< २ कोरिन्थी 7 >
1 प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्वरको भयमा पवित्रतालाई पछ्याऔँ ।
ataeva he priyatamāḥ, etādṛśīḥ pratijñāḥ prāptairasmābhiḥ śarīrātmanoḥ sarvvamālinyam apamṛjyeśvarasya bhaktyā pavitrācāraḥ sādhyatāṁ|
2 हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।
yūyam asmān gṛhlīta| asmābhiḥ kasyāpyanyāyo na kṛtaḥ ko'pi na vañcitaḥ|
3 मैले तिमीहरूलाई दोषी ठहर्याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति ।
yuṣmān doṣiṇaḥ karttamahaṁ vākyametad vadāmīti nahi yuṣmābhiḥ saha jīvanāya maraṇāya vā vayaṁ yuṣmān svāntaḥkaraṇai rdhārayāma iti pūrvvaṁ mayoktaṁ|
4 तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्टमा पनि म आनन्दले भरिएको छु ।
yuṣmān prati mama mahetsāho jāyate yuṣmān adhyahaṁ bahu ślāghe ca tena sarvvakleśasamaye'haṁ sāntvanayā pūrṇo harṣeṇa praphullitaśca bhavāmi|
5 हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ ।
asmāsu mākidaniyādeśam āgateṣvasmākaṁ śarīrasya kācidapi śānti rnābhavat kintu sarvvato bahi rvirodhenāntaśca bhītyā vayam apīḍyāmahi|
6 तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो ।
kintu namrāṇāṁ sāntvayitā ya īśvaraḥ sa tītasyāgamanenāsmān asāntvayat|
7 तिनको आगमनले मात्र हामीलाई परमेश्वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ ।
kevalaṁ tasyāgamanena tannahi kintu yuṣmatto jātayā tasya sāntvanayāpi, yato'smāsu yuṣmākaṁ hārddavilāpāsaktatveṣvasmākaṁ samīpe varṇiteṣu mama mahānando jātaḥ|
8 मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ ।
ahaṁ patreṇa yuṣmān śokayuktān kṛtavān ityasmād anvatapye kintvadhunā nānutapye| tena patreṇa yūyaṁ kṣaṇamātraṁ śokayuktībhūtā iti mayā dṛśyate|
9 तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्चात्तापसम्म डोर्याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्वरीय शोकको महसुस गर्यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ ।
ityasmin yuṣmākaṁ śokenāhaṁ hṛṣyāmi tannahi kintu manaḥparivarttanāya yuṣmākaṁ śoko'bhavad ityanena hṛṣyāmi yato'smatto yuṣmākaṁ kāpi hāni ryanna bhavet tadarthaṁ yuṣmākam īśvarīyaḥ śoko jātaḥ|
10 किनकि ईश्वरीय शोकले पश्चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ ।
sa īśvarīyaḥ śokaḥ paritrāṇajanakaṁ niranutāpaṁ manaḥparivarttanaṁ sādhayati kintu sāṁsārikaḥ śoko mṛtyuṁ sādhayati|
11 हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
paśyata teneśvarīyeṇa śokena yuṣmākaṁ kiṁ na sādhitaṁ? yatno doṣaprakṣālanam asantuṣṭatvaṁ hārddam āsaktatvaṁ phaladānañcaitāni sarvvāṇi| tasmin karmmaṇi yūyaṁ nirmmalā iti pramāṇaṁ sarvveṇa prakāreṇa yuṣmābhi rdattaṁ|
12 मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ ।
yenāparāddhaṁ tasya kṛte kiṁvā yasyāparāddhaṁ tasya kṛte mayā patram alekhi tannahi kintu yuṣmānadhyasmākaṁ yatno yad īśvarasya sākṣād yuṣmatsamīpe prakāśeta tadarthameva|
13 यही कारणले हामी उत्साहित हुन्छौँ । हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ ।
uktakāraṇād vayaṁ sāntvanāṁ prāptāḥ; tāñca sāntvanāṁ vināvaro mahāhlādastītasyāhlādādasmābhi rlabdhaḥ, yatastasyātmā sarvvai ryuṣmābhistṛptaḥ|
14 किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ । यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो ।
pūrvvaṁ tasya samīpe'haṁ yuṣmābhiryad aślāghe tena nālajje kintu vayaṁ yadvad yuṣmān prati satyabhāvena sakalam abhāṣāmahi tadvat tītasya samīpe'smākaṁ ślāghanamapi satyaṁ jātaṁ|
15 तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्नेह अझ बढ्छ ।
yūyaṁ kīdṛk tasyājñā apālayata bhayakampābhyāṁ taṁ gṛhītavantaścaitasya smaraṇād yuṣmāsu tasya sneho bāhulyena varttate|
16 म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।
yuṣmāsvahaṁ sarvvamāśaṁse, ityasmin mamāhlādo jāyate|