< २ कोरिन्थी 5 >

1 हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो । (aiōnios g166)
ܝܕܥܝܢܢ ܓܝܪ ܕܐܢ ܒܝܬܢ ܕܒܐܪܥܐ ܗܢܐ ܕܦܓܪܐ ܢܫܬܪܐ ܐܠܐ ܐܝܬ ܠܢ ܒܢܝܢܐ ܕܡܢ ܐܠܗܐ ܒܝܬܐ ܕܠܐ ܒܥܒܕ ܐܝܕܝܐ ܒܫܡܝܐ ܠܥܠܡ (aiōnios g166)
2 किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं ।
ܐܦ ܥܠ ܗܕܐ ܓܝܪ ܡܬܬܢܚܝܢܢ ܘܤܘܝܢܢ ܕܢܠܒܫ ܒܝܬܢ ܕܡܢ ܫܡܝܐ
3 हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ ।
ܐܠܐ ܐܦ ܡܐ ܕܠܒܫܢ ܢܫܬܟܚ ܠܢ ܥܪܛܠ
4 किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ, त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ ।
ܟܕ ܐܝܬܝܢ ܓܝܪ ܗܫܐ ܒܗܢܐ ܒܝܬܐ ܡܬܬܢܚܝܢܢ ܡܢ ܝܘܩܪܗ ܘܠܐ ܨܒܝܢܢ ܠܡܫܠܚܗ ܐܠܐ ܕܢܠܒܫ ܠܥܠ ܡܢܗ ܕܬܬܒܠܥ ܡܝܬܘܬܗ ܒܚܝܐ
5 हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ ।
ܘܕܡܥܬܕ ܠܢ ܠܗ ܠܗܕܐ ܐܠܗܐ ܗܘ ܗܘ ܕܝܗܒ ܠܢ ܪܗܒܘܢܐ ܕܪܘܚܗ
6 त्यसैले, सधैँ विश्‍वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्‍वरबाट टाढा रहन्छौँ ।
ܡܛܠ ܕܝܕܥܝܢܢ ܗܟܝܠ ܘܡܦܤܝܢܢ ܕܟܡܐ ܕܒܦܓܪܐ ܫܪܝܢܢ ܥܢܝܕܝܢܢ ܡܢ ܡܪܢ
7 हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन ।
ܒܗܝܡܢܘܬܐ ܗܘ ܓܝܪ ܡܗܠܟܝܢܢ ܘܠܐ ܒܚܙܝܐ
8 त्यसैले, हामी विश्‍वस्‍त छौँ । हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ ।
ܡܛܠ ܗܢܐ ܬܟܝܠܝܢܢ ܘܡܤܘܚܝܢܢ ܕܢܥܢܕ ܡܢ ܦܓܪܐ ܘܢܗܘܐ ܠܘܬ ܡܪܢ
9 त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो ।
ܘܡܬܚܦܛܝܢܢ ܕܐܢ ܥܢܘܕܐ ܚܢܢ ܘܐܢ ܥܡܘܪܐ ܠܗ ܗܘܝܢ ܫܦܪܝܢ
10 किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् ।
ܟܠܢ ܓܝܪ ܥܬܝܕܝܢܢ ܠܡܩܡ ܩܕܡ ܒܝܡ ܕܡܫܝܚܐ ܕܢܬܦܪܥ ܐܢܫ ܐܢܫ ܒܦܓܪܗ ܡܕܡ ܕܥܒܝܕ ܠܗ ܐܢ ܕܛܒ ܘܐܢ ܕܒܝܫ
11 त्यसकारण, परमेश्‍वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ । हामी को हौँ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ । म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्‍ट छ ।
