< २ कोरिन्थी 8 >
1 भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ ।
Men vi kundgøre eder, Brødre! den Guds Nåde, som er given i Makedoniens Menigheder,
2 कष्टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्न गरायो ।
at under megen Trængsels Prøvelse har deres overstrømmende Glæde og deres dybe Fattigdom strømmet over i deres Gavmildheds Rigdom.
3 म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए ।
Thi efter Evne (det vidner jeg) gave de, ja, over Evne af egen Drift,
4 तिनीहरूले विश्वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्ती गरे ।
idet de med megen Overtalelse bade os om den Nåde at måtte tage Del i Hjælpen til de hellige,
5 यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्यसपछि परमेश्वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए ।
og ikke alene som vi havde håbet, men sig selv gav de først og fremmest til Herren og så til os, ved Guds Villie,
6 त्यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्यौँ ।
så at vi opfordrede Titus til, ligesom han forhen havde begyndt, således også til at tilendebringe hos eder også denne Gave.
7 तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।
Men ligesom I ere rige i alt, i Tro og Tale og Erkendelse og al Iver og i eders Kærlighed til os: måtte I da være rige også i denne Gave!
8 म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु ।
Jeg siger det ikke som en Befaling, men for ved andres Iver at prøve også eders Kærligheds Ægthed.
9 किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्न सक ।
I kende jo vor Herres Jesu Kristi Nåde, at han for eders Skyld blev fattig, da han var rig, for at I ved hans Fattigdom skulde blive rige.
10 यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्यौ ।
Og jeg giver min Mening herom til Kende; thi dette er eder gavnligt, I, som jo i Fjor vare de første til at begynde, ikke alene med Gerningen, men endogså med Villien dertil.
11 अब यसलाई पुरा गर । जसरी त्यस बेला तिमीहरूमा केही गर्ने इच्छा र चाहना थियो, तिमीहरूले त्यसलाई पुरा गर्न पनि जति सक्दो प्रयास गर ।
Men fuldbringer da nu også Gerningen, for at, ligesom I vare redebonne til at ville, I også må fuldbringe det efter eders Evne.
12 किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।
Thi når Redebonheden er til Stede, da er den velbehagelig efter, hvad den evner, ikke efter, hvad den ikke evner.
13 किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।
Det er nemlig ikke Meningen, at andre skulle have Lettelse og I Trængsel; nej, det skal være ligeligt. Nu for Tiden må eders Overflod komme hines Trang til Hjælp,
14 तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।
for at også hines Overflod kan komme eders Trang til Hjælp, for at der kan blive Ligelighed,
15 यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।”
som der er skrevet: "Den, som sankede meget, fik ikke for meget, og den, som sankede lidet, fik ikke for lidt."
16 तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो ।
Men Gud ske Tak, som giver den samme Iver for eder i Titus's Hjerte!
17 किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर उनी यसप्रति धेरै उत्साहित पनि भए । तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरूकहाँ आए ।
Thi vel har han modtaget min Opfordring; men da han er så ivrig, så er det af egen Drift, at han rejser til eder.
18 सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौँ ।
Og sammen med ham sende vi den Broder, hvis Ros i Evangeliet går igennem alle Menighederne,
19 त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो ।
og ikke det alene, men han er også udvalgt af Menighederne til at rejse med os med denne Gave, som besørges af os, for at fremme selve Herrens Ære og vor Redebonhed,
20 हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।
idet vi undgå dette, at nogen skulde kunne laste os i Anledning af denne rige Hjælp, som besørges af os;
21 हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।
thi vi lægge Vind på, hvad der er godt ikke alene i Herrens, men også i Menneskers Øjne.
22 हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट जाँच गर्यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् ।
Men sammen med dem sende vi vor Broder, hvis Iver vi ofte i mange Måder have prøvet, men som nu er langt ivrigere på Grund af sin støre Tillid til eder.
23 तीतसको सन्दर्भमा भन्नुपर्दा, तिमीहरूको निम्ति तिनी मेरा साझेदार र सहकर्मी हुन् । भाइहरूचाहिँ मण्डलीहरूबाट पठाइएका हुन् । तिनीहरू ख्रीष्टका महिमा हुन् ।
Hvad Titus angår, da er han min Fælle og Medarbejder hos eder, og hvad vore Brødre angår, da ere de Menighedsudsendinge, Kristi Ære.
24 त्यसैले, तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ, र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ ।
Så giver dem da for Menighedernes Åsyn Beviset på eders Kærlighed og for det, vi have rost eder for.