< २ राजाहरू 23 >
1 त्यसैले राजाले सन्देशवाहकहरू पठाए जसले यहूदा र यरूशलेमका सबै धर्म-गुरुलाई तिनीकहाँ भेला गराए ।
Tedy posławszy król, aby się zebrali do niego wszyscy starsi Judzcy i Jeruzalemscy,
2 तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्म सबै मानिस पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी पढे ।
Wstąpił król do domu Pańskiego, i wszyscy mężowie Judzcy, i wszyscy obywatele Jeruzalemscy z nim, i kapłani, i prorocy, i wszystek lud od małego aż do wielkiego; i czytał, gdzie wszyscy słyszeli wszystkie słowa ksiąg przymierza, które były znalezione w domu Pańskim.
3 राजा खम्बानेर खडा थिए अनि आफ्नो सारा ह्रदय र सारा प्राणले परमप्रभुको पछि लाग्न र उहाँका आज्ञाहरू, उहाँका निर्देशनहरू, उहाँका विधिहरू पालन गर्न र यस पुस्तकमा लेखिएका यस करारका वचनहरू पालन गर्न परमप्रभुको सामु करार बाँधे । यसरी सबै मानिसले यो करार पालन गर्ने सहमति जनाए ।
Potem stanął król na majestacie, i uczynił przymierze przed Panem, że chce chodzić za Panem, i strzedz rozkazania jego, i świadectw jego, i wyroków jego ze wszystkiego serca, i ze wszystkiej duszy, i pełnić słowa przymierza tego, które były napisa ne w onych księgach. I przestał lud na onem przymierzu.
4 तब प्रधान पुजारी हिल्कियाह, तिनको अधिनका पुजारीहरू र द्वारपालहरूलाई बाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए । तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे ।
I przykazał król Helkijaszowi, kapłanowi najwyższemu, i kapłanom wtórego rzędu, i odźwiernym, aby wyrzucili z kościoła Pańskiego wszystko naczynie, które sprawione było Baalowi, i gajowi poświęconemu, i wszystkiemu wojsku niebieskiemu, i spalił je precz za Jeruzalemem na polu Cedron, a zaniósł popiół ich do Betela.
5 यहूदाका राजाहरूले यहूदाका सहरहरूका उच्च ठाउँहरू र यरूशलेम वरिपरिका ठाउँहरूमा धूप बाल्नलाई चुनेका मूर्तिपूजक पुजारीहरूलाई तिनले हटाइदिए । तिनीहरूले बाल देवता, सूर्य, चन्द्रमा, ग्रहहरू र आकाशका सबै ताराहरूलाई धूप बाल्थे ।
Złożył też z urzędu popów, których byli postanowili królowie Judzcy, aby kadzili po wyżynach w miastach Judzkich i około Jeruzalemu; przytem i onych, którzy kadzili Baalowi, słońcu i miesiącowi, i planetom, i wszystkiemu wojsku niebieskiemu.
6 परमप्रभुको मन्दिरबाट अश्शेरा देवीको खम्बालाई तिनले यरूशलेम बाहिर किद्रोन उपत्यकामा बाहिर लगे र त्यसलाई त्यहाँ जलाए । तिनले त्यसलाई पिटेर धूलो र त्यो धूलोलाई साधारण मानिसहरूका चिहानहरूमा फालिदिए ।
Kazał też wynieść gaj święcony z domu Pańskiego precz z Jeruzalemu ku potokowi Cedron, a spalił go u potoku Cedron, i starł go w proch, a popiół jego rozmiotał na groby synów onegoż ludu.
7 तिनले परमप्रभुको मन्दिरमा भएका झुटो धर्मका वेश्याहरूका कोठाहरू सफा गरे, जहाँ स्त्रीहरूले अश्शेरा देवीका निम्ति वस्त्रहरू बुन्ने गर्थे ।
Zburzył też domy Sodomczyków, które były w domu Pańskim, kędy niewiasty tkały opony do gaju poświęconego.
8 योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीलाई ल्याए, र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बाल्ने उच्चा ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए । तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोका (सहरका राज्यपा) को प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्च ठाउँहरूलाई नष्ट पारिदिए ।
I zawołał wszystkich kapłanów z miast Judzkich, a splugawił wyżyny, na których kadzili, od Gabaa aż do Beerseba, i popsuł wyżyny przy bramach, które były w wejściu bramy Jozuego książęcia miasta, a było po lewej stronie wchodzącemu w bramę miejską.
