< २ इतिहास 35 >
1 योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड मनाए, र तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे ।
Josias fit ensuite à Jérusalem la Pâque du Seigneur, laquelle fut immolée le quatorzième jour du premier mois;
2 तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए ।
Et il établit les prêtres en leurs fonctions, et les exhorta à servir dans la maison du Seigneur.
3 तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर ।
Aux Lévites aussi, par l’enseignement desquels tout Israël était sanctifié au Seigneur, il dit: Mettez l’arche dans le sanctuaire du temple qu’a bâti Salomon, fils de David, roi d’Israël, car vous ne la porterez plus du tout; mais maintenant, servez le Seigneur votre Dieu et son peuple Israël.
4 इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्ना पुर्खाका घरानाहरू र आआफ्ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ ।
Préparez-vous donc dans vos maisons et vos familles, selon la distribution de chacun de vous, ainsi que l’a ordonné David, roi d’Israël, et que l’a écrit Salomon, son fils.
5 तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।
Et servez dans le sanctuaire, selon les familles et les classes lévitiques;
6 निस्तार-चाडको थुमाहरू मार, आफैलाई शुद्ध गर, मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइका निम्ति थुमाहरू तयार पार ।”
Et, sanctifiés, immolez la Pâque; et préparez vos frères aussi, afin qu’ils puissent faire selon les paroles qu’a dites le Seigneur par l’entremise de Moïse.
7 योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए । तिनले तीन हजार साँढे पनि दिए । यी सबै राजाका सम्पतिबाट दिइएका दिए ।
Outre cela Josias donna à tout le peuple qui s’était trouvé là à la solennité de la Pâque, des agneaux et des chevreaux de ses troupeaux, trente mille têtes du reste de son bétail, et trois mille bœufs: c’était du bien entièrement du roi.
8 मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए । परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए ।
Ses officiers aussi offrirent ce qu’ils avaient spontanément voué, tant au peuple qu’aux prêtres et aux Lévites. Or Helcias, Zacharie et Jahiel, princes de la maison du Seigneur, donnèrent aux prêtres, pour faire la Pâque, deux mille six cents têtes de menu bétail mêlé et trois cents bœufs.
9 अनि लेवीहरूलाई चाहिं कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशु र पाँच सय साँढे दिए ।
Mais Chonénias, Séméias, et même Nathanaël, ses frères, de plus Hasabias, Jéhiel et Jozabad, princes des Lévites, donnèrent aux autres Lévites, pour célébrer la Pâque, cinq mille têtes de menu bétail et cinq cents bœufs.
10 यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।
Le service fut donc préparé, et les prêtres se tinrent à leurs fonctions, et les Lévites aussi selon leurs classes, d’après l’ordre du roi.
11 तिनीहरूले निस्तार-चाडका थुमाहरू मारे, अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे ।
Ainsi la Pâque fut immolée; les prêtres répandirent de leur propre main le sang, et les Lévites écorchèrent les holocaustes.
12 तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे ।
Et ils les séparèrent pour les donner dans les maisons et dans les familles de chacun, et pour les offrir au Seigneur, comme il est écrit dans le livre de Moïse; des bœufs aussi, ils firent pareillement.
13 तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले । पवित्र भेटीलाई तिनीहरूले खड्कुँला, कराही र ताप्केमा उसिने, र तिनीहरू तुरुन्तै ती मानिसहरूमा बाँडिदिए ।
Et ils firent rôtir la Pâque sur le feu, d’après ce qui est écrit dans la loi; mais les victimes pacifiques, ils les firent cuire dans les chaudières, dans les pots et dans les marmites, et les distribuèrent en hâte à tout le peuple;
14 त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।
Et ils en préparèrent ensuite pour eux et pour les prêtres: car les prêtres furent occupés jusqu’à la nuit à l’oblation des holocaustes et des graisses; de là, les Lévites n’en préparèrent pour eux, et pour les prêtres, fils d’Aaron, que les derniers.
