< २ इतिहास 36 >
1 त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए ।
[約阿哈次王朝]當地的人民立了約史雅的兒子約阿哈次在耶路撒冷繼父位為王。
2 यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे ।
約阿哈次登極時二十三歲,在耶路撒冷為王三個月,
3 मिश्रदेशका राजाले यरूशलेममा तिनलाई हटाए, र देशमाथि एक सय तोडा चाँदी र एक तोडा सुनको जरिवाना लगाए ।
因為埃及王在耶路撒冷廢了他,且要那地方納一百「塔冷通」銀子,一「塔冷通」金子的罰款。
4 मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे ।
以後,埃及王立了他的兄弟厄里雅金為猶大和耶路撒冷王,給他改名叫約雅金;乃苛將他的兄弟約阿哈次帶到埃及去了。[約雅金王朝]
5 यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे खराब थियो, त्यही गरे ।
約雅金登極時年二十五歲,在耶路撒冷為王凡十一年。他行了上主視為惡的事。
6 त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।
巴比倫王拿步高前來攻擊他,用銅鏈將他綑住,帶往巴比倫。
7 नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।
拿步高也將上主殿內一部份器皿帶到巴比倫,安置在巴比倫他的神廟裏。
8 यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
約雅金其餘的事蹟,以及他所行的醜惡,和他遭遇的一切,都記載在以色列和猶大列王實錄上。他的兒子耶苛尼雅繼位為王。耶苛尼雅王朝
9 यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो, त्यही गरे ।
耶苛尼雅即位時年十八歲,在耶路撒冷作王三個月又十天。他行了上主視為惡的事。
10 बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।
次年歲首,拿步高派人來,將耶苛尼雅和上主殿內的珍器,帶往巴比倫,立了他的叔父漆德克雅為王,管理猶大和耶路撒冷。[猶大滅亡]
11 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे ।
漆德克雅登極時年二十一歲,在耶路撒冷為王凡十一年。
12 तिनले परमप्रभु तिनका परमेश्वरको दृष्टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।
他行了上主視為惡的事,雖然先知耶肋米亞奉上主的命來勸勉他,他仍不在耶肋米亞面前自謙自卑。
13 परमेश्वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
拿步高王雖曾叫他指著天主起誓,他仍背叛了拿步高;更加執拗頑固,總不肯歸依上主,以色列的天主。
14 यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।
此外,所有的司祭首長和百姓罪上加罪,仿傚了異族所行的一切醜惡之事,污辱了上主在耶路撒冷祝聖的殿宇。
15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो ।
上主他們祖先的天主,由於愛惜自己的百姓和自己的居所,時常不斷派遣使者警戒他們;
16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
無奈他們都嘲笑了天主的使者,輕視了他的勸告,譏笑了他的先知,致使上主的怒火發洩在他的百姓身上,直到無法救治。
17 यसैले परमेश्वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।
因此,上主使加色丁人的君王前來攻打他們,用刀將他們的壯丁在聖殿裏殺死,沒有憐恤他們的幼男少女,以及白髮耆老;上主將所有的人都交在敵人手中。
18 परमेश्वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।
加色丁人王又將天主殿內所有的大小器皿,上主殿內的寶物,君王和朝臣的寶物,都帶往巴比倫,
19 उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्ट गरे ।
焚毀了上主的殿宇,拆壞了耶路撒冷的城牆,燒了城中所有的宮殿,毀壞了城內一切珍貴的器皿;
20 तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका र उनका छोराहरूका दास-दासी भए ।
凡免於刀下的人,都被擄到巴比倫去,作他及他子孫的奴僕,直到波斯帝國興起。
21 यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई, देशले आफ्नो शबाथको बिश्रामको आनन्द नलिउञ्जेलसम्म यसो भयो । यसरी नै सत्तरी वर्ष पूरा नगुञ्जेल र विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो ।
這樣,就應驗了上主藉耶肋米亞的口所說的話:「直到這地域補享了它的安息年,應該在荒蕪期中獲享安息,直到七十年。」[居魯士頒發上諭]
22 फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्ने काम पनि गरे । तिनले यसो भने:
波斯王居魯士元年,為應驗上主藉耶肋米加的口所說的話,上主感動了波斯王居魯士的心,叫他出一道號令,向全國頒發上諭說:「
23 “फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्नो देशमा यरूशलेममा जाओस् ।”
波思王居魯士這樣說:上主的神「雅威,」將地上萬國交給了我,囑咐我在猶大的耶路撒冷為他建築一座殿宇,你們中間凡作他子民的,可以上去;願他的神與他同在! 」