< २ कोरिन्थी 4 >
1 त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।
Annakokáért, mivelhogy ilyen szolgálatban vagyunk, a mint a kegyelmet nyertük, nem csüggedünk el;
2 बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।
Hanem lemondtunk a szégyen takargatásáról, mint a kik nem járunk ravaszságban, és nem is hamisítjuk meg az Isten ígéjét, de a nyilvánvaló igazsággal kelletjük magunkat minden ember lelkiismeretének az Isten előtt.
3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ ।
Ha mégis leplezett a mi evangyéliomunk, azoknak leplezett, a kik elvesznek:
4 तिनीहरूको विषयमा भन्ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्दैनन्, जो परमेश्वरको स्वरूप हुनुहुन्छ । (aiōn )
A kikben e világ Istene megvakította a hitetlenek elméit, hogy ne lássák a Krisztus dicsőséges evangyéliomának világosságát, a ki az Isten képe. (aiōn )
5 किनकि हामी आफैँलाई होइन, तर ख्रीष्टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।
Mert nem magunkat prédikáljuk, hanem az Úr Jézus Krisztust; magunkat pedig, mint a ti szolgáitokat, a Jézusért.
6 किनकि परमेश्वरले भन्नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्टको उपस्थितिमा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।
Mert az Isten, a ki szólt: setétségből világosság ragyogjon, ő gyújtott világosságot a mi szívünkben az Isten dicsősége ismeretének a Jézus Krisztus arczán való világoltatása végett.
7 यो अति नै महान् शक्ति हामीसँग होइन, तर परमेश्वरसँग छ भन्ने स्पष्ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
Ez a kincsünk pedig cserépedényekben van, hogy amaz erőnek nagy volta Istené legyen, és nem magunktól való.
8 हामी सबैतिरबाट कष्टित भएका छौँ, तर निराश भएका छैनौँ ।
Mindenütt nyomorgattatunk, de meg nem szoríttatunk; kétségeskedünk, de nem esünk kétségbe;
9 हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ ।
Üldöztetünk, de el nem hagyatunk; tiportatunk, de el nem veszünk;
10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ ।
Mindenkor testünkben hordozzuk az Úr Jézus halálát, hogy a Jézusnak élete is látható legyen a mi testünkben.
11 हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ ।
Mert mi, a kik élünk, mindenkor halálra adatunk a Jézusért, hogy a Jézus élete is látható legyen a mi halandó testünkben.
12 यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।
Azért a halál mi bennünk munkálkodik, az élet pedig ti bennetek.
13 “मैले विश्वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिएजस्तै हामीसँग विश्वासको उस्तै आत्मा छ ।
Mivelhogy pedig a hitnek mi bennünk is ugyanaz a lelke van meg, a mint írva van: Hittem és azért szóltam; hiszünk mi is, és azért szólunk;
14 हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ ।
Tudván, hogy a ki feltámasztotta az Úr Jézust, Jézus által minket is feltámaszt, és veletek együtt előállít.
15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् ।
Mert minden ti érettetek van, hogy a kegyelem sokasodva sokak által a hálaadást bőségessé tegye az Isten dicsőségére.
16 त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ ।
Azért nem csüggedünk; sőt ha a mi külső emberünk megromol is, a belső mindazáltal napról-napra újul.
17 किनकि यो क्षणिक छ, हलुका कष्टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ । (aiōnios )
Mert a mi pillanatnyi könnyű szenvedésünk igen-igen nagy örök dicsőséget szerez nékünk; (aiōnios )
18 किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् । (aiōnios )
Mivelhogy nem a láthatókra nézünk, hanem a láthatatlanokra; mert a láthatók ideig valók, a láthatatlanok pedig örökkévalók. (aiōnios )