< २ राजाहरू 10 >
1 सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए । येहूले चिठीहरू लेखे र ती सामरियामा यिजरेलका शासकहरू, धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए,
Hallándose en Samaria todavía setenta hijos de Acab, escribió Jehú cartas que envió a Samaria, a los magistrados de Jesreel, a los ancianos y a los ayos de (los hijos de) Acab. Decía en ellas:
2 “तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन्, र तिमीहरूसित रथहरू, घोडाहरू र किल्लाबन्दी गरिएको सहर हतियार छन् । त्यसैले यो चिठी तिमीहरूले प्राप्त गर्ने बित्तिकै,
“Puesto que con vosotros están los hijos de vuestro señor, y tenéis carros y caballos, ciudades fuertes y armas;
3 तिमीहरूका मालिका सन्तानमध्ये सबैभन्दा उत्तम र योग्यलाई छान र तिनलाई आफ्ना पिताको सिंहासनमा राख, अनि तिमीहरूका मालिकका राजकीय वंशको निम्ति लडाइँ गर ।”
escoged —tan pronto como llegue a vosotros esta carta— el mejor y más excelente de los hijos de vuestro señor, ponedlo sobre el trono de su padre y combatid por la casa de vuestro señor.”
4 तर तिनीहरू त्रसित भए र आपसमा भने, “हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन् । त्यसैले हामी कसरी खडा हुन सक्छौँ?”
Ellos se asustaron sobremanera y dijeron: “He aquí que dos reyes no han podido resistirle, ¿cómo podremos resistirle nosotros?”
5 तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, “हामी तपाईंका सेवकहरू हौँ । तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्छ, त्यो हरेक कुरा हामी गर्नेछौँ । हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ । तपाईंको दृष्टिमा जे ठिक लाग्छ, त्यही गर्नुहोस् ।”
Y el mayordomo de palacio, los magistrados de la ciudad, los ancianos y los ayos, enviaron a decir a Jehú: “Somos siervos tuyos, y todo lo que mandares haremos; no pondremos a ninguno por rey; haz lo que mejor te parezca.”
6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्ना मालिकका सन्तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए ।
Entonces les escribió una segunda carta en estos términos: “Si sois de mi partido y si obedecéis a mi voz, tomad las cabezas de esos hombres, hijos de vuestro señor, y venid a mí mañana a esta hora a Jesreel.” Eran los hijos del rey setenta hombres, que estaban con los grandes de la ciudad, quienes los criaban.
7 त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।
Cuando recibieron la carta, tomaron a los hijos del rey, setenta hombres, y los degollaron, y metiendo las cabezas de ellos en canastas las enviaron a Jesreel.
8 एक जना सन्देशवाहक येहूकहाँ यसो भन्न आयो, “तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्यसैले तिनले भने, “बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्नू ।”
Llegó un mensajero a avisar (a Jehú), diciendo: “Han traído las cabezas de los hijos del rey.” Él respondió: “Ponedlas en dos montones a la entrada de la puerta hasta la mañana.”
9 बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे?
Al día siguiente salió, y parándose dijo a todo el pueblo: “Vosotros sois inocentes; he aquí que yo he conspirado contra mi señor y lo he matado; pero ¿quién ha dado muerte a todos estos?
10 अब तिमीहरूले निश्चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।”
Reconoced ahora que ninguna de las palabras que Yahvé ha pronunciado contra la casa de Acab ha caído por tierra, pues Yahvé ha cumplido lo que anunció por medio de su siervo Elías.”
11 त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।
Jehú mató a todos los que habían quedado de la casa de Acab en Jesreel, a todos sus grandes, sus familiares y sus sacerdotes, sin dejar de él ninguno con vida.
12 तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,
Después se levantó y partió para ir a Samaria. En el camino, en un albergue de pastores,
13 तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, “तिमीहरू को हौ?” तिनीहरूले जवाफ दिए, “हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।”
encontró Jehú a los hermanos del rey Ococías de Judá. Preguntó: “¿Quiénes sois vosotros?” Ellos respondieron: “Somos hermanos de Ococías y estamos en viaje para saludar a los hijos del rey y a los hijos de la reina.”
