< २ कोरिन्थी 2 >
1 तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ ।
Odlučih dakle u sebi da neću k vama opet sa žalošću.
2 यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र?
Jer ako ja vas ražalostim, a tko će mene obradovati ako ne onaj koga ja žalostim?
3 मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्ने कुरामा म निश्चित छु ।
Zato vam to i napisah da me, kada dođem, ne ražaloste oni koji bi mi imali biti na radost. Uzdam se doista u sve vas, da je moja radost - radost svih vas.
4 किनकि मैले ठुलो कष्ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्ट दिन चाहन्न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्ने म चाहन्थेँ ।
Pisah vam uistinu uz mnoge suze, iz velike nevolje i tjeskobe srca, ne da se ražalostite, nego da upoznate moju preveliku ljubav prema vama.
5 यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।
Ako me tko ražalostio, nije ražalostio mene, nego u neku ruku - da ne pretjeram - sve vas.
6 त्यो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्त छ ।
Dosta je takvu ona kazna od većine
7 त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
pa ga vi radije pomilujte i utješite da ga pretjerana žalost ne shrva.
8 उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।
Zato vas molim, iskažite mu ljubav.
9 तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।
Ta zato vam i pisah da vidim jeste li prokušani, jeste li u svemu poslušni.
10 यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो ।
Komu dakle vi što oprostite, tomu i ja; jer i ja, ako kome što oprostih, oprostih poradi vas - pred Kristom,
11 यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ ।
da nas ne nadmudri Sotona. Ta znamo njegove namjere!
12 जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो ।
Kada dođoh u Troadu poradi evanđelja Kristova, premda mi se otvoriše vrata u Gospodinu,
13 तापनि, मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ । त्यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें ।
ne bijaše mi duši spokoja što ne nađoh Tita, brata svoga; oprostih se stoga s njima i pođoh u Makedoniju.
14 तर परमेश्वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्ना छर्नुहुन्छ ।
Ali hvala Bogu koji nas u Kristu uvijek proslavlja te širi po nama na svakome mjestu miris svoga spoznanja.
15 किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रीष्टका सुबास्ना हौँ ।
Da, Kristov smo miomiris Bogu i među onima koji se spasavaju i među onima koji propadaju:
16 नष्ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्ना हो । यी कुराहरूका लागि को योग्यको छ?
ovima miris iz smrti za smrt, onima miris iz života za život. A tko je za to podoban?
17 हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।
Uistinu, mi nismo kao mnogi koji trguju riječju Božjom, nego iskreno - kao od Boga pred Bogom - u Kristu govorimo.