< २ इतिहास 5 >

1 जब सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति गरेका सबै काम सिद्ध्याए, तब तिनले आफ्‍ना बुबा दाऊदले यस कामका निम्ति अलग राखेका सामानहरू, अर्थात्‌ सुन, चाँदी, र सबै सर-सामान ल्‍याए—तिनले ती परमप्रभुको मन्‍दिरका भण्‍डारहरूमा राखे ।
Då no heile det arbeidet var ferdigt som Salomo let gjera åt Herrens hus, då førde Salomo inn dit heilaggåvorne åt David, far sin: sylvet og gullet og alle gognerne lagde han ned i skattkammeri i Guds hus.
2 त्‍यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू, कुलका सबै नायकहरू र इस्राएलका परिवारका अगुवाहरूलाई परमप्रभुका करारको सन्‍दूक दाऊदको सहर, अर्थात्‌ सियोनबाट ल्‍याउन यरूशलेममा भेला गराए ।
So kalla Salomo saman styresmennerne i Israel og alle ættarhovdingarne, formennerne for ættgreinerne åt Israels-sønerne, til Jerusalem for å føra Herrens sambandskista upp ifrå Davidsbyen, det er Sion.
3 इस्राएलका सबै मानिस सातौं महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए ।
Då samla alle Israels-mennerne seg hjå kongen i helgi; det er den sjuande månaden.
4 इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्‍दूक लगे ।
Og alle styresmennerne i Israel kom, og levitarne bar kista.
5 तिनीहरूले सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे । लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे ।
Og dei førde kista og møtetjeldet dit upp og alle dei heilaggognerne som var i tjeldet, og prestarne og levitarne bar deim.
6 सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए ।
Og kong Salomo og heile Israels-lyden, som hadde samla seg hjå honom, dei stod framfyre kista og ofra småfe og storfe, so mange at dei ikkje kunde reknast eller teljast.
7 पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे ।
So førde prestarne Herrens sambandskista inn på staden sin i koren i huset, i det høgheilage, under vengjerne åt kerubarne.
8 करूबहरूले आफ्‍ना पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्‍दूक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाके ।
Og kerubarne breidde ut vengjerne sine yver den staden der kista stod, og soleis tekte kerubarne yver kista og berestengerne hennar.
9 डन्‍डाहरूचाहिं यति लामा थिए कि तिनका टुप्‍पाहरूभित्री पवित्रस्‍थानबाट देखिन्थ्यो, तर ती बाहिरबाट देखिंदैनथे । ती आजक दिनसम्‍म त्‍यहीं छन्‌ ।
Berestengerne var so lange at ein såg stongendarne som stod fram frå kista, framanfor koren; men ein såg deim ikkje utanfor. Og dei vart verande der til den dag i dag.
10 इस्राएलका मानिसहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको ठाउँ होरेबमा मोशाले सन्‍दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्‍यसमा अरू केही थिएन ।
Det fanst ikkje anna i kista enn dei tvo tavlorne som Moses hadde lagt ned i henne ved Horeb, då Herren gjorde samband med Israels-borni då dei drog ut or Egyptarland.
11 पुजारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍केर आए । त्‍यहाँ हाजिर भएका सबै पुजारीले आआफ्‍नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए ।
Då prestarne so gjekk ut or heilagdomen, for alle dei prestarne som var der, hadde vigt seg, so det var ikkje naudsynlegt å halda seg etter skifti,
12 सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
og alle dei levitiske songararne, både Asaf, Heman og Jedutun og sønerne og brørne deira, stod i kvite linklæde med cymblar, harpor og cithrar austanfor altaret, og hjå deim hundrad og tjuge prestar som bles i lurar,
13 तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्‍याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।” तब त्‍यो मन्‍दिर, परमप्रभुको मन्‍दिर बादलले भरियो ।
og i same augneblinken då lurblåsarane og songarane sette i alle som ein med å lova og prisa Herren, og dei let lurarne og cymblarne og spelgognerne klinga, og lova Herren for han er god, og hans miskunn varer æveleg - då vart huset, Herrens hus, fyllt av ei sky,
14 बादलले गर्दा पुजारीहरूले सेवा गर्न सकेनन्, किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।
so prestarne kunde ikkje standa og gjera tenesta for skuld skyi; for Herrens herlegdom fyllte Guds hus.

< २ इतिहास 5 >