14 येहूले आफ्ना मानिसहरूलाई भने, “तिनीहरूलाई जिउँदै समात ।” त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते र बयालिस जना पुरुष सबैलाई बेथ-एकेदको कुवामा मारे । तिनीहरूमध्ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन् ।
(Jehú) dijo: “¡Prendedlos vivos!” Los prendieron vivos, y los degollaron junto a la cisterna del albergue ¾eran cuarenta y dos—, sin dejar ninguno de ellos.
15 येहू त्यहाँबाट गएपछि तिनले रेकाबका छोरा यहोनादाब आफूलाई भेट्न आइरहेका देखे । येहूले तिनलाई अभिवादन गरे र तिनलाई भने, “मेरो ह्रदय तिमीतर्फ भएझैँ तिम्रो ह्रदय मतर्फ छ?” यहोनादाबले जवाफ दिए, “हजुर छ।” येहूले भने, “छ भने मलाई तिम्रो हात देऊ।” त्यसैले तिनले येहूलाई आफ्नो हात दिए, येहूले यहोनादाबलाई आफूसितै रथमा लगे ।
Partió de allí, y encontró a Jonadab, hijo de Recab, que venía a su encuentro. Le saludó, y dijo: “¿Es tu corazón sincero, como mi corazón lo es para con el tuyo?” Respondió Jonadab: “¡Lo es!” Y Jehú replicó: “Si es así, dame tu mano.” Él le dio la mano, y Jehú lo hizo subir a su carro junto a él.
16 येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्नो रथमा आफूसँगै लगे ।
Y le dijo: “Ven conmigo, y verás mi celo por Yahvé.” Así lo llevaron en el carro (de Jehú).
17 जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्नुभएको थियो त्यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।
Llegado a Samaria. (Jehú) mató a todos los que allí habían quedado de Acab, hasta exterminarlos del todo, conforme a la palabra que Yahvé había dicho a Elías.
18 तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे र तिनीहरूलाई भने, “आहाबले त बालको थोरै मात्र सेवा गरे, तर येहूले त झन् बढी त्यसको सेवा गर्नेछ ।
Jehú congregó a todo el pueblo, y les dijo: “Acab tributó poco culto a Baal; Jehú le va a servir mucho más.
19 त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।
Convocadme ahora a todos los profetas de Baal, a todos sus adoradores y a todos sus sacerdotes; no falte ni uno solo; porque voy a ofrecer a Baal un gran sacrificio. Todo aquel que faltare perderá la vida.” Jehú hacía esto arteramente, para exterminar a los adoradores de Baal.
20 येहूले भने, “बालको निम्ति एउटा सभा बोलाओ ।” त्यसैले तिनीहरूको यसको घोषणा गरे ।
Dijo, pues, Jehú: “Promulgad una fiesta solemne en honor de Baal.” Y la promulgaron.
21 तब येहूले सारा इस्राएलभरि समाचार पठाए, र बालका आराधकहरू सबै आए । नआएको मानिस एउटै पनि थिए । तिनीहरू बालको मन्दिरमा आए, र मन्दिर एउटा कुनादेखि अर्को कुनासम्म भरिएको थियो ।
Así Jehú invitó a todo Israel; y vinieron todos los adoradores de Baal, no quedó ni uno que no se presentare; y entraron en la casa de Baal, que se llenó de cabo a cabo.
22 येहूले पुजारीको वस्त्र-भण्डारको रेखदेख गर्ने मानिसलाई भने, “बालका सबै आराधकका लागि वस्त्र ल्याऊ ।” त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्त्रहरू ल्याए ।
Dijo después al que tenía el cargo de guardar las vestiduras: “Saca vestiduras para todos los adoradores de Baal.” Y él sacó para ellos las vestiduras.
