< २ इतिहास 7 >
1 यति बेला जब सोलोमनले प्रार्थना गरेर सकेका थिए, तब स्वर्गबाट आगो तल झर्यो, र होमबलि र बलिदानहरू भस्म गर्यो, अनि परमप्रभुको महिमाले मन्दिर भरियो ।
Süleyman duasını bitirince, gökten ateş yağdı; yakmalık sunularla kurbanları yiyip bitirdi. RAB'bin görkemi tapınağı doldurdu.
2 परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको हुनाले पुजारीहरू मन्दिरभित्र पस्न सकेनन् ।
RAB'bin Tapınağı O'nun görkemiyle dolunca kâhinler tapınağa giremediler.
3 आगो तल झरेको र परमप्रभुको महिमा मन्दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्टो पारे र आराधना गरे र परमप्रभुलाई धन्यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्छ ।”
Gökten yağan ateşi ve tapınağın üzerindeki RAB'bin görkemini gören İsrailliler avluda yüzüstü yere kapandılar; RAB'be tapınarak O'nu övdüler: “RAB iyidir; Sevgisi sonsuza dek kalıcıdır.”
4 यसरी राजा र सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए ।
Kral ve bütün halk RAB'bin önünde kurban kestiler.
5 सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसले परमेश्वरको मन्दिरको समर्पण गरे ।
Kral Süleyman yirmi iki bin sığır, yüz yirmi bin davar kurban etti. Böylece kral ve halk Tanrı'nın Tapınağı'nı adamış oldular.
6 पुजारीहरू प्रत्येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
Kâhinler yerlerini almışlardı. Kral Davut'un RAB'bi övmek için yaptırdığı ve “RAB'bin sevgisi sonsuza dek kalıcıdır” diyerek överken kullandığı çalgıları alan Levililer de yerlerini almıştı. Levililer'in karşısında duran kâhinler borazanlarını çalıyorlardı. Bu sırada bütün İsrailliler ayakta duruyordu.
7 सोलोमनले परमप्रभुका मन्दिरको सामुन्नेको चोकको मध्य भागलाई अलग गरे । त्यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोका भागहरू अटाएनन् ।
Süleyman RAB'bin Tapınağı'nın önündeki avlunun orta kısmını kutsadı. Yakmalık sunularla esenlik sunularının yağlı parçalarını orada sundu. Çünkü yaptırdığı tunç sunak yakmalık sunuları, tahıl sunularını ve yağlı parçaları almadı.
8 यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रदेशको खोलासम्मको एउटा ठूलो समुदायले त्यस बेला सात दिनसम्म चाड मनाए ।
Süleyman, Levo-Hamat'tan Mısır Vadisi'ne kadar her yerden gelen İsrailliler'in oluşturduğu çok büyük bir toplulukla birlikte bayramı yedi gün kutladı.
9 आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्म र चाड सात दिनसम्म मानेका थिए ।
Sekizinci gün kutsal bir toplantı yaptılar. Sunağı adamaya yedi gün, bayramı kutlamaya da yedi gün ayırdılar.
10 परमप्रभुले दाऊद र सोलोमन र आफ्ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्ना घर पठाइदिए ।
Kral yedinci ayın yirmi üçüncü günü halkı evlerine gönderdi. RAB'bin, Davut, Süleyman ve halkı İsrail için yapmış olduğu iyilikten dolayı hepsi mutluydu, sevinçle coşuyordu.
11 यसरी सोलोमनले परमप्रभुको मन्दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्दिर र तिनको आफ्नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।
Süleyman RAB'bin Tapınağı'nı, sarayı ve RAB'bin Tapınağı'yla kendi sarayında yapmayı istediği bütün işleri başarıyla bitirince,
12 परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्दिरको रूपमा यो स्थानलाई मैले आफ्नो बासस्थानको निम्ति चुनेको छु ।
RAB geceleyin ona görünerek şöyle dedi: “Duanı duydum. Burayı kendime kurban sunulan tapınak olarak seçtim.
13 मैले आकाशलाई बन्द गरें र पानी परेन भने, वा देशलाई नष्ट गर्न भनी सलहहरूलाई मैले आज्ञा दिएँ भने, वा मेरो मानिसमाथि मैले विपत्ति पठाएँ भने,
“Yağmur yağmasın diye göğü kapadığımda, toprağın ürününü yiyip bitirmesi için çekirgelere buyruk verdiğimde ya da halkımın arasına salgın hastalık gönderdiğimde,
14 तब मेरो आफ्नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्ना दुष्ट चालहरूबाट फर्किन्छ्न् भने, म स्वर्गबाट सुन्नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।
adımla çağrılan halkım alçakgönüllülüğü takınır, bana yönelip dua eder, kötü yollarından dönerse, gökten onları duyacağım, günahlarını bağışlayıp ülkelerini sağlığa kavuşturacağım.
15 यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्नेछन् ।
Gözlerim burada edilen duaya açık, kulaklarım işitici olacak.
16 किनकि अब मैले यस मन्दिरलाई चुनेको छु र त्यसलाई अलग गरेको छु ताकि त्यहाँ सदासर्वदा मेरो नाउँ रहोस् । मेरो दृष्टि र मेरो हृदय हरेक दिन त्यहाँ रहनेछ ।
Adım sürekli orada bulunsun diye bu tapınağı seçip kutsal kıldım. Gözlerim onun üstünde, yüreğim her zaman orada olacaktır.
17 तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्टिमा हिंडेझैं हिंडिस् भने,
Sana gelince, baban Davut'un yaptığı gibi yollarımı izler, buyurduğum her şeyi yapar, kurallarıma ve ilkelerime uyarsan,
18 तब तेरो राज्यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’
baban Davut'la, ‘İsrail tahtından senin soyunun ardı arkası kesilmeyecektir’ diye yaptığım antlaşmaya bağlı kalıp krallığını pekiştireceğim.
19 तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्डवत् गरिस् भने,
“Ama siz yollarımdan sapar, kurallarımı, buyruklarımı bırakır, gidip başka ilahlara kulluk eder, taparsanız,
20 तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्दिरलाई म त्याग्नेछु, र सबै मानिसका बिचमा म त्यसलाई एउटा उखान र गिल्लाको पात्र बनाउनेछु ।
size verdiğim ülkeden sizi söküp atacağım, adıma kutsal kıldığım bu tapınağı terk edeceğim; burayı bütün ulusların aşağılayıp alay ettiği bir yer durumuna getireceğim.
21 अहिले यो मन्दिर ज्यादै गौरवशाली भए तापनि, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक् भएर सुस्केरा निकाल्नेछ । तिनीहरूले सोध्नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्दिरसित यस्तो गर्नुभयो?’
Bu gösterişli tapınağın önünden geçenler hayretle, ‘RAB bu ülkeyi ve tapınağı neden bu duruma getirdi?’ diye soracaklar.
22 अरूले यस्तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरलाई त्यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्थापना गरे र तिनीहरूको सामु दण्डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो ।’”
Ve diyecekler ki, ‘İsrail halkı, atalarını Mısır'dan çıkaran Tanrıları RAB'bi terk etti; başka ilahların ardından gitti, onlara tapıp kulluk etti. RAB bu yüzden bu kötülükleri başlarına getirdi.’”