9 ती उच्च ठाउँहरूका पुजारीहरूलाई यरूशलेममा परमप्रभुको मन्दिरमा सेवा गर्न नदिए तापनि तिनीहरूले आफ्ना दाजुभाइका बिचमा अखमिरी रोटी खाए ।
Wszakże nie przystępowali kapłani wyżyn do ołtarza Pańskiego w Jeruzalemie, ale jadali chleby przaśne między braćmi swoimi.
10 मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्न नलगाओस् भनेर योशियाहले बेन-हिन्नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए ।
Splugawił też i Tofet, które było w dolinie syna Hennomowego, aby więcej nikt nie przewodził syna swego, ani córki swojej przez ogień ku czci Molochowi.
11 यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू तिनले हटाए । ती नातान-मेलेक नाउँका अधिकारीको कोठा नजिक परमप्रभुको मन्दिरको प्रवेशद्वारको क्षेत्रमा राखिएका थिए । योशियाहले सूर्यको सम्मानमा बनाइएका रथहरूलाई जलाए ।
Zagubił też one konie, które byli królowie Judzcy oddali słońcu, a stały, kędy wchodzą do domu Pańskiego, podle mieszkania Natanmelecha dworzanina, które było na przedmieściu; i wozy słońca spalił ogniem.
12 आहाजको दरवारको कौसीमा यहूदाका राजाहरूले राखेका वेदीहरू र मनश्शेले परमप्रभुको मन्दिरका दुईवटा चोकमा बनाएका वेदीहरू राजा योशियाहले नष्ट पारे । योशियाहले तिनलाई टुक्राटुक्रा पारे र तिनलाई किद्रोनको बेँसीमा फाले ।
Także ołtarze, które były na dachu sali Achazowej, które byli poczynili królowie Judzcy, i ołtarze, które był poczynił Manases w obu sieniach domu Pańskiego, pokaził król; a pospieszywszy się stamtąd kazał wrzucić proch ich w potok Cedron.
13 इस्राएलका राजा सोलोमनले यरूशलेमको पूर्वपट्टि, भ्रष्टताको पर्वतको दक्षिणपट्टि बनाएका सीदोनीहरूका देवी अश्तोरेतको घिनलाग्दो मूर्ति, मोआबीहरूको देवता कमोशको घिनलाग्दो मूर्ति र अम्मोनीहरूको देवता मोलोखको घिनलाग्दो मूर्तिलाई राजाले नष्ट पारिदिए ।
Wyżyny także, które były przed Jeruzalem, i które były po prawej stronie góry Oliwnej, których był nabudował Salomon, król Izraelski, Astarotowi, obrzydłości Sydończyków, i Chamosowi, obrzydłości Moabczyków, i Melchomowi, obrzydłości synów Amm onowych, splugawił król.
14 तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्डीहरूले भरे ।
I pokruszył słupy, a powycinał gaje, i napełnił miejsca ich kościami ludzkiemi.
15 बेथेलमा भएको वेदी र नबातका छोरा यारोबाम (इस्राएललाई पाप गर्न लगाउने) ले बनाएका उच्च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे । तिनले त्यो वेदी र उच्च ठाउँहरूलाई जलाए र धूलोपिठो पारे । तिनले अश्शेरा देवीको खम्बालाई पनि जलाए ।
Nadto i ołtarz, który był w Betel, i wyżynę, którą był uczynił Jeroboam, syn Nabatowy, który przywiódł do grzechu lud Izraelski, i ten ołtarz, i wyżynę zepsuł, a spaliwszy onę wyżynę, starł na proch, i spalił gaj.
16 योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्यसपछि तिनले ती हड्डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्यो अपवित्र पार्यो । परमेश्वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए ।
A obróciwszy się Jozyjasz, obaczył groby, które tam były na górze, a posławszy pobrał kości z onych grobów, i popalił je na tymże ołtarzu; a tak go splugawił według słowa Pańskiego, które mówił mąż Boży, który był te rzeczy przepowiedział.
