< 2 कोरिन्थी 3 >
1 के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र?
Kendimizi yine tavsiye etmeye mi başlıyoruz? Yoksa bazıları gibi size ya da sizden tavsiye mektuplarına ihtiyacımız mı var?
2 तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् ।
Bütün insanlarca bilinen ve okunan, yüreklerimize yazılmış mektubumuz sizsiniz.
3 र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्टका पत्र हौ भन्ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।
Hizmetimizin sonucu olup mürekkeple değil, yaşayan Tanrı'nın Ruhu'yla, taş levhalara değil, insan yüreğinin levhalarına yazılmış Mesih'in mektubu olduğunuz açıktır.
4 र यो ख्रीष्ट येशूद्वारा परमेश्वरमा भएको हाम्रो आत्मविश्वास हो ।
Mesih sayesinde Tanrı'ya böyle bir güvenimiz vardır.
5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्वरबाट आएको हो ।
Herhangi bir şeyi kendi başarımız olarak saymaya yeterliyiz demek istemiyorum; bizi yeterli kılan Tanrı'dır.
6 परमेश्वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
O bizi yazılı yasaya değil, Ruh'a dayalı yeni bir antlaşmanın hizmetkârları olmaya yeterli kıldı. Yazılı yasa öldürür, Ruh ise yaşatır.
7 अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो ।
Ölümle sonuçlanan hizmet, yani taş üzerine harf harf kazılan yasa yücelik içinde geldiyse –öyle ki, İsrailoğulları geçici olan parlaklığından ötürü Musa'nın yüzüne bakamadılar– Ruh'a dayalı hizmetin yücelik içinde olacağı daha kesin değil mi?
8 पवित्र आत्माको काम झन् कति धेरै महिमित होला?
9 यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ!
İnsanı suçlu çıkaran hizmetin yüceliği varsa, aklanmayı sağlayan hizmetin yüceliği çok daha aşkındır.
10 किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन ।
Çünkü eskiden yüceltilmiş olanın, şimdi yücelikte aşkın olana göre yüceliği yoktur.
11 यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ!
Geçici olan, yücelik içinde geldiyse, kalıcı olanın yüceliği çok daha büyüktür.
12 हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।
Böyle bir umuda sahip olduğumuz için büyük cesaretle konuşabiliriz.
13 हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ ।
Yüzündeki parlaklığın giderek söndüğünü İsrailoğulları görmesin diye yüzünü peçeyle örten Musa gibi değiliz.
14 तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ । त्यो खोलिएको छैन, किनकि ख्रीष्टमा मात्र यो खोलिन्छ ।
İsrailoğulları'nın zihinleri körelmişti. Bugün bile Eski Antlaşma okunurken zihinleri aynı peçeyle örtülü kalıyor. Çünkü bu peçe ancak Mesih aracılığıyla kalkar.
15 तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ ।
Ne var ki, bugün bile Musa'nın yazıları okunduğunda yüreklerini bir peçe örtüyor.
16 तर जब कोही व्यक्ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ ।
Oysa ne zaman biri Rab'be dönerse, o peçe kaldırılır.
17 परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्त्रता हुन्छ ।
Rab Ruh'tur, Rab'bin Ruhu neredeyse orada özgürlük vardır.
18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।
Ve biz hepimiz peçesiz yüzle Rab'bin yüceliğini görerek yücelik üstüne yücelikle O'na benzer olmak üzere değiştiriliyoruz. Bu da Ruh olan Rab sayesinde oluyor.