< २ इतिहास 6 >

1 तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ, उहाँ निष्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ,
Pamenepo Solomoni anati, “Yehova anati adzakhala mʼmitambo yakuda;
2 तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”
ine ndakumangirani Nyumba yokongola kwambiri, malo woti muzikhalamo mpaka muyaya.”
3 त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
Aisraeli onse ali chiyimire pomwepo, mfumu inatembenuka ndi kuwadalitsa.
4 तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
Ndipo inati, “Atamandike Yehova, Mulungu wa Israeli amene wachita ndi dzanja lake zimene analonjeza ndi pakamwa pake kwa Davide abambo anga. Pakuti Iye anati,
5 ‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।
‘Kuyambira tsiku limene ndinatulutsa anthu anga ku Igupto, sindinasankhe mzinda wina uliwonse pa fuko lina lililonse la Aisraeli kuti kumeneko andimangire Nyumba kuti ndizikhalamo kapena munthu wina aliyense kuti akhale mtsogoleri wa Aisraeli anthu anga.
6 तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’
Koma tsopano ndasankha Yerusalemu kuti Dzina langa likhale kumeneko ndiponso ndasankha Davide kuti alamulire anthu anga Aisraeli.’
7 अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
“Abambo anga Davide anali ndi maganizo mu mtima mwawo oti amangire Nyumba Yehova Mulungu wa Israeli.
8 तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
Koma Yehova ananena kwa abambo anga Davide kuti, ‘Popeza zinali mu mtima mwako kumangira Nyumba dzina langa, unachita bwino kukhala ndi maganizo amenewa mu mtima mwakomo.
9 तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ ।’
Komatu si iwe amene udzamanga Nyumba ya Mulungu koma mwana wako, mwana amene iwe udzabereke. Iyeyo ndiye amene adzandimangire Nyumba.’
10 परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर बनाएको छु ।
“Yehova wasunga zimene analonjeza. Ine ndalowa mʼmalo mwa abambo anga Davide, ndipo tsopano ndili pa mpando waufumu wa Israeli, monga momwe Yehova analonjezera, ndipo ndamangira nyumba Dzina la Yehova Mulungu wa Israeli.
11 परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”
Mʼmenemo ndayikamo Bokosi la Chipangano, mmene muli pangano la Yehova limene anapangana ndi ana a Israeli.”
12 सोलोमनले परमप्रभुका वेदीको सामु इस्राएलका जम्‍मै समुदायको उपस्‍थितिमा खडा भए र आफ्‍ना हात फैलाए ।
Pamenepo Solomoni anayimirira patsogolo pa guwa lansembe la Yehova patsogolo pa gulu lonse la Aisraeli ndipo anakweza manja ake.
13 किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्‍लो काँसाको एउटा मञ्‍च बनाएका थिए । तिनले त्यसलाई चोकको बीचमा राखेका थिए । तिनी त्‍यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्‍थितिमा घुँडा टेके, र तिनले आफ्‍ना हात स्‍वर्गतिर फैलाए ।
Iyeyo anali atapanga nsanja yamkuwa, kutalika kwake kunali mamita awiri, mulifupi mwake munali mamita awiri, msinkhu wake unali mita imodzi ndi theka ndipo nsanjayo anayimika pakati pa bwalo lakunja. Iye anayimirira pa nsanjapo nagwada pamaso pa gulu lonse la Aisraeli ndipo anakweza manja ake kumwamba.
14 तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्‍वर छैन, जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्‍ना सेवकहरूसँग आफ्‍नो अटुट प्रेमको करार बाँध्‍नुहुन्छ ।
Iye anati, “Inu Yehova, Mulungu wa Israeli, palibe Mulungu wofanana nanu kumwamba kapena pa dziko. Inu amene mumasunga pangano ndi kuonetsa chikondi chosasinthika kwa atumiki anu amene amayenda pamaso panu ndi mtima wawo wonse.
15 तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।
Inu mwasunga lonjezo lanu kwa abambo anga Davide, mtumiki wanu. Inde zimene munalonjeza ndi pakamwa panu, mwazikwaniritsa ndi manja anu monga mmene tikuonera lero lino.
