< २ राजाहरू 11 >
1 अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् ।
Tedy Atalija, matka Ochozyjaszowa, widząc iż umarł syn jej, powstała, i wytraciła wszystko nasienie królewskie.
2 तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।
Ale wziąwszy Josaba, córka króla Jorama, siostra Ochzyjaszowa, Joaza, syna Ochozyjaszowego, ukradła go z pośrodku synów królewskich, które zabijano; tego i z mamką jego w pokoju łożnicy skryła przed Ataliją, i nie zabito go.
3 अतल्याहले देशमा राज्य गर्दा परमप्रभुको मन्दिरमा छ वर्षसम्म उसलाई आफ्नो धाईसँगै लुकाइयो ।
I był przy niej w domu Pańskim skryty przez sześć lat, których Atalija królowała nad ziemią.
4 सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।
Potem roku siódmego posławszy Jojada, przyzwał rotmistrzów, hetmanów i żołnierzy, i wprowadził je do siebie do domu Pańskiego, a uczyniwszy z nimi przymierze, przywiódł, je do przysięgi w domu Pańskim, i ukazał im syna królewskiego.
5 तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “तिमीहरूले यसो गर्नुपर्छ । तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ,
I rozkazał im, mówiąc: Toć jest co uczynicie: trzecia część z was, którzy przychodzicie w sabat, a trzymywacie straż, niech będzie przy domu królewskim:
6 र एक-तिहाइचाहिं सुर ढोकामा बस्नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्नेछौ ।”
A trzecia część z was zostanie w bramie Sur; trzecia część zasię będzie w bramie, która jest za żołnierzami; a będziecie trzymali straż przy tym domu dla jakiego gwałtu.
7 शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।
A dwie części z was wszystkich wychodzących w sabat niech trzymają straż domu Pańskiego około króla.
8 हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्नुपर्छ ।
A tak obstąpicie króla około, każdy mając broń swą w rękach swych; a ktobykolwiek przyszedł do waszego szyku, niech będzie zabity, a wy będziecie przy królu, gdy wychodzić i wchodzić będzie.
9 त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्डरहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए ।
I uczynili rotmistrze oni według wszystkiego, co im był rozkazał Jojada kapłan; a wziąwszy każdy męże swe, którzy przychodzili w sabat, i którzy odchodzili w sabat, przyszli do Jojady kapłana.
10 तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्डरहरूलाई दिए ।
Tedy dał kapłan rotmistrzom włócznie i tarcze, które były króla Dawida, które były w domu Pańskim.
11 मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले ।
I stali żołnierze, każdy mając broń swoję w rękach swych, od prawej strony domu aż do lewej strony domu przeciwko ołtarzowi, i przeciwko domowi około króla zewsząd.
12 तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्ना ताली बजाए र भने, “राजा दीर्घायु रहून्!”
Tedy wywiódł syna królewskiego, i włożył nań koronę, i świadectwo. I uczynili go królem, i pomazali go, a klaskając rękoma mówili: Niech żyje król!
13 जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्ला सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा मानिसहरूकहाँ आइन् ।
Wtem usłyszawszy Atalija krzyk zbiegającego się ludu, weszła do ludu do domu Pańskiego.
14 तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्तानहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्ना लुगा च्यातिन् र चिच्च्याइन्, धोका! धोका ।”
A gdy ujrzała, że oto król stał na majestacie według zwyczaju, a książęta i trąby około króla, a wszystek lud ziemi weselący się, i trąbiący w trąby, rozdarła Atalija odzienie swoje, i wołała: Sprzysiężenie, sprzysiężenie!
15 तब यहोयाद पुजारीले सयौ कमान्डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”
Przetoż rozkazał Jojada kapłan rotmistrzom, którzy byli nad wojskiem, i rzekł do nich: Wywiedźcie ją z zagrodzenia kościoła, a ktobykolwiek chciał iść za nią, niech zabity będzie mieczem; bo rzekł był kapłan: Niech nie będzie zabita w domu Pańskim.
16 त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।
I uczynili jej plac; a gdy przyszła na drogę, którą wodzono konie do domu królewskiego, tamże jest zabita.
17 तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे ।
Tedy uczynił Jojada przymierze między Panem, i między królem, i między ludem, aby byli ludem Pańskim; także między królem i między ludem.
18 त्यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए । तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्ने बालको पुजारी मत्तानलाई मारे । तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे ।
I wszedł wszystek lud onej ziemi do domu Baalowego, i zburzyli go; ołtarze jego i obrazy jego połamali do szczętu; nadto Matana, kapłana Baalowego, zabili przed ołtarzami. I postanowił znowu kapłan przełożone nad domem Pańskim.
19 यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।
Potem wziąwszy rotmistrze, i hetmany, i żołnierze, i wszystek lud onej ziemi, prowadzili króla z domu Pańskiego, i przyszli drogą aż ku bramie żołnierzy, do domu królewskiego. I usiadł na stolicy królewskiej.
20 त्यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो ।
I weselił się wszystek lud onej ziemi, a miasto się uspokoiło, gdy Ataliją zabito mieczem podle domu królewskiego.
21 योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।
A było siedm lat Joazowi, gdy począł królować.