< २ कोरिन्थी 12 >

1 मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु ।
AtmazlAghA mamAnupayuktA kintvahaM prabhO rdarzanAdEzAnAm AkhyAnaM kathayituM pravarttE|
2 म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।
itazcaturdazavatsarEbhyaH pUrvvaM mayA paricita EkO janastRtIyaM svargamanIyata, sa sazarIrENa niHzarIrENa vA tat sthAnamanIyata tadahaM na jAnAmi kintvIzvarO jAnAti|
3 र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।
sa mAnavaH svargaM nItaH san akathyAni marttyavAgatItAni ca vAkyAni zrutavAn|
4 कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्यो ।
kintu tadAnIM sa sazarIrO niHzarIrO vAsIt tanmayA na jnjAyatE tad IzvarENaiva jnjAyatE|
5 त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।
tamadhyahaM zlAghiSyE mAmadhi nAnyEna kEnacid viSayENa zlAghiSyE kEvalaM svadaurbbalyEna zlAghiSyE|
6 यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।
yadyaham AtmazlAghAM karttum icchEyaM tathApi nirbbOdha iva na bhaviSyAmi yataH satyamEva kathayiSyAmi, kintu lOkA mAM yAdRzaM pazyanti mama vAkyaM zrutvA vA yAdRzaM mAM manyatE tasmAt zrESThaM mAM yanna gaNayanti tadarthamahaM tatO viraMsyAmi|
7 आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ ।
aparam utkRSTadarzanaprAptitO yadaham AtmAbhimAnI na bhavAmi tadarthaM zarIravEdhakam EkaM zUlaM mahyam adAyi tat madIyAtmAbhimAnanivAraNArthaM mama tAPayitA zayatAnO dUtaH|
8 मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्‍ती गरेँ ।
mattastasya prasthAnaM yAcitumahaM tristamadhi prabhumuddizya prArthanAM kRtavAn|
9 अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।
tataH sa mAmuktavAn mamAnugrahastava sarvvasAdhakaH, yatO daurbbalyAt mama zaktiH pUrNatAM gacchatIti| ataH khrISTasya zakti ryanmAm Azrayati tadarthaM svadaurbbalyEna mama zlAghanaM sukhadaM|
10 त्यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।
tasmAt khrISTahEtO rdaurbbalyanindAdaridratAvipakSatAkaSTAdiSu santuSyAmyahaM| yadAhaM durbbalO'smi tadaiva sabalO bhavAmi|
11 म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।
EtEnAtmazlAghanEnAhaM nirbbOdha ivAbhavaM kintu yUyaM tasya kAraNaM yatO mama prazaMsA yuSmAbhirEva karttavyAsIt| yadyapyam agaNyO bhavEyaM tathApi mukhyatamEbhyaH prEritEbhyaH kEnApi prakArENa nAhaM nyUnO'smi|
12 सारा धैर्य, चिह्नहरू र शक्‍तिशाली कामहरूद्वारा साँचा प्रेरितहरूका लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए ।
sarvvathAdbhutakriyAzaktilakSaNaiH prEritasya cihnAni yuSmAkaM madhyE sadhairyyaM mayA prakAzitAni|
13 म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र?” यो गल्तीको निम्ति मलाई क्षमा देओ ।
mama pAlanArthaM yUyaM mayA bhArAkrAntA nAbhavataitad EkaM nyUnatvaM vinAparAbhyaH samitibhyO yuSmAkaM kiM nyUnatvaM jAtaM? anEna mama dOSaM kSamadhvaM|
14 हेर! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु । तिमीहरूका निम्ति म बोझ बन्‍न चाहन्‍नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ । म तिमीहरूलाई चाहन्छु । किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् । बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ ।
pazyata tRtIyavAraM yuSmatsamIpaM gantumudyatO'smi tatrApyahaM yuSmAn bhArAkrAntAn na kariSyAmi| yuSmAkaM sampattimahaM na mRgayE kintu yuSmAnEva, yataH pitrOH kRtE santAnAnAM dhanasanjcayO'nupayuktaH kintu santAnAnAM kRtE pitrO rdhanasanjcaya upayuktaH|
15 म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चनेछु । यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिँ कम माया पाउने र?
aparanjca yuSmAsu bahu prIyamANO'pyahaM yadi yuSmattO'lpaM prama labhE tathApi yuSmAkaM prANarakSArthaM sAnandaM bahu vyayaM sarvvavyayanjca kariSyAmi|
16 यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिनँ । तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ ।
yUyaM mayA kinjcidapi na bhArAkrAntA iti satyaM, kintvahaM dhUrttaH san chalEna yuSmAn vanjcitavAn Etat kiM kEnacid vaktavyaM?
17 के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र?
yuSmatsamIpaM mayA yE lOkAH prahitAstESAmEkEna kiM mama kO'pyarthalAbhO jAtaH?
18 मैले बिन्‍ती गरेर तीतससँग केही भाइहरूलाई तिमीहरूकहाँ पठाएँ । के तीतसले तिमीहरूबाट केही फाइदा लिए र? के हामी पनि यसरी नै चलेनौँ र? के हामीले पनि यसरी नै पाइला चालेनौँ र?
ahaM tItaM vinIya tEna sArddhaM bhrAtaramEkaM prESitavAn yuSmattastItEna kim arthO labdhaH? Ekasmin bhAva Ekasya padacihnESu cAvAM kiM na caritavantau?
19 के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।
yuSmAkaM samIpE vayaM puna rdOSakSAlanakathAM kathayAma iti kiM budhyadhvE? hE priyatamAH, yuSmAkaM niSThArthaM vayamIzvarasya samakSaM khrISTEna sarvvANyEtAni kathayAmaH|
20 किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु । त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्‍ने काम, व्यक्‍तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु ।
ahaM yadAgamiSyAmi, tadA yuSmAn yAdRzAn draSTuM nEcchAmi tAdRzAn drakSyAmi, yUyamapi mAM yAdRzaM draSTuM nEcchatha tAdRzaM drakSyatha, yuSmanmadhyE vivAda IrSyA krOdhO vipakSatA parApavAdaH karNEjapanaM darpaH kalahazcaitE bhaviSyanti;
21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।
tEnAhaM yuSmatsamIpaM punarAgatya madIyEzvarENa namayiSyE, pUrvvaM kRtapApAn lOkAn svIyAzucitAvEzyAgamanalampaTatAcaraNAd anutApam akRtavantO dRSTvA ca tAnadhi mama zOkO janiSyata iti bibhEmi|

< २ कोरिन्थी 12 >