< २ इतिहास 6 >

1 तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ, उहाँ निष्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ,
Na Salomo bɔɔ mpae se, “Awurade, woaka se wobɛtena omununkum kabii mu.
2 तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”
Afei, masi Asɔredan a ɛho wɔ nyam ama wo, baabi a wubetumi atena afebɔɔ.”
3 त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
Na ɔhene no dan ne ho de kyerɛɛ Israelfo a wogyinagyina nʼanim no, hyiraa wɔn se,
4 तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
“Nhyira nka Awurade, Israel Nyankopɔn, a wadi bɔ a ɔhyɛɛ mʼagya Dawid no so, efisɛ ɔka kyerɛɛ mʼagya se,
5 ‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।
‘Efi da a miyii me nkurɔfo fii Misraim no, minyii kuropɔn biara mfii Israel mmusuakuw no mu sɛ baabi a ɛsɛ sɛ wosi Asɔredan, de hyɛ me din anuonyam. Ɛnna nso, minyii ɔhene biara sɛ onni me nkurɔfo Israelfo anim.
6 तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’
Nanso afei mayi Yerusalem sɛ kuropɔn no, ne Dawid sɛ ɔhene no.’”
7 अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
Afei, Salomo kae se, “Mʼagya Dawid pɛɛ sɛ osi Asɔredan yi de hyɛ Awurade, Israel Nyankopɔn din anuonyam.
8 तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
Nanso Awurade ka kyerɛɛ no se, ‘Eye sɛ wopɛ sɛ wusi asɔredan de hyɛ me din anuonyam,
9 तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ ।’
nanso ɛnyɛ wo na wobɛyɛ. Mmom, wo mmabarima no mu baako na obesi.’
10 परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर बनाएको छु ।
“Na afei Awurade ayɛ nea ɔhyɛɛ ho bɔ no, efisɛ efisɛ madi ade sɛ ɔhene, asi mʼagya anan mu. Masi saa Asɔredan yi de ahyɛ Awurade, Israel Nyankopɔn din anuonyam.
11 परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”
Ɛhɔ na mede Adaka no asi, na Adaka no mu nso na apam a Awurade ne Israelfo yɛe no hyɛ.”
12 सोलोमनले परमप्रभुका वेदीको सामु इस्राएलका जम्‍मै समुदायको उपस्‍थितिमा खडा भए र आफ्‍ना हात फैलाए ।
Na Salomo trɛw ne nsam wɔ Awurade afɔremuka ne Israel manfo no nyinaa anim.
13 किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्‍लो काँसाको एउटा मञ्‍च बनाएका थिए । तिनले त्यसलाई चोकको बीचमा राखेका थिए । तिनी त्‍यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्‍थितिमा घुँडा टेके, र तिनले आफ्‍ना हात स्‍वर्गतिर फैलाए ।
Na wabɔ kɔbere mfrafrae apa a ne ntwemu yɛ anammɔn ason ne fa, ne trɛw yɛ anammɔn ason ne fa, na ne sorokɔ yɛ anammɔn anan ne fa, de asi asɔredan no adiwo mfimfini. Ogyinaa apa no so wɔ nnipa no nyinaa anim. Obuu nkotodwe, maa ne nsa so kyerɛɛ ɔsoro.
14 तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्‍वर छैन, जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्‍ना सेवकहरूसँग आफ्‍नो अटुट प्रेमको करार बाँध्‍नुहुन्छ ।
Ɔbɔɔ mpae se, “Awurade, Israel Nyankopɔn, Onyankopɔn biara nni hɔ sɛ wo wɔ ɔsoro ne asase so nyinaa. Wodi wo bɔhyɛ so, na woda wo dɔ a ɛwɔ hɔ daa no adi kyerɛ wɔn a wotie wo na wɔn ani gye sɛ wɔbɛyɛ wʼapɛde nyinaa.
15 तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।
Wo bɔ a wohyɛɛ wo somfo Dawid a ɔyɛ mʼagya no, woadi so. Wʼankasa wʼano na wode hyɛɛ bɔ no, na nnɛ, wonam wʼankasa wo nsa so ama aba mu.