17 तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।”
I rzekł: Cóż to jest za napis, który widzę? I odpowiedzieli mu mężowie miasta: Grób to męża Bożego, który przyszedłszy z Judy opowiedział te rzeczy, któreś uczynił nad ołtarzem w Betel.
18 त्यसैले योशियाहले भने, “त्यसलाई छोड । तिनका हड्डीहरूलाई कसैले पनि नसारोस् । त्यसैले सामरियाबाट आएका अगमवक्ताका हड्डीहरूसँगै तिनका हड्डीहरूलाई तिनीहरूले त्यहाँ छाडे ।
A on rzekł: Zaniechajcie go, niechaj nikt nie rucha kości jego. I wybawili kości jego, i kości proroka onego, który był przyszedł z Samaryi.
19 त्यसपछि सामरियाका सहरहरूमा भएका उच्च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे ।
Wszystkie też domy wyżyn, które były w miastach Samaryjskich, które byÜi pobudowali królowie Judzcy, draźniąc Pana, zniósł Jozyjasz, i uczynił im według wszystkiego, jako był uczynił w Betel.
20 उच्च ठाउँहरूका सबै पुजारीलाई तिनले वेदीहरूमा मारे, र तिनले मानिसका हड्डीहरू तिनमा जलाए । तब तिनी यरूशलेममा फर्के ।
Pozabijał także wszystkich kapłanów wyżyn, którzy tam byli na ołtarzach, i palił kości ludzkie na nich, potem się wrócił do Jeruzalemu.
21 तब राजाले सबै मानिसलाई यसो भनरे आज्ञा दिए, “करारको पुस्तकमा लेखिएबमोजिम परमप्रभु आफ्ना परमेश्वरको निम्ति निस्तार-चाड मनाओ ।”
Rozkazał też król wszystkiemu ludowi, mówiąc: Obchodźcie święto przejścia Panu, Bogu waszemu, jako napisano w księgach przymierza tego.
22 इस्राएलमा शासन गर्ने न्यायकर्ताहरूका समयदेखि नै यसरी निस्तार-चाडको उत्सव मनाउने काम कहिलै थिएन, न त इस्राएल र यहूदाका राजाहरूको समयमा भएको थियो ।
Bo nie obchodzono takiego święta przejścia ode dni sędziów, którzy sądzili Izraela, i przez wszystkie dni królów Izraelskich, i królów Judzkich.
23 तर राजा योशियाहको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निस्तार-चाड मनाइयो ।
Jako ośmnastego roku króla Jozyjasza, obchodzono takie święto przejścia Panu w Jeruzalemie.
24 मृतहरू र भुत आत्माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे । तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपुजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए । यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो ।
Ale i wieszczków, i czarowników, i obrazy, i brzydkie bałwany, i wszystkie obrzydłości, co ich było widać w ziemi Judzkiej i w Jeruzalemie, wykorzenił Jozyjasz, aby wypełnił słowa zakonu napisane w księgach, które znalazł Helkijasz kapłan w dom u Pańskim.
25 आफ्नो सारा ह्रदय, सारा प्राण, र सारा शक्तिले परमप्रभुतर्फ फर्केर सबै मोशाको व्यवस्थालाई पालन गर्ने योशियाहभन्दा पहिले त्यहाँ कुनै अर्को राजा थिएन । न त योशियाहले झैं तिनी पछि आएका अरू कुनै राजाले नै गर्यो ।
I nie był podobny jemu król przed nim, któryby się nawrócił do Pana z całego serca swego, i ze wszystkiej duszy swojej, i ze wszystkiej siły swojej, według wszystkiego zakonu Mojżeszowego, ani po nim powstał jemu podobny.
26 तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो ।
Wszakże nie odwrócił się Pan od popędliwości wielkiego gniewu swego, którą był wzruszony gniew jego przeciw Judzie dla wszelkiego rozdraźnienia, którem go był rozdraźnił Manases.