ܡܛܠ ܕܝܕܥܝܢܢ ܗܟܝܠ ܕܚܠܬܗ ܕܡܪܢ ܠܒܢܝܢܫܐ ܗܘ ܡܦܝܤܝܢܢ ܠܐܠܗܐ ܕܝܢ ܓܠܝܢܢ ܤܒܪ ܐܢܐ ܕܝܢ ܕܐܦ ܠܡܕܥܝܟܘܢ ܕܝܠܟܘܢ ܓܠܝܢܢ
12 हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।
ܠܐ ܗܘܐ ܬܘܒ ܢܦܫܢ ܡܫܒܚܝܢܢ ܠܟܘܢ ܐܠܐ ܥܠܬܐ ܗܘ ܝܗܒܝܢܢ ܠܟܘܢ ܕܗܘܝܬܘܢ ܡܫܬܒܗܪܝܢ ܒܢ ܠܘܬ ܗܢܘܢ ܕܒܐܦܐ ܗܘ ܡܫܬܒܗܪܝܢ ܘܠܐ ܒܠܒܐ
13 किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्‍वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो ।
ܐܢ ܓܝܪ ܫܛܝܢܢ ܠܐܠܗܐ ܘܐܢ ܬܩܢܝܢܢ ܠܟܘܢ
14 किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् ।
ܚܘܒܗ ܓܝܪ ܕܡܫܝܚܐ ܐܠܨ ܠܢ ܕܪܢܝܢܢ ܗܕܐ ܕܚܕ ܚܠܦ ܟܠܢܫ ܡܝܬ ܡܕܝܢ ܟܠܢܫ ܡܝܬ ܠܗ
15 अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।
ܘܚܠܦ ܟܠܢܫ ܗܘ ܡܝܬ ܕܐܝܠܝܢ ܕܚܝܝܢ ܠܐ ܠܢܦܫܗܘܢ ܢܚܘܢ ܐܠܐ ܠܗܘ ܐܝܢܐ ܕܥܠ ܐܦܝܗܘܢ ܡܝܬ ܘܩܡ
16 त्यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ ।
ܘܡܟܝܠ ܚܢܢ ܠܐܢܫ ܒܦܓܪ ܠܐ ܝܕܥܝܢܢ ܘܐܢ ܝܕܥܢ ܒܦܓܪ ܠܡܫܝܚܐ ܐܠܐ ܡܢ ܗܫܐ ܠܐ ܝܕܥܝܢܢ
17 किनभने कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् ।
ܟܠ ܡܢ ܕܒܡܫܝܚܐ ܗܘ ܗܟܝܠ ܒܪܝܬܐ ܗܘ ܚܕܬܐ ܥܬܝܩܬܐ ܥܒܪ ܠܗܝܢ
18 यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।
ܘܟܠ ܡܕܡ ܗܘܐ ܚܕܬܐ ܡܢ ܐܠܗܐ ܗܘ ܕܪܥܝܢ ܠܗ ܒܡܫܝܚܐ ܘܝܗܒ ܠܢ ܬܫܡܫܬܐ ܕܬܪܥܘܬܐ
19 अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ ।
ܐܠܗܐ ܗܘܐ ܓܝܪ ܒܡܫܝܚܐ ܗܘ ܕܪܥܝ ܠܥܠܡܐ ܥܡ ܪܒܘܬܗ ܘܠܐ ܚܫܒ ܠܗܘܢ ܚܛܗܝܗܘܢ ܘܤܡ ܒܢ ܕܝܠܢ ܡܠܬܐ ܕܬܪܥܘܬܐ
20 त्यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ!” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं ।
ܐܝܙܓܕܐ ܚܢܢ ܗܟܝܠ ܚܠܦ ܡܫܝܚܐ ܘܐܝܟ ܗܘ ܕܐܠܗܐ ܒܥܐ ܡܢܟܘܢ ܒܐܝܕܢ ܚܠܦ ܡܫܝܚܐ ܗܟܝܠ ܒܥܝܢܢ ܐܬܪܥܘ ܠܐܠܗܐ
21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
ܗܘ ܓܝܪ ܕܠܐ ܝܕܥ ܗܘܐ ܚܛܝܬܐ ܡܛܠܬܟܘܢ ܚܛܝܬܐ ܥܒܕܗ ܕܚܢܢ ܢܗܘܐ ܒܗ ܙܕܝܩܘܬܐ ܕܐܠܗܐ

< २ कोरिन्थी 5 >