< २ राजाहरू 21 >
1 मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हेप्सीबा थियो ।
Manasses miał dwanaście lat, kiedy zaczął królować, i królował pięćdziesiąt pięć lat w Jerozolimie. Jego matka miała na imię Chefsiba.
2 परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्तै, परमप्रभुको दृष्टिमा जे खरब थियो, तिनले त्यही गरे ।
Czynił on to, co złe w oczach PANA, według obrzydliwości tych narodów, które PAN wypędził przed synami Izraela.
3 किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्टो परे र तिनीहरूको पुजा गरे ।
Odbudował bowiem wyżyny, które zburzył jego ojciec Ezechiasz, wznosił ołtarze dla Baala, posadził gaj, tak jak uczynił Achab, król Izraela, i oddawał pokłon całemu zastępowi nieba, i służył mu.
4 परमप्रभुको मन्दिरमा मनश्शेले वेदीहरू बनाए, यद्यपि परमप्रभुले यस्तो आज्ञा दिनुभएको थियो, “यरूशलेममा मात्र मेरो नाउँ सदासर्वदा कायम रहनेछ ।”
Zbudował też ołtarze w domu PANA, o którym PAN powiedział: W Jerozolimie umieszczę swoje imię.
5 परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए ।
Zbudował też ołtarze całemu zastępowi nieba w obydwu dziedzińcach domu PANA.
6 तिनले आफ्नो छोरोलाई आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे र जोखना हेरे अनि मृत आत्माहरू र भूत आत्माहरूसँग बात गर्नेहरूका सल्लाह लिए । तिनले परमप्रभुको दृष्टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए ।
Przeprowadził swojego syna przez ogień, uprawiał wróżbiarstwo i czary, ustanowił czarowników i czarnoksiężników. Bardzo wiele złego czynił w oczach PANA, pobudzając [go] do gniewu.
7 आफूले बनाएका अश्शेरा देवीको मूर्तिलाई तिनले परमप्रभुको मन्दिरमा राखे । यही मन्दिरको बारेमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “मैले इस्राएलका सबै कुलबाट चुनेको यो मन्दिरमा र यरूशलेममा म मेरो नाउँ सदासर्वदाको निम्ति राख्नेछु ।
Postawił też rzeźbę gaju, którą wykonał, w domu, o którym PAN powiedział do Dawida i do jego syna Salomona: W tym domu i w Jerozolimie, które wybrałem spośród wszystkich pokoleń Izraela, umieszczę swoje imię na wieki;
8 मैले इस्राएललाई आज्ञा गरेका सबै कुरा पालन गर्न र मेरा दास मोशाले तिनीहरूलाई दिएका सबै व्यवस्था पालन गर्न तिनीहरू सावधान भए भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूका खुट्टालाई फेरि यताउता घुमफिर गर्ने म पार्नेछैनँ ।”
A już więcej nie dopuszczę, by noga Izraela opuściła ziemię, którą dałem ich ojcom, oby tylko pilnie przestrzegali wszystkiego, co im nakazałem, i całego prawa, które im nadał mój sługa Mojżesz.
9 तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे ।
Lecz oni nie słuchali. A Manasses zwiódł ich, aby czynili gorzej niż narody, które PAN wytracił przed synami Izraela.
10 त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्नुभयो,
Wtedy PAN przemówił przez swoje sługi, proroków, mówiąc:
11 “यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कुराहरू गरेको छ र तिनीभन्दा अगिका एमोरीहरूले गरेको भन्दा बढी खराब गरेको छ र यहूदालाई आफ्ना मूर्तिहरूले पाप गर्न लगाएको छ,
Ponieważ Manasses, król Judy, dopuścił się tych obrzydliwości, czyniąc gorsze rzeczy niż wszystko, co czynili Amoryci, którzy byli przed nim, a przywiódł Judę do grzechu przez swoje bożki;
12 त्यसकारण इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ ।
Dlatego tak mówi PAN, Bóg Izraela: Oto sprowadzę nieszczęście na Jerozolimę i na Judę, tak że każdemu, kto o tym usłyszy, zadzwoni w obu uszach.