16 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’
“Ndipo tsopano, Inu Yehova Mulungu wa Israeli, sungani zimene munalonjeza kwa abambo anga Davide, mtumiki wanu pamene munati, ‘Sudzasowa munthu wokhala pamaso panga pa mpando waufumu wa Israeli, ngati ana ako adzasamalira mayendedwe awo ndi kusunga malamulo anga monga iwe wachitira.’
17 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस्‌ ।
Ndipo tsopano Inu Yehova, Mulungu wa Israeli, lolani kuti mawu anu akwaniritsidwe amene munalonjeza mtumiki wanu Davide.
18 तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?
“Kodi Mulungu angakhaledi pa dziko lapansi ndi munthu? Mlengalenga ngakhale kumwamba kwenikweni sikungakukwaneni. Nanga kuli bwanji ndi Nyumba iyi imene ndamanga!
19 तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।
Koma Inu Yehova, Mulungu wanga, imvani pemphero ndi pembedzero la mtumiki wanu. Imvani kulira ndi pemphero la mtumiki wanu limene ndikupempha pamaso panu.
20 यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌ ।
Maso anu azikhala otsekuka kuyangʼana Nyumba ino usana ndi usiku, malo ano amene Inu munati mudzayikamo Dzina lanu, imvani pemphero la mtumiki wanu limene akupemphera pa malo ano.
21 यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस्‌ । हो, त्‍यो ठाउँबाट, तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् । अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस्‌ ।
Imvani mapembedzero a mtumiki wanu ndi a anthu anu Aisraeli pamene akupemphera akuyangʼana malo ano. Imvani kumwambako, malo anu amene mumakhala; ndipo mukamva muzitikhululukira.
22 कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,
“Munthu akalakwira mnzake, nawuzidwa kuti alumbire, akabwera kudzalumbira patsogolo pa guwa lansembe la Nyumba ino,
23 स्‍वर्गबाट सुन्‍नुहोस् र काम गर्नुहोस्‌ । दोषी मानिसलाई दोषी ठहर्‍याएर र त्‍यसले गरेको कामको प्रतिफल त्‍यसलाई नै दिएर आफ्‍ना सेवकहरूका बीचमा न्‍याय गर्नुहोस्‌ । निर्दोषलाई दोषी नठहराउनुहोस् र त्‍यसको धार्मिकताबमोजिम त्यसलाई प्रतिफल दिनुहोस् ।
imvani kumwambako ndi kuchitapo kanthu. Weruzani atumiki anuwo, wochimwa mugamule kuti ndi wolakwa ndipo alangidwe chifukwa cha zimene wachita. Wosachimwa mugamule kuti wosalakwa, ndipo muonetse kusalakwa kwakeko.
24 जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने—
“Anthu anu Aisraeli akagonja kwa adani awo chifukwa akuchimwirani ndipo akatembenukira kwa Inu ndi kuvomereza Dzina lanu, kupemphera ndi kupembedzera pamaso panu mʼNyumba ino,
25 तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।
pamenepo imvani kumwambako ndi kukhululukira tchimo la anthu anu Aisraeli ndi kuwabweretsa ku dziko limene munawapatsa iwo ndi makolo awo.
26 जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु: ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् र आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—
“Pamene kumwamba kwatsekeka ndipo mvula sikugwa chifukwa anthu anu akuchimwirani, ndipo pamene apemphera akuyangʼana malo ano ndi kuvomereza Dzina lanu ndi kutembenuka kuchoka ku machimo awo chifukwa inu mwawalanga,
27 तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्‍वर्गमा सुन्‍नुहोस्, र आफ्‍ना सेवकहरू र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस्‌ । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।
pamenepo imvani kumwambako ndipo muwakhululukire atumiki anu, anthu anu Aisraeli. Aphunzitseni makhalidwe oyenera, ndipo gwetsani mvula mʼdziko limene munapereka kwa anthu anu monga cholowa chawo.
