< २ राजाहरू 15 >
1 इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्य गर्न थाले ।
以色列王雅洛貝罕二十七年,阿瑪責雅的兒子阿匝黎雅登極為猶大王。
2 अजर्याहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थिए, र उनी यरूशलेमकी थिइन् ।
他登極時十六歲,在耶路撒冷作王凡五十二年;他母親名叫耶苛里雅,是耶路撒冷人。
3 आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यही गरे ।
阿匝黎雅行了上主視為正義的事,完全像他父親阿瑪責雅所行的一樣,
4 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।
只是高丘仍沒有廢除,人民仍在高丘上焚香獻祭。
5 परमप्रभुले राजालाई प्रहार गर्नुभयो ताकि आफ्नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए र बेग्लै घरमा बसे । राजाका छोरा योतामले राजमहको रेखदेख गरे र देशमा जनतामाथि राज्य गरे ।
上主打擊了君王,君王即患了癩病,直到他死的那一天,獨自住在一所王宮裡。那時,君王的兒子約堂代理朝事,統治國家的百姓。
6 अजर्याह, तिनले गरेका सबै कामको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
阿匝黎雅其餘的事蹟,他行的一切,都記載在猶大列王實錄上。
7 यसरी अजर्याह आफ्ना पर्खाहरूसित सुते । तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा योताम राजा भए ।
阿匝黎雅與祖先同眠,與祖先同葬在達味城;他的兒子約堂繼位為王。
8 यहूदाका राजा अजर्याहको अठतिसौँ वर्षमा यारोबामका छोरा जकरियाले सामरियाम बसेर इस्राएलमाथि छ महिना राज्य गरे ।
猶大王阿匝黎雅三十八年,雅洛貝罕的兒子則加黎雅在撒瑪黎雅登極為以色列王,在位六個月;
9 आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।
他行了上主視為惡的事,像他的祖先所行的一樣,沒有離開乃巴特的兒子雅洛貝罕,使以色列陷於罪惡的罪。
10 याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे, तिनलाई इब्लममा आक्रमण गरे र मारे । त्यसपछि तिनको ठाउँमा आफू राजा भए ।
雅貝士的兒子沙隆結黨反叛他,在依貝肋罕殺了他,篡位為王。
11 जकरियाका बारेमा भएका अरू सबैकुरा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।
則加黎雅其餘的事蹟都記載在以色列列王實錄上。
12 परमप्रभुले येहूसँग यसो भनेर बोल्नुभएको उहाँको वचन यही थियो, “तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्नेछन् ।” त्यस्तै हुन आयो ।
這正應驗了上主對耶胡所說的話:「你的子孫要坐以色列王位,直到第四代。」
13 यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा याबेशका छोरा शल्लूमले राज्य गर्न थाले, र तिनले सामरियमा एक महिना मात्र राज्य गरे ।
猶大王烏齊雅三十九年,雅貝士的兒子沙隆登極為王,在撒瑪黎雅作王一個月。
14 गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले । सामरियामा तिनले याबेशका छोरा शल्लूमलाई आक्रमण गरे। तिनले उनलाई मारे र उनको ठाउँमा आफू राजा भए ।
那時加狄的兒子默納恆從提爾匝來到撒瑪黎雅,在撒瑪黎雅殺了雅貝士的兒子沙隆,篡位為王。
15 शल्लूमका बारेमा भएका अरू कुरा र तिनले गरेका षड्यन्त्रको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन ।
沙隆其餘的事蹟和他如何結黨謀反,都記載在以色列列王實錄上。
16 त्यसपछि मनहेमले तिफसा र तिर्साका सिमानाहरूमा भएका सबैलाई आक्रमण गरे, किनकि तिनीहरूले उनका लागि सहर खुला गरेनन् । त्यसैले तिनले त्यसलाई आक्रमण गरे र त्यस गाउँमा भएका सबै गर्भवती स्त्रीका पेट चिरे ।
以後,默納恒從提爾匝出發攻打塔普亞,又攻打其四境,因為人沒有給他開城門,所以攻破以後,屠殺了城中所有的人,剖開了所有的孕婦。
17 यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा गदीका छोरा मनहेमले इस्राएलमा राज्य सुरु गरे । तिनले सामरियामा दस वर्ष राज्य गरे ।
猶大王阿匝黎雅三十九年,加狄的兒子默納恒登極為以色列王,在撒瑪黎雅作王十年,
18 परमप्रभुको दृष्टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।
行了上主視為惡的事,在他有生之日,始終沒有離開乃巴特的兒子雅洛貝罕,使以色列陷於罪惡的罪。
19 तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए ।
那時,亞述王普耳前來犯境,默納恒就送給了普耳一千「塔冷通」銀子,要求他扶持自己,鞏固自己的王權。
