< २ इतिहास 9 >
1 जब शेबाकी रानीले सोलोमनको ख्यातिको बारेमा सुनिन्, तब कठिन प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन् । तिनी मसलाहरू, प्रशस्त सुन र धेरै बहुमूल्य रत्नहरूलाई ऊँटहरूमा लदाएर एक अत्यन्तै ठूलो लावालश्करसाथ आइन् । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।
Ko je kraljica iz Sabe slišala o Salomonovi slavi, je prišla v Jeruzalem, da Salomona preizkusi s težkimi vprašanji, z zelo veliko skupino in kamelami, ki so nosile dišave, zlata v obilju in dragocene kamne. Ko je prišla k Salomonu, se je z njim posvetovala o vsem, kar je bilo na njenem srcu.
2 सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्न बाँकी रहेन ।
Salomon ji je odgovoril [na] vsa njena vprašanja. Ničesar ni bilo skrito pred Salomonom, česar ji ne bi povedal.
3 जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,
Ko je kraljica iz Sabe videla Salomonovo modrost in hišo, ki jo je zgradil,
4 तिनको टेबलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, र तिनी आश्चर्यचकित भइन् ।
hrano njegove mize, sedenje njegovih služabnikov, položaj njegovih služabnikov in njihovo obleko; tudi njegove dvorne točaje in njihovo obleko in njegov vzpon, s katerim je odšel gor v Gospodovo hišo, tam ni bilo več duha v njej.
5 तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्नो देशमा सुनेको कुरा साँचो रहेछ ।
Kralju je rekla: » To je bilo resnično poročilo, ki sem ga slišala v svoji lastni deželi o tvojih dejanjih in o tvoji modrosti.
6 म यहाँ नआएसम्म मैले जे सुनें त्यो मैले विश्वास गरिनँ, र अहिले मेरा आँखाले यी देखेका छन् । तपाईंको बुद्धि र सम्पत्तिको विषयमा मलाई आधा कुरा पनि भनिएको रहेनछ! तपाईंको ख्याति मैले सुनेको भन्दा बढी रहेछ ।
Vendar nisem verjela njihovim besedam, dokler nisem prišla in so moje oči to videle. Glej, ni mi bilo povedano niti o eni polovici veličine tvoje modrosti, kajti presegaš slavo, ki sem jo slišala.
7 तपाईंका मानिसहरू कति धन्यका हुन् र निरन्तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्न पाउँछन् ।
Srečni so tvoji možje in srečni so ti tvoji služabniki, ki nenehno stojijo pred teboj in poslušajo tvojo modrost.
8 तपाईंसित प्रसन्न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्वर धन्यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्वरले त्यसलाई प्रेम गर्नुभयो । तपाईंले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो!”
Blagoslovljen bodi Gospod, tvoj Bog, ki se je razveseljeval v tebi, da te postavi na svoj prestol, da bi bil kralj za Gospoda, tvojega Boga. Ker je tvoj Bog ljubil Izrael, da jih utrdi na veke, te je zato postavil [za] kralja nad njimi, da izvajaš sodbo in pravico.«
9 तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन् । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।
Kralju je izročila sto dvajset talentov zlata, veliko obilje dišav in dragocene kamne. Niti ni bilo tam nobenih takšnih dišav, kot jih je kraljica iz Sabe izročila kralju Salomonu.
10 ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू र सोलोमनका सेवकहरूले चन्दनको काठ र बहुमूल्य रत्नहरू पनि ल्याए ।
Hurámovi služabniki in Salomonovi služabniki, ki so pripeljali zlato iz Ofírja, so pripeljali tudi sandalovino in dragocene kamne.
11 चन्दनका काठबाट राजाले परमप्रभुको मन्दिर र राजमहलका सिंढी र संगीतकारहरूका निम्ति वीणा र सारङ्गीहरू पनि बनाए । यहूदा देशमा यसभन्दा अघि कहिल्यै पनि यस्ता काठहरू देखिएका थिएनन् ।
Kralj je iz sandalovine naredil terase h Gospodovi hiši in h kraljevi palači in harfe ter plunke za pevce. Ničesar takšnega ni bilo prej videti v Judovi deželi.
12 शेबाकी रानीले जे इच्छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्याएर दिएका थोकभन्दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्नो देशमा फर्किन् ।
Kralj Salomon je kraljici iz Sabe izročil vse njene želje, karkoli je prosila, poleg tega, kar je prinesla h kralju. Tako se je obrnila in odšla proč k svoji lastni deželi, ona in njeni služabniki.