28 देशमा अनिकाल परेको छ वा माहामारी फैलेको छ, वा लाही वा ढुसी लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन् भने, वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको छ भने—
“Pamene mʼdziko mwagwa njala kapena mliri, chinoni kapena chiwawu, dzombe kapena kapuchi, kapena pamene adani azungulira mzinda wawo wina uliwonse, kaya mavuto kapena matenda abwera,
29 अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्‍नो हृदयमा जानेर यस मन्‍दिरतिर आफ्‍ना हात फैलाउँछन् ।
ndipo wina aliyense mwa Aisraeli akapemphera kapena kukudandaulirani, aliyense wa iwo akadziwa masautso ake ndi ululu wake, ndi kukweza manja awo kuloza Nyumba ino,
30 तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस्‌ । क्षमा गर्नुहोस्‌ र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ ।
pamenepo imvani kumwambako, malo anu wokhalamo. Khululukani ndipo muchitire aliyense molingana ndi zonse zimene anachita popeza Inu mumadziwa mtima wake, (pakuti ndinu nokha amene mumadziwa mitima ya anthu),
31 यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून्‌ जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्‍न सकून् ।
motero iwo adzakuopani ndipo adzayenda mʼnjira zanu masiku onse amene adzakhale mʼdziko limene munalipereka kwa makolo athu.
32 विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान्‌ नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले—आउँछ र यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ भने,
“Ndipo kunena za mlendo amene si mmodzi wa anthu anu Aisraeli, koma wabwera kuchokera ku dziko lakutali chifukwa cha dzina lanu lotchukali, ndiponso za dzanja lanu lamphamvu ndi lochita zazikulu, kudzapemphera akuyangʼana Nyumba ino,
33 तब कृपया तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् र त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्‍वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून्‌ ।
pamenepo imvani kumwambako, malo anu okhalamo, ndipo muchite zonse zimene mlendoyo akukupemphani, kotero kuti anthu onse a dziko lapansi adziwe dzina lanu ndi kukuopani monga amachitira anthu anu Aisraeli, ndipo adziwe kuti nyumba ino imene ndakumangirani imadziwika ndi dzina lanu.
34 जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्‍ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् र तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।
“Anthu akapita ku nkhondo kukamenyana ndi adani awo, kulikonse kumene mungawatume, ndipo akapemphera moyangʼana mzinda uno umene mwausankha ndi Nyumba yanu imene ndakumangirani,
35 तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ ।
pamenepo imvani kumwamba pemphero lawo ndi kupempha kwawo ndipo muwapulumutse.
36 जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।
“Pamene achimwira inu, pakuti palibe amene sachimwa, ndipo inu mwawakwiyira ndi kuwapereka kwa adani awo, amene awatenga ukapolo ku dziko lawo lakutali kapena pafupi.
37 तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’
Ngati asintha mitima yawo ku dziko limene ali akapolo ndi kulapa ndi kukudandaulirani inu mʼdziko la ukapolo wawo ndi kunena kuti, ‘Ife tachimwa, tachita zolakwa ndipo tachita moyipa kwambiri.’
38 जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।
Ndipo ngati atembenukira kwa inu ndi mtima ndi moyo wawo wonse mʼdziko lawo la ukapolo kumene anatengedwako ndi kupemphera moyangʼana dziko limene inu munalipereka kwa makolo awo, moyangʼana Nyumba yanu imene ndakumangirani;
39 तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।
pamenepo imvani kumwamba, malo anu okhala, pemphero lawo ndi kudandaula kwawo, ndipo muwapulumutse. Ndipo mukhululukire anthu anu, amene akuchimwirani.
40 अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस्, र आफ्‍ना कान थाप्‍नुहोस् ।
“Tsono Inu Mulungu wanga, tsekulani maso anu ndi makutu anu kuti mumve mapemphero ochitikira pa malo ano.
41 हे परमप्रभु परमेश्‍वर, अब आफ्‍नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्‍दूकमा उठ्‌नुहोस् । हे परमप्रभु परमेश्‍वर, तपाईंका पुजारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका सन्‍तहरू तपाईंको भलाइमा आनन्‍दित होऊन्‌ ।
“Tsopano dzukani Inu Yehova Mulungu, ndipo bwerani ku malo anu ampumulo,
42 हे परमप्रभु परमेश्‍वर, आफ्‍ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्‍ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्‍झनुहोस्‌ ।
Inu Yehova Mulungu musamukane wodzozedwa wanu.

< २ इतिहास 6 >