< २ राजाहरू 20 >

1 ती दिनमा मृत्‍यु नै हुन्‍छ कि जस्‍तो गरी हिजकिया बिरामी परे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्‍नेछैनस्' ।”
در آن روزها حِزِقیا سخت بیمار شد و نزدیک بود بمیرد. اشعیای نبی (پسر آموص) به عیادتش رفت و از جانب خداوند این پیغام را به او داد: «وصیتت را بکن، چون عمرت به آخر رسیده است؛ تو از این مرض شفا نخواهی یافت.»
2 तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए र यसो भनेर परमप्रभुमा प्रार्थना चढाए,
حِزِقیا صورت خود را به طرف دیوار برگردانید و به پیشگاه خداوند دعا کرده، گفت:
3 “हे परमप्रभु, मेरो सारा ह्रदयले म कसरी तपाईंको सामु विश्‍वासका साथ हिंडेको छु, र कसरी तपाईंको दृष्‍टिमा जे ठिक थियो, मैले त्यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् । तब हिजकिया धुरुधुरु रोए ।
«خداوندا، به خاطر آور چقدر نسبت به تو وفادار و امین بوده‌ام و چطور سعی کرده‌ام مطابق میل تو رفتار کنم.» سپس بغض گلویش را گرفت و به تلخی گریست.
4 यशैया बिचको चोकमा पुग्‍नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,
پیش از آنکه اشعیا قصر را ترک کند خداوند بار دیگر با او سخن گفت و فرمود:
5 “फर्की र मेरा मानिसका अगुवा हिजकियालाई यसो भन्, 'तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस् ।
«نزد حِزِقیا رهبر قوم من برگرد و به او بگو که خداوند، خدای جدت داوود دعای تو را شنیده و اشکهایت را دیده است. او تو را شفا خواهد داد. سه روز دیگر از بستر بیماری بلند خواهی شد و به خانهٔ خداوند خواهی رفت.
6 म तेरो जीवनमा पन्ध्र वर्ष आयु थपिदिनेछु, र अश्शूरका राजाको हातबाट म तँलाई र तेरो सहरलाई बचाउनेछु, अनि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु' ।”
او پانزده سال دیگر بر عمر تو خواهد افزود. او تو را و این شهر را از چنگ پادشاه آشور نجات خواهد داد. تمام این کارها را به خاطر خود و به خاطر خادمش داوود انجام خواهد داد.»
7 त्यसैले यशैयाले भने, “नेभाराको लेप लगाउनुहोस् ।” तिनीहरूले त्यसै गरे र तिनको पिलोमा त्‍यो लगाइदिए र तिनी निको भए ।
پس اشعیا به افراد حِزِقیای پادشاه گفت که مقداری انجیر بگیرند و آن را له کرده، روی دمل حِزِقیا بگذارند. آنها چنین کردند و حِزِقیا شفا یافت.
8 हिजकियाले यशैयालाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र म तेस्रो दिनमा परमप्रभुको मन्दिरमा जानुपर्छ भन्‍ने कुराको चिन्ह के हुनेछ?”
(در ضمن حِزِقیای پادشاه به اشعیای نبی گفته بود: «برای اینکه ثابت شود که خداوند مرا شفا خواهد داد و بعد از سه روز خواهم توانست به خانهٔ خداوند بروم او چه نشانه‌ای به من می‌دهد؟»
9 यशैयाले जवाफ दिए, “तपाईंको लागि परमप्रभुबाट चिन्ह यो हुनेछ, कि परमप्रभुले बोल्नुभएको कुरा उहाँले गर्नुहुनेछ । घामको छाया दस सिंडी अगाडि जानुपर्‍यो कि दस सिंडी पछाडि जानुपर्‍यो?”
اشعیا به او گفت: «خداوند با این نشانه آنچه را گفته، ثابت خواهد کرد: آیا می‌خواهی که سایهٔ ساعت آفتابی ده درجه جلو برود یا ده درجه به عقب برگردد؟»
10 हिजकियाले जवाफ दिए, “घामको छायालाई दस सिंडी अगाडि जानु त समान्‍य कुरो हो । त्‍यो छाया दस सिंडी पछाडि जाओस् ।”
حِزِقیا جواب داد: «جلو رفتن سایه روی ساعت آفتابی آسان است، پس بهتر است سایه ده درجه به عقب برگردد.»
