< २ कोरिन्थी 11 >

1 मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ!
I WISH ye would bear with me a little in my foolishness, yea indeed bear with me.
2 किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।
For I am jealous over you with godly jealousy; for I have espoused you to one husband, to present you a chaste virgin to Christ.
3 तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ ।
But I fear lest as the serpent beguiled Eve by his craftiness, so your minds should be corrupted from the simplicity which belongs to Christ.
4 किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ!
For if he indeed that cometh preach another Jesus, whom we have not preached, or ye receive another spirit, which ye have not received, or another gospel, which ye have not embraced, ye might well bear with him.
5 किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।
For I reckon myself to be nothing inferior to the very chief of the apostles.
6 तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ ।
For though I may be rude in speech, yet not in knowledge; but on every occasion we have been made manifest in all things among you.
7 के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।
Am I chargeable with a fault (humbling myself that you might be exalted), that I preached to you the gospel of God freely?
8 तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ ।
I plundered other churches, receiving a provision from them, in order to minister to you.
9 तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।
And when I was with you, and in want, I was burdensome to no man; for my want the brethren who came from Macedonia supplied; and on every occasion I have kept myself from being burdensome, and will keep myself.
10 ख्रीष्‍टको सत्यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन ।
I protest, by the truth of Christ in me, that from this boasting no man shall seal up my lips in the regions of Achaia.
11 किन? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्‍वर जान्‍नुहुन्छ ।
Wherefore? Because I love you not? God knoweth.
12 तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु ।
But what I do, I will do also, that I may cut off occasion from those who desire occasion, that wherein they boast, they may be found even as we.
13 किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् ।
For such are fake apostles, deceitful labourers, transforming themselves into apostles of Christ.
14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ ।
And no marvel! For Satan himself is transformed into an angel of light.
15 यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ ।
It is no wonder therefore if his ministers also be transformed as ministers of righteousness; whose end will be according to their works.
16 म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।
I repeat it again, Let no man suppose that I am a fool; but if otherwise, then as a fool receive me, that I too may boast myself a little.
17 मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।
What I speak, I speak not after the Lord, but as it were in folly in this confidence of boasting.
18 धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु ।
Seeing many boast themselves after the flesh, I will boast also.
19 किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ!
For ye bear with fools easily when you are wise yourselves.
20 किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ ।
For ye bear if a man enslave you, if a man eat you up, if a man receive from you, if a man is insolent, if a man smite you on the face.
21 म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।
I speak with reference to the reproach cast on me, as though we were feeble; but wherein any man is bold (I speak in foolishness), I am bold also.
22 के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ । के तिनीहरू इस्राएली हुन्? म पनि इस्राएली हुँ । के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ ।
Are they Hebrews? so am I. Are they Israelites? so am I. Are they the seed of Abraham? so am I.
23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु ।
Are they the ministers of Christ? (I speak foolishly) I am above them: in labours more abundantly, in stripes exceedingly more, in prisons more frequently, in the most immediate danger of death often.
24 यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।”
Of the Jews five times I have received forty stripes save one.
25 मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु ।
Thrice I have been scourged with rods, once I have been stoned, thrice I have suffered shipwreck, a whole night and day I have passed in the deep;
26 नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु ।
in journeyings often, in perils of rivers, in perils of robbers, in perils from my own countrymen, in perils from the heathen, in perils in the city, in perils in the desert, in perils on the sea, in perils among false brethren;
27 धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु ।
in labour and travail, in watchings often, in fastings frequently, in hunger and thirst, in cold and nakedness;
28 यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ ।
and beside all these things from without, that accumulated burden which cometh on me daily, the care of all the churches.
29 को कमजोर छ, र म कमजोर छैनँ? कसले ठक्‍कर खाएको छ र मचाहिँ थकित हुन्‍नँ?
Who is feeble, and am I not feeble? Who is offended, and am I not on fire?
30 यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।
If I must glory, I will glory in the things which respect my infirmities.
31 प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्‍वरलाई थाहा छ कि मैले ढाँटेको छैन! (aiōn g165)
The God and Father of our Lord Jesus Christ, who is blessed for evermore, knoweth that I lie not. (aiōn g165)
32 दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए ।
In Damascus the governor under Aretas the king guarded the city of the Damascenes, intending to seize me;
33 तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्केँ ।
and through a window in a basket I was let down by the wall, and escaped out of his hands.

< २ कोरिन्थी 11 >