13 मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्यसलाई घोप्टो पार्छ, त्यसरी नै म यरूशलेमलाई सफा पार्नेछु ।
Rozciągnę bowiem nad Jerozolimą sznur Samarii i pion domu Achaba. I wytrę Jerozolimę, tak jak wyciera się miskę, a po wytarciu odwraca się dnem do góry.
14 मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्नेछु र तिनीहरूलाई आफ्ना शत्रुहरूका हातमा दिनेछु । आफ्ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्,
I porzucę resztę swojego dziedzictwa, i wydam je w ręce jego wrogów; staną się łupem i pastwą wszystkich swoich wrogów.
15 किनकि तिनीहरूका पुर्खाहरू मिश्रदेशबाट बाहिर आएदेखि आजसम्म नै मेरो दृष्टिमा जे खराब छ, त्यही तिनीहरूले गरेका छन्, र मलाई रिस उठाएका छन् ।”
Ponieważ dopuszczali się tego, co złe w moich oczach, i drażnili mnie od dnia, kiedy ich ojcowie wyszli z Egiptu, aż do dziś.
16 यसबाहेक, यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्म नै मनश्शेले धेरै निर्दोष रगत बगाए । अनि परमप्रभुको दृष्टिमा जे खराब थियो, यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो ।
Ponadto nawet krwi niewinnej Manasses przelał bardzo dużo, tak że napełnił [nią] Jerozolimę od krańca do krańca, nie licząc swojego grzechu, przez który przywiódł do grzechu Judę, czyniąc to, co złe w oczach PANA.
17 मनश्शेका सम्बन्धमा भएका अरू कुरा, तिनले गरेका काम, र तिनले गरेका पाप यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
A pozostałe dzieje Manassesa i wszystko, co czynił, i jego grzech, którego się dopuścił, czy nie są zapisane w księdze kronik królów Judy?
18 मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्जाको बगैँचामा तिनलाई गाडियो । तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए ।
I Manasses zasnął ze swymi ojcami, i został pogrzebany w ogrodzie swego domu, w ogrodzie Uzzy. I Amon, jego syn, królował w jego miejsce.
19 आमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् ।
Amon miał dwadzieścia dwa lata, kiedy zaczął królować, i królował dwa lata w Jerozolimie. Jego matka miała na imię Meszullemet [i była] córką Charusa z Jotba.
20 तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे ।
Czynił on to, co złe w oczach PANA, tak jak czynił jego ojciec Manasses.
21 आमोनले आफ्ना पिताका सबै चालको अनुसरण गरे र आफ्ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे ।
Szedł wszystkimi drogami, którymi szedł jego ojciec, i służył bożkom, którym służył jego ojciec, i oddawał im pokłon;
22 आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरलाई तिनले त्यागे, र परमप्रभुको मार्गमा हिंडेनन् ।
Opuścił PANA, Boga swoich ojców, a nie szedł drogą PANA.
23 आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे र तिनलाई आफ्नै घरमा मारे ।
I słudzy Amona uknuli spisek przeciw niemu, i zabili króla w jego domu.
24 तर देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनको ठाउँमा योशियाहलाई तिनीहरूले राजा बनाए ।
Wtedy lud tej ziemi zabił wszystkich, którzy uknuli spisek przeciw królowi Amonowi. I lud tej ziemi ustanowił w jego miejsce królem Jozjasza, jego syna.
25 आमोनले गरेका अरू कुराहरूका विषयमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
A pozostałe dzieje Amona, które czynił, czy nie są zapisane w księdze kronik królów Judy?
26 मानिसहरूले तिनलाई उज्जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए ।
I pogrzebano go w jego grobie, w ogrodzie Uzzy. A jego syn Jozjasz królował w jego miejsce.