20 अश्शूरका राजालाई मनहेमले तिर्नुपर्ने पैसा तिनले इस्राएलबाट जबरदस्ती उठाउन हरेक धनी मानिसले पचास शेकेल चाँदी तिनलाई तिर्नुपर्ने आवश्यक्ता भयो । त्यसैले अश्शूरका राजा फर्केर गए र त्यस देशमा बसेनन् ।
默納恒向以色列所有富豪征收銀子,每人應繳納五十「協刻耳,」為進獻給亞述王。亞述王於是回去了,沒有在境內停留。
21 मनहेमको सम्बन्धमा र तिनले गरेका सबै कामको बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
默納恒其餘的事蹟,他行的一切,都記載在以色列列王實錄上。
22 यसरी मनहेम आफ्ना पर्खाहरूसित सुते, र तिनका छोरा पकहीया तिनको ठाउँमा राजा भए ।
默納恒與祖先同眠後,他的兒子培卡希雅繼位為王。
23 यहूदाका राजा अजर्याहको पन्ध्रौँ वर्षमा मनहेमका छोरा पकहीयाले सामरियामा बसेर इस्राएलमा राज्य सुरु गरे । तिनले दुई वर्ष राज्य गरे ।
猶大王阿匝黎雅五十年,默納恒的兒子培卡希雅登極為以色列王,在撒瑪黎雅作王兩年。
24 परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन् ।
他行了上主視為惡的事,沒有離開乃巴特的兒子雅洛貝罕,使以色列陷於罪惡的種種罪惡。
25 पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे । पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे । पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए ।
他的軍官,勒瑪里雅的兒子培卡黑結黨反叛他,同阿爾哥布和阿黎厄,以及與他同謀的五十個基肋阿得人,在撒瑪黎雅王宮的堡壘內,將他殺死,篡位為王。
26 पकहीया, तिनले गरेका कामका बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन ।
培卡希雅其餘的事蹟,他行的一切,都記載在以色列列王實錄上。
27 यहूदाका राजा अजर्याहको बाउन्नौँ वर्षमा रमल्याहका छोरा पेकहले सामरियामा बसेर इस्राएलमाथि राज्य सुरु गरे । तिनले बिस वर्ष राज्य गरे ।
猶大王阿匝黎雅五十二年,勒瑪里雅的兒子培卡黑登極為以色列王,在撒瑪黎雅作王凡二十年。
28 परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।
他行了上主視為惡的事,沒有離開乃巴特的兒子雅洛貝罕,使以色列陷於罪惡的種種罪惡。
29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए, र तिनले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर, गिलाद, गालील र नप्तालीका सबै भूमि लिए । तिनले मानिसहरूलाई बन्दी बनाएर अश्शूर देशमा लगे ।
以色列王培卡黑在位時,亞述王提革拉特丕肋色爾前來,侵佔了依雍、阿貝耳貝特瑪阿加、雅諾亞、刻德士、哈祚爾、基肋阿得、加里肋亞和納斐塔里全地;並將這些地方的居民都擄往亞述。
30 त्यसैले एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे । तिनले उनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि उज्जियाहका छोरा योतामको बिसौँ वर्षमा तिनको ठाउँमा आफू राजा भए ।
烏齊雅的兒子約堂二十年,厄拉的兒子曷舍亞結黨反叛勒瑪里雅的兒子卡培黑,殺了他,篡位為王。
31 पेकहका सम्बन्धमा भएका अरू कुराहरू अनितिनले गरेका सबै कामको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन् ।
培卡黑其餘的事蹟,他行的一切,都記載在以色列列王實錄上。
32 इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्य सुरु गरे ।
以色列王勒瑪里雅的兒子培卡黑二年,烏齊雅的兒子約堂登極為猶大王。
33 तिनले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।
他登極時二十五歲,在耶路撒冷作王凡十六年;他的母親名叫耶魯沙,是匝多克的女兒。
34 परमप्रभुको दृष्टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे ।
約堂行了上主視為正義的事完全像他父親烏齊雅所行的一樣,
35 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले । योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे ।
只是高丘仍沒有廢除,人民仍在高丘上焚香獻祭;他建築了上主聖殿的北門。
36 योतामको सम्बन्धमा भएका अरू कुराहरू र तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
約堂其餘的事蹟,他行的一切,都記載在猶大列王實錄上。
37 ती दिनमा परमप्रभुले यहूदाको विरुद्धमा अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई पठाउन सुरु गर्नुभयो ।
那時,上主已開始派阿蘭王勒斤和勒瑪里雅的兒子培卡黑來攻打猶大。
38 योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।
約堂與祖先同眠,與祖先同葬在他祖先達味城內;他的兒子阿哈次繼位為王。