13 सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्थ्यो,
Torej teža zlata, ki je prišla k Salomonu v enem letu, je bila šeststo šestinšestdeset talentov zlata,
14 यो व्यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याए ।
poleg tega, kar so prinašali krošnjarji in trgovci. Vsi kralji Arabije in voditelji dežele so Salomonu prinašali zlato in srebro.
15 सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो ।
Kralj Salomon je naredil dvesto okroglih ščitov iz kovanega zlata. Šeststo šeklov iz kovanega zlata je šlo k enemu okroglemu ščitu.
16 पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए । प्रत्येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे ।
Tristo ščitov je naredil iz kovanega zlata. Tristo šeklov zlata je šlo za en ščit. Kralj jih je postavil v hiši libanonskega gozda.
17 तब राजाले हस्ती-हाडको एउटा ठूलो सिंहासन बनाए र त्यसमा निखुर सुनको जलप लगाए ।
Poleg tega je kralj naredil velik prestol iz slonovine in ga prevlekel s čistim zlatom.
18 सिंहासनमा उक्लने छ वटा खुट्किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोडिएको थियो । आसनका दुवैतिर हात अड्याउने ठाउँ थिए दुवै छेउमा दुई वटा सिंह खडा थिए ।
K prestolu je bilo šest stopnic, s pručko iz zlata, ki so bile pritrjene k prestolu in opori [za roke] na vsaki strani prostora za sedenje in dva leva, stoječa pri oporah [za roke].
19 छ वटै खुट्किलाका दुवैपट्टि एक-एक वटा गरी जम्मा बाह्र वटा सिंह खडा थिए । कुनै पनि राज्यमा यस्तो किसिमको सिंहासन थिएन ।
Dvanajst levov je stalo tam na eni strani in na drugi, na šestih stopnicah. Ničesar podobnega ni bilo narejenega v nobenem kraljestvu.
20 सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन ।
Vse posode za pitje kralja Salomona so bile iz zlata in vse posode hiše libanonskega gozda so bile iz čistega zlata. Nobena ni bila iz srebra, le-to ni bilo nič cenjeno v Salomonovih dneh.
21 हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हस्ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथ्यो ।
Kajti kraljeve ladje so odplule v Taršíš s Hurámovimi služabniki. Enkrat na vsaka tri leta so prišle ladje iz Taršíša, ki so pripeljale zlato, srebro, slonovino, opice in pave.
22 यसरी सोलोमन राजाले धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजालाई जितेका थिए ।
Kralj Salomon je presegal vse zemeljske kralje v bogastvih in modrosti.
23 परमेश्वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्न पृथ्वीका सबै राजाले तिनको उपस्थितिमा बस्न खोज्थे ।
Vsi kralji zemlje so iskali Salomonovo prisotnost, da slišijo njegovo modrost, ki jo je Bog položil v njegovo srce.
24 आउने हरेकले आफ्नो सौगात चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्चरहरू वर्षैपिच्छे ल्याउँथे ।
Prinašali so mu vsak človek svoje darilo, posode iz srebra, posode iz zlata, oblačila, vprege, dišave, konje in mule, mero leto za letom.
25 सोलोमनसँग आफ्ना घोडा र रथहरूका निम्ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे ।
Salomon je imel štiri tisoč boksov za konje in bojne vozove in dvanajst tisoč konjenikov, ki jih je namestil v mestih za bojne vozove in s kraljem v Jeruzalemu.
26 तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूका देश र मिश्रदेशको सिमानासम्मै राज्य गरे ।
Kraljeval je nad vsemi kralji od reke celo do dežele Filistejcev in do meje Egipta.
27 राजासँग यरूशलेममा चाँदीचाहिं ढुङ्गैसरह थिए । तिनले देवदारुको काठचाहिं पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह तुल्याए ।
Kralj je naredil srebra v Jeruzalemu kakor kamnov in cedrovih dreves je naredil [toliko] kakor egiptovskih smokev, ki jih je na nizkih ravnicah v obilju.
28 तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए ।
K Salomonu so vodili konje iz Egipta in iz vseh dežel.
29 सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र दर्शी इद्दोका दर्शनको पुस्तकमा (जसमा नबातका छोरा यारोबामको विषयमा पनि जानकारी छ) वर्णन गरिएका छैनन् र?
Torej preostala izmed Salomonovih dejanj, prva in zadnja, mar niso zapisana v knjigi preroka Natána in v prerokovanju Šilčana Ahíja in v videnjih vidca Idója zoper Nebátovega sina Jerobeáma?
30 सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्य गरे ।
Salomon je v Jeruzalemu nad Izraelom kraljeval štirideset let.
31 त्यसपछि तिनी आफ्ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए
Salomon je zaspal s svojimi očeti in je bil pokopan v mestu svojega očeta Davida in namesto njega je zakraljeval njegov sin Rehabám.