16 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’
“Afei, Awurade, Israel Nyankopɔn kɔ so di wo bɔ a woahyɛ wo somfo, mʼagya Dawid, no so. Efisɛ, woka kyerɛɛ no se, ‘Sɛ wʼasefo bɔ wɔn bra yiye, na wodi me mmara so sɛnea woayɛ no a, wobedi Israel so hene daa daa.’
17 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस्‌ ।
Afei, Awurade, Israel Nyankopɔn, di saa bɔ a woahyɛ wo somfo Dawid no so.
18 तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?
“Ɛyɛ nokware sɛ Onyankopɔn bɛtena nnipa mu wɔ asase so? Ɔsorosoro nohɔ mpo ntumi nkora wo, na ɛbɛyɛ dɛn na Asɔredan a masi yi betumi akora wo.
19 तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।
Tie me mpaebɔ ne mʼabisade, Awurade, me Nyankopɔn. Tie sufrɛ ne mpae a wo somfo rebɔ no.
20 यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌ ।
Hwɛ saa Asɔredan yi so, baabi a woaka sɛ wode wo din bɛto so no, awia ne anadwo. Daa, tie me mpae a mebɔ wɔ ha no.
21 यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस्‌ । हो, त्‍यो ठाउँबाट, तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् । अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस्‌ ।
Tie mʼahobrɛase ne nokware adebisa a me ne wo nkurɔfo Israelfo bɔ mpae wɔ ha de to wʼanim no. Yiw, tie yɛn fi ɔsoro faako a wote no; na sɛ wote nso a, fa kyɛ.
22 कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,
“Sɛ obi fom obi, na ɛho hia sɛ ɔka ho ntam sɛ onnim ho hwee wɔ afɔremuka no anim wɔ Asɔredan no mu a,
23 स्‍वर्गबाट सुन्‍नुहोस् र काम गर्नुहोस्‌ । दोषी मानिसलाई दोषी ठहर्‍याएर र त्‍यसले गरेको कामको प्रतिफल त्‍यसलाई नै दिएर आफ्‍ना सेवकहरूका बीचमा न्‍याय गर्नुहोस्‌ । निर्दोषलाई दोषी नठहराउनुहोस् र त्‍यसको धार्मिकताबमोजिम त्यसलाई प्रतिफल दिनुहोस् ।
tie fi ɔsoro, na bu wʼasomfo baanu no a ɛyɛ nea wɔabɔ no sobo no ne sobobɔfo no ntam atɛn. Nea odi fɔ no, twe nʼaso na gyaa nea odi bem no.
24 जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने—
“Sɛ wo nkurɔfo Israelfo yɛ bɔne tia wo, na ɛno nti wɔn atamfo di wɔn so nkonim na wɔsan ba wo nkyɛn, bɔ wo din na wɔbɔ wo mpae wɔ Asɔredan yi mu a,
25 तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।
tie fi ɔsoro, na fa wɔn bɔne kyɛ wɔn, na ma wɔnsan nkɔ asase a wode maa wɔn agyanom no so.
26 जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु: ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् र आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—
“Sɛ wo nkurɔfo yɛ bɔne tia wo, na ɛno nti wɔto ɔsoro mu na osu antɔ na wɔbɔ mpae wɔ Asɔredan yi mu, bɔ wo din, twe wɔn ho fi wɔn bɔne ho, efisɛ woatwe wɔn aso a,
27 तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्‍वर्गमा सुन्‍नुहोस्, र आफ्‍ना सेवकहरू र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस्‌ । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।
tie fi ɔsoro, na fa wʼasomfo, wo nkurɔfo Israelfo, bɔne kyɛ wɔn. Kyerɛ wɔn ade trenee yɛ, na tɔ osu gu wʼasase a wode ama wo nkurɔfo sɛ wɔn agyapade sononko no so.