11 त्‍यसैले यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे र उहाँले घामको छायालाई आहाजको सिंडीमा जहाँ पुगेको थियो त्‍यहाँबाट दस सिंडी पछाडि सार्नुभयो ।
اشعیا از خداوند درخواست نمود که چنین کند، و او سایهٔ روی ساعت آفتابی آحاز را ده درجه به عقب برگرداند.)
12 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए ।
در آن موقع مِرودِک بَلَدان (پسر بَلَدان، پادشاه بابِل) نامه‌ای همراه هدیه‌ای توسط قاصدان خود برای حِزِقیا فرستاد، زیرا شنیده بود که بیمار است.
13 हिजकियाले ती चिठीमा लेखिएका कुरा सुने र त्‍यसपछि ती सन्देशवाहकहरूलाई राजदरबारका सबै कुरा र तिनका मूल्यवान् थोकहरू अर्थात् चाँदी, सुन, मसला र बहुमुल्‍य तेल र तिनका हतियारहरूका भण्डार अनि तिनका भण्डारहरूमा भेट्टाइएका सबै थोक देखाए । हिजकियाको आफ्नो घरमा अनि तिनका सारा राज्य तिनले उनीहरूलाई नदेखाएका कुरा केही थिएन ।
حِزِقیا فرستادگان بابِلی را پذیرفت و ایشان را به کاخ سلطنتی برد و خزانه‌های طلا و نقره، ادویه و روغنهای معطر، و نیز اسلحه‌خانهٔ خود را به آنها نشان داد. بدین ترتیب، فرستادگان بابِلی تمام خزاین او را دیدند و هیچ چیز از نظر آنان پوشیده نماند.
14 तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले भने, “तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् ।”
آنگاه اشعیای نبی نزد حِزِقیای پادشاه رفت و از او پرسید: «این مردان از کجا آمده بودند و چه می‌خواستند؟» حِزِقیا جواب داد: «از جای دور! آنها از بابِل آمده بودند.»
15 यशैयाले सोधे, “तपाईंको घरमा तिनीहरूले के-के हेरेका छन्?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो घरमा भएका हरेक थोक देखेका छन् । मसँग भएका मूल्यवान् थोकहरूमा मैले तिनीहरूलाई नदेखाएका कुनै पनि बाँकी छैन ।”
اشعیا پرسید: «در کاخ تو چه دیدند؟» حِزِقیا جواب داد: «تمام خزاین مرا که در کاخ من است دیدند.»
16 त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,
اشعیا به او گفت: «پس به این پیغامی که از طرف خداوند است، گوش کن:
17 'हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्छ, कुनै कुरा पनि छाडिनेछैन ।
زمانی می‌رسد که هر چه در کاخ داری و گنجهایی که اجدادت اندوخته‌اند به بابِل برده خواهد شد و چیزی از آنها برایت باقی نخواهد ماند.
18 तँबाट जन्मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस्— तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्‍नेछन्' ।”
بابِلی‌ها برخی از پسرانت را به اسارت گرفته، آنان را خواجه خواهند کرد و در کاخ پادشاه بابِل به خدمت خواهند گماشت.»
19 तब हिजकियाले यशैयालाई भने, “तपाईंले बोलेको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “के मेरो समयमा शान्ति र स्थिरता हुने छैन र?”
حِزِقیا جواب داد: «آنچه خداوند فرموده، نیکوست. لااقل تا وقتی که زنده‌ام این اتفاق نخواهد افتاد و صلح و امنیت برقرار خواهد بود.»
20 हिजकियाका सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनका सबै शक्ति र कसरी तिनले पोखरी र सुरुङ बनाए अनि सहरमा पानी ल्याए भन्‍ने बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
شرح بقیهٔ رویدادهای سلطنت حِزِقیا و فتوحات او، و نیز حوض و قناتی که درست کرد و آب را به شهر آورد در کتاب تاریخ پادشاهان یهودا ثبت گردیده است.
21 हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।
پس از مرگ حِزِقیا، پسرش مَنَسی پادشاه شد.

< २ राजाहरू 20 >