15 आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
Les chantres, fils d’Asaph, se tenaient aussi dans leur rang, d’après le commandement de David, d’Asaph, d’Héman et d’Iditun, prophètes du roi. Les portiers veillaient à chaque porte, de manière qu’ils ne s’écartaient pas un seul moment de leur ministère; c’est pour cela que les Lévites, leurs frères, leur préparèrent des aliments.
16 यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्चालन गरियो ।
Tout le culte du Seigneur fut donc accompli selon les rites en ce jour-là, pour faire la Pâque, et pour offrir des holocaustes sur l’autel du Seigneur, d’après le commandement du roi Josias.
17 उपस्थित भएका इस्राएलका मानिसहरूले त्यस बेला निस्तार-चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए ।
Et les enfants d’Israël qui s’étaient trouvés là firent la Pâque en ce temps, et la solennité des azymes durant sept jours.
18 शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए ।
Il n’y eut point de Pâque semblable à celle-ci en Israël, depuis les jours de Samuel le prophète; et même aucun de tous les rois d’Israël ne fit la Pâque comme Josias pour les prêtres, les Lévites, tout Juda et Israël qui s’était trouvé là, et pour tous ceux qui habitaient dans Jérusalem.
19 योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड मनाइएको थियो ।
C’est à la dix-huitième année du règne de Josias que cette Pâque fut célébrée.
20 योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीशको विरुद्ध आक्रमण गर्न निस्के, र योशियाह तिनको विरुद्धमा युद्ध गर्न गए ।
Après que Josias eut restauré le temple, Néchao, roi d’Égypte, monta pour combattre à Charcamis près de l’Euphrate: et Josias marcha à sa rencontre.
21 तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु । परमेश्वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ । यसैले परमेश्वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ ।”
Mais celui-ci, lui ayant envoyé des messagers, dit: Qu’importe à moi et à vous, roi de Juda? Ce n’est pas contre vous que je viens aujourd’hui; mais je combats contre une autre maison, vers laquelle Dieu m’a ordonné de marcher en hâte. Cessez d’agir contre Dieu, qui est avec moi, de peur qu’il ne vous tue.
22 तापनि योशियाह तिनीबाट फर्किन मानेनन् । तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले । आफू परमेश्वरको आज्ञाद्वारा आएको हो भन्ने नेकोको वचन तिनले सुनेनन् । यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए ।
Josias ne voulut point retourner; mais il prépara contre lui un combat, et il n’acquiesça pas aux paroles de Néchao, sorties de la bouche de Dieu; mais il s’avança pour combattre dans le champ de Mageddo
23 धनुर्धारीहरूले योशियाह राजालाई हाने, र राजाले आफ्ना सेवकहरूलाई भने, “मलाई बाहिर लैजाओ, किनकि मलाई गम्भीर चोट लागेको छ ।”
Et là, blessé par les archers, il dit à ses serviteurs: Tirez-moi de la bataille, parce que je suis grièvement blessé.
24 यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए । तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे । तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो । सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए ।
Ils le transportèrent de son char dans un autre char qui le suivait, selon la coutume des rois, et ils le portèrent à Jérusalem, et il mourut, et fut enseveli dans le mausolée de ses pères; et tout Juda et Jérusalem le pleurèrent;
25 यर्मियाले योशियाहको निम्ति विलापका गरे । सबै पुरुष र स्त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन् । यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन् । हेर, तिनलाई विलापको गीतहरूमा लेखिएका छन् ।
Jérémie surtout, dont les chantres et les chanteuses répètent tous jusqu’au présent jour les lamentations sur Josias; et cela a prévalu comme loi en Israël: voilà qu’on le trouve écrit dans les lamentations.
26 योशियाहको बारेमा अन्य कुराहरू, र तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू—
Mais le reste des actions de Josias, et ses miséricordes qui sont ordonnées par la loi du Seigneur,
27 अनि तिनका कामहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएल राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
Comme aussi ses œuvres, les premières et les dernières, sont écrites dans le Livre des rois de Juda et d’Israël.