28 देशमा अनिकाल परेको छ वा माहामारी फैलेको छ, वा लाही वा ढुसी लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन् भने, वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको छ भने—
“Sɛ ɔkɔm si asase no so anaa ɔyaredɔm ba so anaa nnɔbae nyarewa ba anaa mmoadabi ne asa begu nnɔbae so, anaa wo nkurɔfo atamfo ba asase no so betua wɔn nkurow a, sɛnea ɔhaw no te biara no,
29 अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्‍नो हृदयमा जानेर यस मन्‍दिरतिर आफ्‍ना हात फैलाउँछन् ।
sɛ wo nkurɔfo bɔ mpae wɔ wɔn haw ne awerɛhow ho, na wɔpagyaw wɔn nsa wɔ asɔredan yi mu a,
30 तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस्‌ । क्षमा गर्नुहोस्‌ र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ ।
tie fi ɔsoro, nea wote hɔ, na fa kyɛ. Fa biribiara a ɛfata wo nkurɔfo no ma wɔn, na wo na wunim wɔn koma mu, efisɛ wo nko ara na wunim nnipa koma mu.
31 यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून्‌ जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्‍न सकून् ।
Ɛno akyi no wobesuro wo na wɔanantew wʼakwan so mmere dodow a wɔte asase a wode maa yɛn agyanom no so.
32 विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान्‌ नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले—आउँछ र यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ भने,
“Na sɛ ananafo te wo nka ne wo nsɛnkyerɛnne akɛse no, na wofi akyirikyiri bɛsom wo din kɛse no, bɔ mpae de wɔn ani kyerɛ Asɔredan yi a,
33 तब कृपया तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् र त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्‍वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून्‌ ।
tie fi ɔsoro nea wote hɔ, na yɛ wɔn abisade ma wɔn. Na ɛbɛma nnipa a wɔte asase so nyinaa ahu, asuro wo, sɛnea wo nkurɔfo Israelfo no yɛ pɛpɛɛpɛ. Wɔn nso behu sɛ, wo din na ɛda saa Asɔredan a masi yi so.
34 जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्‍ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् र तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।
“Sɛ wohyɛ wo nkurɔfo ma wopue, kɔko tia wɔn atamfo, na sɛ wɔbɔ mpae, srɛ Awurade fa saa kurow yi a woayi yi, ne saa Asɔredan a masi de wo din ato so yi ho a,
35 तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ ।
tie wɔn mpaebɔ fi ɔsoro, na yɛ wɔn abisade ma wɔn.
36 जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।
“Sɛ wɔyɛ bɔne tia wo mpo a, hena na ɔnyɛɛ bɔne da? Wo bo befuw wɔn ama wɔn atamfo adi wɔn so, afa wɔn nkoa de wɔn akɔ ananasase so, sɛ ɛwɔ akyiri anaa ɛbɛn.
37 तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’
Na saa ahɔhosase no so, wɔde ahonu san ba wo nkyɛn, bɔ mpae se, ‘Yɛayɛ bɔne; yɛayɛ amumɔyɛsɛm ne atirimɔdensɛm,’
38 जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।
na sɛ wɔde wɔn koma ne wɔn kra nyinaa ba wo nkyɛn, bɔ mpae fa asase a wode maa wɔn agyanom, saa kuropɔn yi a woayi ne saa asɔredan a masi de ahyɛ wo din anuonyam yi ho a,
39 तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।
tie wɔn mpaebɔ no fi ɔsoro, nea wote hɔ. Di wɔn asɛm ma wɔn, na fa bɔne a wo nkurɔfo ayɛ atia wo no kyɛ wɔn.
40 अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस्, र आफ्‍ना कान थाप्‍नुहोस् ।
“Afei me Nyankopɔn, bue wʼaniwa na wɛn wʼaso tie mpae a wɔbɔ wɔ ha no nyinaa.
41 हे परमप्रभु परमेश्‍वर, अब आफ्‍नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्‍दूकमा उठ्‌नुहोस् । हे परमप्रभु परमेश्‍वर, तपाईंका पुजारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका सन्‍तहरू तपाईंको भलाइमा आनन्‍दित होऊन्‌ ।
“Afei, Awurade Nyankopɔn, sɔre na bra wʼahomegyebea,
42 हे परमप्रभु परमेश्‍वर, आफ्‍ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्‍ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्‍झनुहोस्‌ ।
“Awurade Nyankopɔn, nyi wʼani mfi nea woasra no ngo no so.

< २ इतिहास 6 >