< २ कोरिन्थी 2 >

1 तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ ।
ܕܢܬ ܕܝܢ ܗܕܐ ܒܢܦܫܝ ܕܠܐ ܬܘܒ ܒܟܪܝܘܬܐ ܐܬܐ ܠܘܬܟܘܢ
2 यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र?
ܐܢ ܐܢܐ ܓܝܪ ܡܟܪܐ ܐܢܐ ܠܟܘܢ ܡܢܘ ܢܚܕܝܢܝ ܐܠܐ ܗܘ ܕܐܢܐ ܐܟܪܝܬ ܠܗ
3 मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।
ܘܕܟܬܒܬ ܠܟܘܢ ܗܝ ܗܕܐ ܕܠܐ ܟܕ ܐܬܐ ܢܟܪܘܢ ܠܝ ܗܢܘܢ ܐܝܠܝܢ ܕܘܠܐ ܗܘܐ ܠܗܘܢ ܕܗܢܘܢ ܢܚܕܘܢܢܝ ܬܟܝܠ ܐܢܐ ܕܝܢ ܥܠ ܟܠܟܘܢ ܕܚܕܘܬܝ ܕܟܠܟܘܢ ܗܝ
4 किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थेँ ।
ܘܡܢ ܐܘܠܨܢܐ ܪܒܐ ܘܡܢ ܐܢܘܤܝܐ ܕܠܒܐ ܟܬܒܬ ܠܟܘܢ ܗܠܝܢ ܒܕܡܥܐ ܤܓܝܐܬܐ ܠܐ ܡܛܠ ܕܬܟܪܐ ܠܟܘܢ ܐܠܐ ܡܛܠ ܕܬܕܥܘܢ ܚܘܒܐ ܝܬܝܪܐ ܕܐܝܬ ܠܝ ܠܘܬܟܘܢ
5 यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्‍ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।
ܐܢ ܕܝܢ ܐܢܫ ܐܟܪܝ ܠܐ ܗܘܐ ܠܝ ܐܟܪܝ ܐܠܐ ܒܨܝܪܐ ܩܠܝܠ ܠܟܠܟܘܢ ܕܠܐ ܬܐܩܪ ܡܠܬܐ ܥܠܝܟܘܢ
6 त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ ।
ܟܕܘ ܠܗ ܕܝܢ ܠܗܢܐ ܟܐܬܐ ܕܡܢ ܤܓܝܐܐ
7 त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
ܘܡܟܝܠ ܐܚܪܢܝܐܝܬ ܘܠܐ ܕܬܫܒܩܘܢ ܠܗ ܘܬܒܝܐܘܢܗ ܕܠܡܐ ܒܟܪܝܘܬܐ ܝܬܝܪܬܐ ܢܬܒܠܥ ܠܗ ܗܘ ܡܢ ܕܗܟܢܐ ܗܘ
8 उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।
ܡܛܠ ܗܢܐ ܒܥܐ ܐܢܐ ܡܢܟܘܢ ܕܬܫܪܪܘܢ ܒܗ ܚܘܒܟܘܢ
9 तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।
ܡܛܠ ܗܢܐ ܓܝܪ ܟܬܒܬ ܐܦ ܕܐܕܥ ܒܢܤܝܢܐ ܐܢ ܒܟܠܡܕܡ ܡܫܬܡܥܝܢ ܐܢܬܘܢ
10 यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्‍तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो ।
ܠܡܢ ܕܐܢܬܘܢ ܕܝܢ ܫܒܩܝܢ ܐܢܬܘܢ ܐܦ ܐܢܐ ܐܦ ܐܢܐ ܓܝܪ ܡܕܡ ܕܫܒܩܬ ܠܡܢ ܕܫܒܩܬ ܡܛܠܬܟܘܢ ܗܘ ܫܒܩܬ ܒܦܪܨܘܦܗ ܕܡܫܝܚܐ
11 यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ ।
ܕܠܐ ܢܥܠܒܢ ܤܛܢܐ ܝܕܥܝܢܢ ܓܝܪ ܡܚܫܒܬܗ
12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो ।
ܟܕ ܐܬܝܬ ܕܝܢ ܠܛܪܘܐܤ ܒܤܒܪܬܗ ܕܡܫܝܚܐ ܘܐܬܦܬܚ ܠܝ ܬܪܥܐ ܒܡܪܝܐ
13 तापनि, मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ । त्यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें ।
ܠܐ ܗܘܐ ܠܝ ܢܝܚܐ ܒܪܘܚܝ ܕܠܐ ܐܫܟܚܬ ܠܛܛܘܤ ܐܚܝ ܐܠܐ ܫܪܝܬ ܐܢܘܢ ܘܢܦܩܬ ܠܝ ܠܡܩܕܘܢܝܐ
14 तर परमेश्‍वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्‍ना छर्नुहुन्छ ।
ܛܝܒܘ ܕܝܢ ܠܐܠܗܐ ܕܒܟܠ ܙܒܢ ܚܙܬܐ ܥܒܕ ܠܢ ܒܡܫܝܚܐ ܘܓܠܐ ܒܢ ܪܝܚܐ ܕܝܕܥܬܗ ܒܟܠ ܐܬܪ
15 किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ ।
ܪܝܚܐ ܚܢܢ ܓܝܪ ܒܤܝܡܐ ܒܡܫܝܚܐ ܠܐܠܗܐ ܒܐܝܠܝܢ ܕܚܐܝܢ ܘܒܐܝܠܝܢ ܕܐܒܕܝܢ
16 नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ?
ܠܐܝܠܝܢ ܕܪܝܚܐ ܕܡܘܬܐ ܠܡܘܬܐ ܘܠܐܝܠܝܢ ܕܪܝܚܐ ܕܚܝܐ ܠܚܝܐ ܘܠܗܠܝܢ ܡܢܘ ܢܫܘܐ
17 हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।
ܠܐ ܗܘܝܢ ܓܝܪ ܐܝܟ ܫܪܟܐ ܕܡܡܙܓܝܢ ܡܠܘܗܝ ܕܐܠܗܐ ܐܠܐ ܐܝܟ ܕܒܫܪܪܐ ܘܐܝܟ ܕܡܢ ܐܠܗܐ ܩܕܡ ܐܠܗܐ ܒܡܫܝܚܐ ܡܡܠܠܝܢܢ

< २ कोरिन्थी 2 >