< २ राजाहरू 19 >

1 जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए ।
És amint meghallotta volt Chizkíjáhú király, megszaggatta ruháit, zsákot öltött magára és ment az Örökkévaló házába.
2 तिनले राजदरबारका निरिक्षक एल्याकीम, सचिव शेब्ना र पुजारीहरूका धर्म-गुरुहरू सबैलाई भाङ्ग्रा लगाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए ।
És küldte Eljákímot, ki a ház fölött volt, meg Sebnát az írót és a papok véneit zsákba öltözötten Jesájáhú prófétához, Ámóc fiához.
3 तिनीहरूले तिनलाई भने, “हिजकिया भन्‍नुहुन्छ, 'जसरी बच्‍चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन, त्यसरी नै यो दिन कष्‍ट, हप्की र अनादरको दिन भएको छ ।
És szóltak hozzá: Így szól Chizkíjáhú: szorongatásnak, fenyítésnek és gyalázásnak napja e mai nap, mert eljutottak a gyermekek a méhszájig, de erő nincs a szülésré.
4 सायद परमप्रभु तपाईंका परमेश्‍वरले प्रधान सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई विरोध गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराले उहाँले तिनलाई हप्काउनुहुनेछ । अब यहाँ अझै बाँचेकाहरुका निम्ति तपाईंले प्रार्थना गर्नुहोस् ।”
Talán meghallja az Örökkévaló, a te Istened, Rabsákénak mind a szavait, akit küldött az ő ura, Assúr királya, hogy káromolja az élő Istent és szidalmazott azon szavakkal, melyeket hallott az Örökkévaló, a te Istened! Mondj tehát imát a még meglevő maradékért.
5 त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए,
És elmentek Chizkíjáhú király szolgái Jesájáhúhoz.
6 र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।
Akkor mondta nekik Jesájáhú: Így szóljatok uratokhoz: így szól az Örökkévaló: ne félj azon szavaktól, miket hallottál, hogy káromoltak engem Assúr királyának legényei.
7 हेर्, म त्यसमा एउटा आत्मा हालिदिनेछु, र त्यसले एउटा खबर सुन्‍नेछ र आफ्नै देशमा फर्केर जानेछ । त्यसको आफ्नै देशमा म त्यसलाई तरवारले ढाल्न लगाउनेछु' ।”
Íme, én adok beléje olyan lelket, hogy hírt hallván, visszatér országába; és elejtem őt kard által az országában.
8 तब प्रधान सेनापति फर्के, र अश्शूरका राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए किनकि राजा लाकीशबाट गइसकेका थिए भनी तिनले सुनेका थिए ।
Visszatért Rabsáké és találta Assúr királyát Libna ellen harcolva; mert hallotta, hogy ez elindult Lákhíeból.
9 त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए,
Ekkor hallotta Tirhákáról, Kús királyáról, hogy mondták: íme kivonult, hogy harcoljon veled. És újra küldött követeket Chizkíjáhúhoz, mondván:
10 “यहूदाका राजा हिजकियालाई भन्‍नूः 'यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन' भन्‍ने तिमीले भरोसा गरेका परमेश्‍वरले तिमीलाई धोका नदेऊन् ।
Így szóljatok Chizkíjáhúhoz, Jehúda királyához, mondván: ne ámítson téged istened, akiben te bízol, mondván: nem adatik Jeruzsálem Assúr királyának kezébe.
11 हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ?
Hiszen te hallottad, hogy mit tettek Assúr királyai mind az országokkal, elpusztítván azokat, és te megmenekülnél?
12 मेरा पुर्खाहरूले नष्‍ट पारेकाः गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन्?
Megmentették-e őket azon nemzetek istenei, melyeket megrontottak őseim: Gózánt és Cháránt, Récefet és Éden fiait Telasszárban?
13 हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन्?”
Hol van Chamát királya és Arpád királya, meg királya Szefarvájim városának, Hénáé, Ivváé?
14 हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे, र तिनले यो पढे । तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए ।
S vette Chizkíjáhú a levelet a követek kezéből és elolvasta. Erre fölment az Örökkévaló házába és kiterítette azt Chizkíjáhú az Örökkévaló színe előtt.
15 तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्‍टि गर्नुभयो ।
Imádkozott Chizkíjáhú az Örökkévaló színe előtt és mondta: Örökkévaló, Izraél Istene, aki a kérubokon székelsz, te vagy az Isten, te egyedül mind a föld királyságai fölött, te alkottad az eget és a földet.
16 हे परमप्रभु, आफ्‍नो कान थाप्‍नुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको छ ।
Hajtsd, oh Örökkévaló, füledet és halljad, nyisd meg, oh Örökkévaló, szemeidet és lásd, halljad Szanchérib szavait, melyeket küldött, hogy káromolja az élő Istent!
