellers er at fortælle om Jojakim, alt, hvad han udførte, staar jo optegnet i Judas Kongers Krønike.
6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
Saa lagde Jojakim sig til Hvile hos sine Fædre; og hans Søn Jojakin blev Konge i hans Sted.
7 मिश्रदेशका राजाले आफ्नो देशभन्दा बाहिर फेरि आक्रमण गरेनन्, किनकि मिश्रदेशको खोलादेखि यूफ्रेटिस नदीसम्म मिश्रदेशका राजाको अधीनमा भएका सबै देशलाई बेबिलोनका राजाले कब्जा गरेका थिए ।
Men Ægypterkongen drog ikke mere ud af sit Land, thi Babels Konge havde taget alt, hvad der tilhørte Ægypterkongen fra Ægyptens Bæk til Eufratfloden.
8 यहोयाकीनले राज्य गर्न सुरु गर्दा तिनी अठार वर्षका थिए । तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ नहूश्ता थियो । उनी यरूशलेमकी एल्नातानकी छोरी थिइन् ।
Jojakin var atten Aar gammel, da han blev Konge, og han herskede tre Maaneder i Jerusalem. Hans Moder hed Nehusjta og var en Datter af Elnatan fra Jerusalem.
9 परमप्रभुले दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे ।
Han gjorde, hvad der var ondt i HERRENS Øjne, ganske som hans Fader.
10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्यो र सहरलाई घेरा हाल्यो ।
Paa den Tid drog Kong Nebukadnezar af Babels Folk op mod Jerusalem, og Byen blev belejret.
11 बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,
Kong Nebukadnezar af Babel kom til Jerusalem, medens hans Folk belejrede det.
12 र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते ।
Da overgav Kong Jojakin af Juda sig med sin Moder, sine Tjenere, Øverster og Hoffolk til Babels Konge, og han tog imod ham; det var i Kongen af Babels ottende Regeringsaar.
13 नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले ।
Og som HERREN havde forudsagt, førte han alle Skattene i HERRENS Hus og Kongens Palads bort og brød Guldet af alle de Ting, Kong Salomo af Israel havde ladet lave i HERRENS Helligdom.
14 तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे । देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन ।
Og han førte hele Jerusalem, alle Øversterne og de velhavende, 10 000 i Tal, bort som Fanger, ligeledes Grovsmede og Laasesmede, saa der ikke blev andre tilbage end de fattigste af Folket fra Landet.
15 नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे ।
Saa førte han Jojakin som Fange til Babel, ogsaa Kongens Moder og Hustruer, hans Hoffolk og alle de højtstaaende i Landet førte han som Fanger fra Jerusalem til Babel;
16 लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्ति सुयोग्य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे ।
fremdeles alle de velhavende, 7000 i Tal, Grovsmedene og Laasesmedene, 1000 i Tal, alle øvede Krigere — dem førte Babels Konge som Fanger til Babel.
17 बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे ।
Men i Jojakins Sted gjorde Babels Konge hans Farbroder Mattanja til Konge, og han ændrede hans Navn til Zedekias.
18 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।
Zedekias var een og tyve Aar gammel, da han blev Konge, og han herskede elleve Aar i Jerusalem. Hans Moder hed Hamital og var en Datter af Jirmeja fra Libna.
19 परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे ।
Han gjorde, hvad der var ondt i HERRENS Øjne, ganske som Jojakim.
20 परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।
Thi for HERRENS Vredes Skyld timedes dette Jerusalem og Juda, og til sidst stødte han dem bort fra sit Aasyn. Og Zedekias faldt fra Babels Konge.