< २ कोरिन्थी 8 >

1 भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ ।
ברצוני לספר לכם על החסד שהעניק אלוהים לקהילות במקדוניה.
2 कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।
הם אמנם התנסו בסבל רב ובצרות, אך שמחתם הייתה כה גדולה עד כי הפגינו נדיבות ורוחב־לב למרות העוני שלהם.
3 म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्‍नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए ।
הם נתנו לא רק כפי יכולתם, אלא מעל ומעבר ליכולתם, ואני יכול להעיד שעשו זאת מרצון ולא מכורח.
4 तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।
הם ממש התחננו לפנינו לקבל את מתנתם הכספית, כדי שישתתפו בשמחה שבעזרה למאמינים בירושלים.
5 यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्यसपछि परमेश्‍वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए ।
נדיבותם עלתה על ציפיותינו, שכן קודם הקדישו את עצמם לאדון ואחר כך לנו, לפי רצון אלוהים.
6 त्यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्‍यौँ ।
הם כל־כך התלהבו מהדבר, עד שהאצנו בטיטוס, אשר עודד אתכם בתחילה לעזור למאמינים, לבקרכם ולעודד אתכם להשלים את חלקכם בשירות זה של גמילות חסדים.
7 तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।
אתם הלא מצטיינים בתחומים רבים: באמונתכם הרבה, במספר המטיפים ביניכם, בדעת, בשקידה ובאהבתכם אלינו. עתה ברצוני שתצטיינו גם בנדיבותכם.
8 म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु ।
איני מצווה עליכם לעשות זאת; ברצוני רק לבחון את כנות אהבתכם בהשוואה להתלהבותם של אחרים.
9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक ।
הלא יודעים אתם את אהבתו וחסדו של ישוע אדוננו: למרות היותו עשיר הוא נעשה עני למענכם, כדי שתעשירו על־ידי עניותו.
10 यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्‍यौ ।
אני מציע שתשלימו את אשר התחלתם לעשות לפני שנה, שהרי הייתם לא רק הראשונים להציע את הרעיון, אלא גם הראשונים לעשות משהו בנידון.
11 अब यसलाई पुरा गर । जसरी त्यस बेला तिमीहरूमा केही गर्ने इच्छा र चाहना थियो, तिमीहरूले त्यसलाई पुरा गर्न पनि जति सक्दो प्रयास गर ।
עתה השלימו את המלאכה באותה התלהבות שבה התחלתם, ותנו ככל שמשגת ידכם.
12 किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।
אם אתם באמת מוכנים לתת, אין זה חשוב אם יש באפשרותכם לתת רק סכום קטן, שכן אלוהים אינו מצפה מכם לתת מה שאין לכם.
13 किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।
איני מתכוון שמקבלי התרומות יחיו ברווחה על חשבונכם, אך עליכם להתחלק עמם. כעת יש לכם די והותר ובאפשרותכם לעזור להם; בעת הצורך הם יתחלקו עמכם. כך לכל אחד יהיה כפי צרכו.
14 तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।
15 यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।”
הזוכרים אתם מה אומרים על כך הכתובים?”לא העדיף המרבה, והממעיט לא החסיר“. לכן עליכם להתחלק עם הנזקקים.
16 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो ।
אני מודה לאלוהים על ששם בלב טיטוס אותה התלהבות לעזור לכם כמונו.
17 किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर उनी यसप्रति धेरै उत्साहित पनि भए । तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरूकहाँ आए ।
הוא שמח לקבל את הצעתי לבקרכם, אך אני בטוח שהיה בא לבקרכם גם אלמלא הצעתי, שכן הוא משתוקק לראותכם.
18 सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौँ ।
אני שולח עם טיטוס אח שמוכר היטב בין כל הקהילות כמטיף מחונן של בשורת אלוהים.
19 त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्‍वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो ।
אח זה נבחר למעשה על־ידי הקהילות להתלוות אלי במסעי לירושלים, כדי להביא את המתנה למאמינים שם. הדבר יכבד את אלוהים ויוכיח את נכונותנו לעזור זה לזה.
20 हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।
ברצוננו למנוע כל ביקורת על הדרך שבה אנו מטפלים בתרומה נדיבה זו.
21 हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।
אלוהים יודע את יושר לבנו, אך ברצוני שגם אתם תדעו זאת. משום כך החלטנו לנסוע יחד.
22 हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट जाँच गर्‍यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् ।
אני שולח אליכם אח נוסף אשר הוכיח את מסירותו פעמים רבות. עתה מסירותו והתלהבותו גדלו עוד יותר, שכן סיפרתי לו על נכונותכם לעזור בעניין התרומה.
23 तीतसको सन्दर्भमा भन्‍नुपर्दा, तिमीहरूको निम्ति तिनी मेरा साझेदार र सहकर्मी हुन् । भाइहरूचाहिँ मण्डलीहरूबाट पठाइएका हुन् । तिनीहरू ख्रीष्‍टका महिमा हुन् ।
אם מישהו ישאל לזהותו של טיטוס, אמרו שהוא שותפי ועובד אתי למענכם. אתם גם יכולים לומר ששני האחים האחרים מייצגים את הקהילות כאן והם דוגמת מופת למאמינים במשיח.
24 त्यसैले, तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ, र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ ।
אנא, הוכיחו לאנשים אלה שאתם באמת אוהבים אותי, ושיש לי סיבה להתגאות בכם.

< २ कोरिन्थी 8 >