< २ कोरिन्थी 9 >

1 विश्‍वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ ।
关于为圣徒提供帮助之事,我本不想提及。
2 तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ । गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनेँ ।
我知道你们热切地希望提供帮助。我曾向马其顿人称赞你们,说:“亚该亚人去年已经预备好了。”他们中很多人都受到你们热心的激励。
3 तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्तै गरी तयार होओ भनेर मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु ।
我派了那几位兄弟造访,就是为了证明你们的确值得我的称赞,让你们可以按照我所说的准备妥当。
4 नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ ।
这是为了防止如果马其顿人和我一同去你们那里,你们却没有准备好。如果这项任务失败了,我们会感到非常难堪,更不用说你们了!
5 त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।
所以我才决定让几位兄弟提前造访你们,让你们提前筹足之前所答应的捐款。这样你们的帮助就是真正的馈赠,而非勉强而为之。
6 यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।
我还想提醒你们这一点:种得少就收获少,种得多就收获的多。
7 हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ ।
每个人都要按照自己已经决定的方式捐赠,不要为难,不必勉强,因为诚心捐赠之人才会获得上帝的爱。
8 र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ ।
上帝恩典你们一切,让你们始终富足,所以也就有足够的能力帮助别人。
9 यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्‍पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।” (aiōn g165)
正如经文所说:“他慷慨救济穷人,他的慷慨之情永不消逝。” (aiōn g165)
10 छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।
上帝为撒种者提供种子,为人类提供食物。他必将为你们加倍提供种子,让你们的慷慨之情收获更多。
11 तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्यवाद उत्पन्‍न गराउनेछ ।
你们将万事富足,这样就可以始终慷慨给予,你们的慷慨将让其他人感谢上帝。
12 किनकि सेवाको काम गर्दा विश्‍वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्‍वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ ।
当你用这种方式提供服务,不仅满足了上帝使徒的需求,也让许多人感谢上帝。
13 सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ ।
你们的慷慨彰显了你们的真实天性,这份慷慨惠及的众人,将因你们的顺从感谢上帝。因为这体现了你们对基督福音的承诺,彰显出你们为他们和其他人的慷慨之心。
14 तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ ।
他们会用无尽的爱为你们祈祷,因为上帝通过你们传递他的厚恩。
15 व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्‍वरलाई महिमा भएको होस् ।
感谢上帝的恩赐,这远非言语所能形容。

< २ कोरिन्थी 9 >