< २ कोरिन्थी 3 >
1 के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र?
Ani tulokutalika kulilumbayizya lwesu lubobiya na? Swe tatuyandi lugwalo lwachizibyo kuli ndinywe na kuzwa kuli ndinywe, mbuli bamwi bantu, nga tulachita obo?
2 तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् ।
Inywe lwanu muli lugwalo lwachizibyo, lulembedwe amyoyo yesu, tulizibikene alimwi akubalwa abantu boonse.
3 र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्टका पत्र हौ भन्ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।
Mutondezya kuti mulilugwalo kuzwa kuli Kkilisito, Impindu yamulimu wesu. Te yaka lembwa achilembyo pesi aMuuya waLeza upona. Te yakalembedwe atala abbwe, pesi atala amyoyo yabantu.
4 र यो ख्रीष्ट येशूद्वारा परमेश्वरमा भएको हाम्रो आत्मविश्वास हो ।
Alimwi eechi nchichisimizyo nchitujisi kwindila muli Kkilisito kunembo lyaLeza.
5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्वरबाट आएको हो ।
Tatukwe luzibo muli ndiswe mukwamba nikuba chili mbuli chizwa kulindiswe, pesi kuti luzibo kuzwa kuli Leza.
6 परमेश्वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
NguLeza wakatuchita twakonzya kuba balanda bachizuminano chitali cha lugwalo pesi chaMuuya, nkaambo luwalo lulajeya, pesi Muuya upa buumi.
7 अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो ।
Lino mulimu wa lufu- wakavundikwa mulugwalo lulamabwe - wakasika muli obu bulemu kuti bana balombe bamuIzilayeli tebakakonzya pe kulangana abusyu bwaMozesi. Echi nkambo kabulemu bwabusyu bwakwe, bulemu bwakali kuzima.
8 पवित्र आत्माको काम झन् कति धेरै महिमित होला?
Ngabula vula byeni bulemu bwakubeleka bwamuuya mbukuyoba?
9 यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ!
Nkambo na mulimulimu wakupa mulandu wakalabulemu, mbuvule bwingi bulibyeni buchita mulimu wabululami bukkalila mubulemu!
10 किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन ।
Mukwambisya echo chakali mulichimwi chindi chachitwa chaba abulewe tachichikwe bulemu muchimo echi, nkambo kabulemu obu bwindilila.
11 यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ!
Nkambo kuti echo chiinda chakali abulewe ngabuloba bwingi bulibyeni bulewe kulichecho chikalilila!
12 हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।
Mbuli mbutujisi obu bulangilizi, tulibatakwe kuyowa.
13 हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ ।
Tatuli mboli Mozesi, wakabika chisitikizyo kubusyu bwakwe kuchitila kuti bana ba-Izilayeli tebakakonzya kulangana kumamanino abulemu obu bwakakali kwinda.
14 तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ । त्यो खोलिएको छैन, किनकि ख्रीष्टमा मात्र यो खोलिन्छ ।
Pesi miyeyo yabo yakayumisigwa. Nkambo kusika sunu, elyo nibakali kubala chizuminano chipya, echo chisitikizyo chomwe mpuchichili. Takwe nichakagwisigwa pe, nkambo muliKkilisito kupela muchikonzya kugwisigwa.
15 तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ ।
Pesi nikuba sunu elyo kufumbwa Mozesi nabalwa chisitikizyo chivwinika myoyo yabo.
16 तर जब कोही व्यक्ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ ।
Pesi elyo muntu kasandukila kuMwami, chisitikizyo chilagwisigwa.
17 परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्त्रता हुन्छ ।
Lino Mwami nguMuuya oko kuliMuuya kulikwangunuka, lino swe toonse katuli abusyu bugwisigile chisitikizyo, tubona bulemu bwaMwami.
18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।
Tulabukulusigwa kunjila mubulemu bukozyanya bomwe kuzwa kuchibela chomwe chabulemu kunjila mulichimwi mbuli kuzwa kumwami oyo uliMuuya.