27 त्यसैले परमप्रभुले भन्नुभयो, “जसरी मैले इस्राएललाई हटाएको छु त्यसरी नै मैले चुनेको यो यरूशलेम सहर र 'मेरो नाउँ त्यहाँ हुनेछ' भनी मैले भनेको त्यो मेरो मन्दिर समेत म यहूदालाई पनि मेरो दृष्टिबाट हटाउनेछु ।”
Przetoż rzekł Pan: I Judę odrzucę od obliczności mojej, jakom odrzucił Izraela, i wzgardzę to miasto, którem był obrał, to jest Jeruzalem, i dom ten, o którymem mówił: Będzie tam imię moje.
28 योशियाह सम्बन्धमा भएका अरू कुराहरू, तिनले गरेका हरेक काम, के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
A inne sprawy Jozyjaszowe, i wszystko, co czynił, opisane jest w kronikach o królach Judzkich.
29 ती दिनमा मिश्रदेशका राजा फारो नेकोले आफ्ना सेना लिएर उत्तरमा यूफ्रेटिस नदी पारि अश्शूरका राजालाई युद्धमा मदत गर्न गए । राजा योशियाह नेकोलाई मगिद्दोमा रोक्ने उदेश्यले गए तर त्यहाँ युद्धमा तिनी मारिए ।
Za dni jego wyciągnął Farao Necho, król Egipski, przeciw królowi Assyryjskiemu ku rzece Eufrates; wyjechał też król Jozyjasz przeciwko niemu, którego on zabił w Megiddo, gdy go ujrzał.
30 योशियाहका सेवकहरूले तिनको लाशलाई रथमा राखेर मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनको आफ्नै चिहानमा तिनलाई गाडे । तब देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिई तिनलाई अभिषेक गरे, र तिनका पिताको ठाउँमा तिनलाई राजा बनाए ।
I przywieźli go słudzy jego umarłego z Megiddo, a przyprowadzili go do Jeruzalemu, i pogrzebli go w grobie jego. Potem wziąwszy lud onej ziemi Joachaza, syna Jozyjaszowego, pomazali go, i królem go postanowili miasto ojca jego.
31 यहोआहाजले राज्य गर्न सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।
Dwadzieścia lat i trzy miał Joachaz, gdy królować począł, a trzy miesiące królował w Jeruzalemie. A imię matki jego było Chamutal, córka Jeremijaszowa z Lebny.
32 यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे ।
I czynił złe przed oczyma Pańskiemi według wszystkiego, co czynili ojcowie jego.
33 तिनले यरूशलेममा राज्य नगरून् भनेर फारो नेकोले तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधेर राखे । तब नेकोले यहूदालाई एक सय तोडा चाँदी र एक तोडा सुन कर तिर्न लगाए ।
I związał go Farao Necho w Rebli w ziemi Emat, gdy królował w Jeruzalemie, a ułożył dań na onę ziemię sto talentów srebra, i talent złota.
34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको ठाउँमा राजा बनाए, र तिनको नाउँ बद्ली यहोयाकीम राखे । तर तिनले यहोआहाजलाई चाहिँ मिश्रदेशमा लगे, जहाँ तिनको मृत्यु भयो ।
A królem postanowił Farao Necho Elijakima, syna Jozyjaszowego, miasto Jozyjasza, ojca jego, i odmienił imię jego, a nazwał go Joakim; ale Joachaza wziął, który, gdy przyszedł do Egiptu, tamże umarł.
35 यहोयाकीमले फारोलाई चाँदी र सुन कर तिरे । फारोको माग पुरा गर्न यहोयाकीमले देशमा कर लगाए, र देशका प्रत्येक मानिसले आफ्नो क्षमताअनुसार तिनलाई करको रूपमा चाँदी र सुन जबरदस्ती तिर्नुपर्ने भयो ।
A to srebro i złoto dawał Joakim Faraonowi; przetoż szacował ziemię, aby mógł oddawać srebro według rozkazania Faraonowego; od każdego według szacunku jego, brał srebro i złoto od ludu ziemi, aby je oddawał Faraonowi Nechowi.
36 यहोयाकीमले राज्य सुरु गर्दा तिनी पच्चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् ।
Dwadzieścia i pięć lat miał Joakim, gdy królować począł, a jedenaście lat królował w Jeruzalemie. A imię matki jego było Zebuda, córka Fadajowa z Rumy.
37 आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे ।
I czynił złe przed oczyma Pańskiemi według wszystkiego, jako czynili ojcowie jego.