< २ कोरिन्थी 4 >

1 त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।
Dlatego mając to usługiwanie, tak jakośmy miłosierdzie otrzymali, nie słabiejemy.
2 बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।
Aleśmy się odrzekli skrytej sromoty, nie obchodząc się chytrze, ani fałszując słowa Bożego; ale objawieniem prawdy zalecając samych siebie u każdego sumienia ludzkiego przed obliczem Bożem.
3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ ।
Jeźli tedy zakryta jest Ewangielija nasza, zakryta jest przed tymi, którzy giną.
4 तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ । (aiōn g165)
W których bóg świata tego oślepił zmysły, to jest w niewiernych, aby im nie świeciła światłość Ewangielii chwały Chrystusowej, który jest wyobrażeniem Bożem. (aiōn g165)
5 किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।
Albowiem nie samych siebie opowiadamy, ale Chrystusa Jezusa, że jest Panem, a samych siebie sługami waszymi dla Jezusa.
6 किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।
Ponieważ Bóg, który rzekł, aby się z ciemności światłość rozświeciła, ten się rozświecił w sercach naszych ku rozświeceniu (w nas) znajomości chwały Bożej w obliczu Jezusa Chrystusa.
7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
A mamy ten skarb w naczyniu glinianem, aby dostojność tej mocy była z Boga, a nie z nas.
8 हामी सबैतिरबाट कष्‍टित भएका छौँ, तर निराश भएका छैनौँ ।
Gdy zewsząd uciśnieni bywamy, ale nie bywamy potłoczeni; powątpiewamy, ale nie zwątpimy.
9 हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ ।
Prześladowanie cierpimy, ale nie bywamy opuszczeni; bywamy porzuceni, ale nie giniemy.
10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ ।
Zawsze umartwienie Pana Jezusowe na ciele nosimy, aby i żywot Jezusowy na ciele naszem był objawiony.
11 हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ ।
Zawsze bowiem my, którzy żyjemy, bywamy wydawani na śmierć dla Jezusa, aby też żywot Jezusowy był objawiony w śmiertelnem ciele naszem.
12 यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।
Dlatego śmierć mocy swojej w nas dokazuje, ale w was żywot.
13 “मैले विश्‍वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिएजस्तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ ।
Mając tedy tegoż ducha wiary, tak jako napisane: Uwierzyłem, przetom też mówił; i my wierzymy, przeto też mówimy,
14 हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ ।
Wiedząc, iż ten, który wzbudził Pana Jezusa, i nas wzbudzi przez Jezusa, i postawi z wami.
15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्‍वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् ।
Boć to wszystko dzieje się dla was, aby łaska ona obfitująca przez dziękowanie wielu ich rozmnożyła się ku chwale Bożej.
16 त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ ।
Dlatego nie słabiejmy, ale choć się też nasz zewnętrzny człowiek kazi, wszakże on wewnętrzny się odnawia ode dnia do dnia.
17 किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ । (aiōnios g166)
Albowiem ten króciuchny i lekki ucisk nasz nader zacnej chwały wieczną wagę nam sprawuje; (aiōnios g166)
18 किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् । (aiōnios g166)
Gdy nie patrzymy na rzeczy widzialne, ale na niewidzialne; albowiem rzeczy widzialne są doczesne, ale niewidzialne są wieczne. (aiōnios g166)

< २ कोरिन्थी 4 >