< २ राजाहरू 16 >
1 रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्य सुरु गरे ।
No anno dezesete de Peka, filho de Remalias, começou a reinar Achaz, filho de Jothão, rei de Judah.
2 आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यो गरेनन् ।
Tinha Achaz vinte annos de edade quando começou a reinar, e reinou dezeseis annos em Jerusalem, e não fez o que era recto aos olhos do Senhor seu Deus, como David, seu pae.
3 बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्न लगाए ।
Porque andou no caminho dos reis de Israel: e até a seu filho fez passar pelo fogo, segundo as abominações dos gentios que o Senhor lançára fóra de diante dos filhos de Israel.
4 तिनले उच्च थानहरू, डाँडाका टाकुराहरू र हरेक हरियो रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।
Tambem sacrificou, e queimou incenso nos altos e nos outeiros, como tambem debaixo de todo o arvoredo.
5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए । तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन् ।
Então subiu Resin, rei da Syria, com Peka, filho de Remalias, rei de Israel, a Jerusalem, á peleja; e cercaram a Achaz, porém não o poderam vencer.
6 त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए, जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन् ।
N'aquelle mesmo tempo Resin, rei da Syria, restituiu Elath á Syria, e lançou fóra de Elath os judeus: e os syros vieram a Elath, e habitaram ali até ao dia d'hoje.
7 त्यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए, “म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।”
E Achaz enviou mensageiros a Tiglath-pileser, rei da Assyria, dizendo: Eu sou teu servo e teu filho; sobe, e livra-me das mãos do rei da Syria, e das mãos do rei de Israel, que se levantam contra mim.
8 त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए ।
E tomou Achaz a prata e o oiro que se achou na casa do Senhor e nos thesouros da casa do rei, e mandou um presente ao rei da Assyria.
9 तब अश्शूरका राजाले तिनको कुरा सुने, र अश्शूरका राजा दमस्कसको विरुद्धमा गए, त्यसमाथि विजय हासिल गरे र यहाँका मानिसहरूलाई बन्दी बनाएर कीरमा लगे । तिनले अरामका राजा रसीनलाई पनि मारे ।
E o rei da Assyria lhe deu ouvidos; pois o rei da Assyria subiu contra Damasco, e tomou-a, e levou-os presos a Kir, e matou a Resin.
10 राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए ।
Então o rei Achaz foi a Damasco, a encontrar-se com Tiglath-pileser, rei da Assyria, e, vendo um altar que estava em Damasco, o rei Achaz enviou ao sacerdote Urias a similhança do altar, e o modelo, conforme toda a sua feição.
11 त्यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्तै ढाँचाको वेदी उरियाह पुजारीले बनाए । राजा आहाज दमस्कसबाट फर्कनुअगि तिनले यसलाई बनेर सिद्ध्याए ।
E Urias, o sacerdote, edificou um altar conforme tudo o que o rei Achaz tinha ordenado de Damasco; assim o fez o sacerdote Urias, entretanto que o rei Achaz viesse de Damasco.
12 राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए ।
Vindo pois o rei de Damasco, o rei viu o altar; e o rei se chegou ao altar, e sacrificou n'elle.
13 तिनले आफ्ना होमबलि र अन्नबलि चढाए, आफ्नो अर्घबलि खन्याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के ।
E queimou o seu holocausto, e a sua offerta de manjares, e derramou a sua libação: e espargiu o sangue dos seus sacrificios pacificos n'aquelle altar.
14 परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्दिरको बिचबाट ल्याए र आफ्नो वेदीको उत्तरपट्टि राखे ।
Porém o altar de cobre, que estava perante o Senhor, tirou de diante da casa, de entre o seu altar e a casa do Senhor, e pôl-o ao lado do seu altar, da banda do norte.
15 तब राजा आहाजले उरियाह पुजारीलाई यसो भनेर आदेश दिए, “ठुलो वेदीमा बिहानको होमबलि र साँझको अन्नबलि अनि राजाको होमबलि र तिनको अन्नबलिलाई देश भरिका सबै मानिसका होमबलि र तिनीहरूका अन्नबलि र तिनीहरूका अर्घबलिसँगै चढाऊ । यसमाथि होमबलिको सबै रगत र बलिदानका सबै रगत छर्क । तर काँसाको वेदीचाहिं मार्गदर्शनको सल्लाह लिन मेरो निम्ति हुनेछ ।”
E o rei Achaz mandou a Urias o sacerdote, dizendo: No grande altar queima o holocausto de pela manhã, como tambem a offerta de manjares de noite, e o holocausto do rei, e a sua offerta de manjares, e o holocausto de todo o povo da terra, a sua offerta de manjares, e as suas offertas de bebida e todo o sangue dos holocaustos, e todo o sangue dos sacrificios espargirás n'elle; porém o altar de cobre será para mim, para inquirir d'elle.
16 राजा आहाजले जसरी आज्ञा दिए, उरियाह पुजारीले त्यसरी नै गरे ।
E fez Urias, o sacerdote, conforme tudo quanto o rei Achaz lhe ordenara.
17 तब राजा आहाजले गुड्ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्गाको आधारमा राखे ।
E o rei Achaz cortou as cintas das bases, e de cima d'ellas tomou a pia, e o mar tirou de sobre os bois de cobre, que estavam debaixo d'elle, e pôl-o sobre um soalho de pedra.
18 तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्दिरमा निर्माण गरेका थिए । तिनले अश्शूरका राजाको कारणले मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए ।
Tambem a coberta do sabbado, que edificaram na casa, e a entrada de fóra do rei, retirou da casa do Senhor, por causa do rei da Assyria.
19 आहाज र तिनले गरेका कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Ora o mais dos successos de Achaz, e o que fez, porventura não está escripto no livro das chronicas dos reis de Judah?
20 आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
E dormiu Achaz com seus paes, e foi sepultado junto a seus paes, na cidade de David: e Ezequias, seu filho, reinou em seu logar.