17 हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन् ।
Valóban, óh Örökkévaló, elpusztították Assúr királyai a nemzeteket és országukat;
18 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्‍वरहरू थिएनन्, तर मानिसका हातका काम अर्थात् काठ र ढुङ्गाहरू थिए । त्यसैले अश्शूरीहरूले तिनलाई नष्‍ट पारे ।
és tűzbe vetették isteneiket, mert nem istenek azok, hanem ember kezének a műve, fa, és kő; tehát megsemmisítették.
19 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, म बिन्ती गर्छु, कि त्‍यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ भनी जान्‍न सकून् ।”
Most pedig, oh Örökkévaló, Istenünk, szabadíts meg minket, kérlek, az ő kezéből, hogy megtudják mind a föld királyságai, hogy te Örökkévaló vagy Isten, te egyedül!
20 तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्‍नेछु ।
És küldött Jesájáhú; Ámóc fia, Chizkíjáhúhoz, mondván: Így szól az Örökkévaló, Izraél Istene: amit imádkoztál hozzám Szanchérib, Assúr királya felől, hallottam.
21 त्यसको विषयमा परमप्रभुले भन्‍नुभएको वचन यही होः “सियोनकी कन्या-छोरीले तँलाई तिरस्कार गर्छे, र तेरो खिल्ली उडाउँछे । यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे ।
Ez az ige, melyet szólt az Örökkévaló felőle: kigúnyolt téged, kicsúfolt téged Ción szűz leánya, mögötted fejet rázott Jeruzsálem leánya.
22 तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस्? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्‍च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस्? इस्राएलका परमपवित्रको विरुद्धमा हो!
Kit káromoltál és gyaláztál, kire emeltél hangot ég magasan hordottad szemeidet? Izraélnek szentje ellen!
23 तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु ।
Követeid által káromoltad az Urat és mondtad: szekereim sokaságával fölmentem én a hegyek magasságára, a Libánonnak legvégébe; kivágom sudár cédrusait, válogatott ciprusait, eljutok szélső hajlékáig, termőföldje erdejéig.
24 मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्‍ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।'
Én ástam és ittam idegen vizet és kiszárítottam lábaim talpával mind az Egyiptomnak folyóit.
25 के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् ।
Nemde hallottad, régtől én azt készítettem, őskor napjaitól fogva elvégeztem; most véghezvittem: úgy legyen, hogy romhalmokká rombolnak erősített városokat;
26 तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन् । तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन् ।
lakóik pedig kurta kezűek, megtörtek és megszégyenültek; lettek mint a mező füve és a pázsit zöldje, mint a tetők füve és az üszögös gabona megnőtte előtt.
27 तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ ।
Hiszen ültödet, mentedet és jöttedet ismerem, meg a háborgásodat ellenem!
28 तैँले मेरो विरुद्धमा रिस देखाएको हुनाले र तेरो घमण्ड मेरो कानसम्म पुगेको हुनाले म तेरो नाकमा मेरो बल्छी लगाउनेछु, र तेरो मुखमा मेरो लगाम लगाउनेछु । म तँलाई तँ आएकै बाटो फर्काउनेछु ।”
Mivel hogy háborgasz ellenem és gőgösséged fölszállt fülembe, teszem karikámat az orrodba és zabolámat a szádba és visszavezetlek az úton, melyen jöttél.
29 तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्‍न खानेछस्, र अर्को साल त्यसैबाट उम्रेको खानेछस् । तर तेस्रो वर्षमा चाहिँ तैँले अन्‍न रोप्‍ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस् ।
És ez neked a jel: esztek ez évben utótermést, a második évben utóhajtást; a harmadik évben pedig vessetek és arassatok, ültessetek szőlőket és egyétek gyümölcsüket.
30 यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्‍नेछन् र फल फलाउनेछन् ।
Ég Jehúda házának megmaradt része továbbra is gyökeret ver alul és gyümölcsöt terem fölül.
31 किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ ।
Mert Jeruzsálemből fog eredni a maradék és a megmaradt rész a Ción hegyéről. Az Örökkévalónak, a seregek urának buzgalma cselekszi ezt.
32 त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः “ऊ यो सहरमा आउनेछैन, न त त्यसले यहाँ काँड हान्‍नेछ । न त यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ ।
Azért így szól az Örökkévaló Assúr királya felől: nem jön be ebbe a városba, nem lő oda nyilat, nem rohanja meg pajzzsal és nem hány föl ellene töltést.
33 जुन बाटोबाट ऊ आएको थियो ऊ त्‍यही बाटो फर्केर जानेछ । ऊ यस सहरमा पस्‍नेछैन— यो परमप्रभुको घोषणा हो ।
Az úton, amelyen jött, azon tér vissza, de ebbe a városba nem jő be, úgymond az Örökkévaló.
34 किनकि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु र यसलाई बचाउनेछु ।”
Megvédem e várost, hogy megsegítsem a magam kedvéért és szolgám Dávid kedvéért,
35 त्यस राज परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीलाई मारे । जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए ।
36 त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल चोडे र घरमा गए, र निनवेमा बसे ।
37 पछि तिनले आफ्नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे । अनि तिनीहरू आरारात देशमा भागेर गए । तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए ।

< २ राजाहरू 19 >