23 रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, “यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्ने कुरामा निश्चित होऊ ।”
Entonces entró Jehú, con Jonadab, hijo de Recab, en el templo de Baal, y dijo a los adoradores de Baal: “Registrad bien y ved para que no haya aquí con nosotros ninguno de los siervos de Yahvé, sino solamente adoradores de Baal.”
24 तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने, “मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्यो भने, जसले भगाउँछ, त्यो भाग्नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।”
Entraron, pues, ellos, para ofrecer los sacrificios y los holocaustos. Jehú, empero, había apostado fuera a ochenta hombres, diciendo: “Si uno solo de los hombres que yo entrego en vuestras manos escapare, responderéis con vuestra vida de la suya.”
25 तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, “भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए ।
Cuando hubieron acabado de ofrecer el holocausto, dijo Jehú a la guardia y a los capitanes: “¡Entrad y matadlos! ¡No escape ninguno!” Los pasaron a cuchillo; y los de la guardia y los capitanes los echaron fuera y penetraron en el mismo santuario de la casa de Baal,
26 तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए ।
de dónde sacaron las estatuas y las quemaron.
27 त्यसपछि तिनीहरूले बालको खम्बाहरू भँचिदिए र बालको मन्दिरलाई भत्काइदिए, अनि मानिसहरूले त्यसबाट शौचालय बनाए जसलाई मानिसहरूले आजसम्म प्रयोग गर्छन् ।
Destrozaron también la estatua de Baal, derribaron la casa de Baal y la convirtieron en cloacas, hasta el día de hoy.
28 यसरी येहूले इस्राएलबाट बालको पुजालाई नष्ट पारे ।
De esta manera extirpó Jehú a Baal de en medio de Israel.
29 तर नबातका छोरा यारोबामका पापहरू जसद्वारा तिनले इस्राएललाई पाप गर्न लगाए, अर्थात् बेथेल र दानमा सुनका बाछाहरूका पुजालाई येहूले छाडेनन् ।
Pero Jehú no se apartó de los pecados de Jeroboam, hijo de Nabat, que había hecho pecar a Israel, ni de los becerros de oro que había en Betel y Dan.
30 त्यसैले परमप्रभुले येहूलाई भन्नुभयो, “परमप्रभुको दृष्टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्नेछन् ।”
Dijo, pues, Yahvé a Jehú: “Por cuanto has obrado bien, haciendo lo que es recto a mis ojos e hiciste con la casa de Acab conforme a todo lo que tenía en mi corazón, tus hijos se sentarán en tu lugar sobre el trono de Israel hasta la cuarta generación.”
31 तर आफ्ना सारा ह्रदयले इस्राएलका परमप्रभु परमेश्वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन् । इस्राएललाई पाप गर्न लगाउने यारोबामका पापहरूबाट तिनी फर्केनन् ।
Pero Jehú no se cuidó de andar con todo su corazón en la Ley de Yahvé, Dios de Israel; pues no se apartó de los pecados de Jeroboam, que había hecho pecar a Israel.
32 ती दिनमा परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन थाल्नुभयो, र हजाएलले इस्राएलका सिमानाहरूमा इस्राएलीलाई पराजित गरे,
En aquellos días Yahvé comenzó a mutilar a Israel. Hazael los derrotó en todo el territorio de Israel,
33 यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्जा गरे ।
desde el Jordán hacia la parte donde nace el sol; todo el país de Galaad, de Gad, de Rubén y de Manasés, desde Aroer que está situado sobre el torrente Arnón; tanto Galaad como Basan.
34 येहू र तिनका सबै काम र तिनको शक्तिको बारेमा के इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Las demás cosas de Jehú, y todo lo que hizo y, todas sus hazañas, ¿no está esto escrito en el libro de los anales de los reyes de Israel?
35 येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए ।
Jehú se durmió con sus padres, y le sepultaron en Samaria; y reinó en su lugar su hijo, Joacaz.
36 येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे ।
El tiempo que Jehú reinó sobre Israel en Samaria fue de veintiocho años.