< २ इतिहास 34 >

1 योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।
یوشیا هشت ساله بود که پادشاه شد ودر اورشلیم سی و یکسال سلطنت نمود.۱
2 तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।
و آنچه در نظر خداوند پسند بود، به عمل آورد و به طریق های پدر خود داود سلوک نموده، به طرف راست یا چپ انحراف نورزید.۲
3 किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे ।
و درسال هشتم سلطنت خود، حینی که هنوز جوان بود، به طلبیدن خدای پدر خود داود شروع کرد ودر سال دوازدهم به طاهر ساختن یهودا واورشلیم از مکان های بلند و اشیره‌ها و تمثالها وبتها آغاز نمود.۳
4 मानिसहरूले तिनको उपस्‍थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए ।
و مذبح های بعلیم را به حضوروی منهدم ساختند، و تماثیل شمس را که بر آنهابود قطع نمود، و اشیره‌ها و تمثالها و بتهای ریخته شده را شکست، و آنها را خرد کرده، برروی قبرهای آنانی که برای آنها قربانی می‌گذرانیدند، پاشید.۴
5 तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।
و استخوانهای کاهنان رابر مذبح های خودشان سوزانید. پس یهودا واورشلیم را طاهر نمود.۵
6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषहरूमा पनि त्यसै गरे ।
و در شهرهای منسی وافرایم و شمعون حتی نفتالی نیز در خرابه هایی که به هر طرف آنها بود (همچنین کرد).۶
7 तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।
و مذبح هارا منهدم ساخت و اشیره‌ها و تمثالها را کوبیده، نرم کرد و همه تمثالهای شمس را در تمامی زمین اسرائیل قطع نموده، به اورشلیم مراجعت کرد.۷
8 योशियाहले देश र मन्दिर शुद्ध पारिसकेपछि, तिनले आफ्नो राज्य कालको अठारौँ वर्षमा असल्याहका छोरा शापान, सहरका गभर्नर मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्‍वरको मन्दिर मरम्मत गर्न पठाए ।
و در سال هجدهم سلطنت خود، بعد از آنکه زمین و خانه را طاهر ساخته بود، شافان بن اصلیا ومعسیا رئیس شهر و یوآخ بن یوآحاز وقایع نگاررا برای تعمیر خانه یهوه خدای خود فرستاد.۸
9 तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्‍याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।
ونزد حلقیای رئیس کهنه آمدند و نقره‌ای را که به خانه خدا درآورده شده، و لاویان مستحفظان آستانه، آن را از دست منسی و افرایم و تمامی بقیه اسرائیل و تمامی یهودا و بنیامین و ساکنان اورشلیم جمع کرده بودند، به او تسلیم نمودند.۹
10 परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्‍याला तिरे ।
و آن را به‌دست سرکارانی که بر خانه خداوندگماشته شده بودند، سپردند تا آن را به عمله هایی که در خانه خداوند کار می‌کردند، به جهت اصلاح و تعمیر خانه بدهند.۱۰
11 सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्‍नलाई तिनीहरूले पैसा दिए ।
پس آن را به نجاران و بنایان دادند تا سنگهای تراشیده وچوب به جهت اردیها و تیرها برای خانه هایی که پادشاهان یهودا آنها را خراب کرده بودند، بخرند.۱۱
12 यी मानिसहरूले विश्‍वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।
و آن مردان، کار را به امانت بجا می‌آوردند، وسرکاران ایشان که نظارت می‌کردند، یحت وعوبدیای لاویان از بنی مراری و زکریا و مشلام ازبنی قهاتیان بودند، و نیز از لاویان هر‌که به آلات موسیقی ماهر بود.۱۲
13 यी लेवीहरू निर्माण सामाग्री बोक्‍नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।
و ایشان ناظران حمالان ووکلاء بر همه آنانی که در هر گونه‌ای خدمت، اشتغال داشتند بودند، و از لاویان کاتبان وسرداران و دربانان بودند.۱۳
14 तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।
و چون نقره‌ای را که به خانه خداوند آورده شده بود، بیرون می‌بردند، حلقیای کاهن، کتاب تورات خداوند را که به واسطه موسی (نازل شده )بود پیدا کرد.۱۴
15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।
و حلقیا شافان کاتب را خطاب کرده، گفت: «کتاب تورات را در خانه خداوندیافته‌ام.» و حلقیا آن کتاب را به شافان داد.۱۵
16 शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्‍मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।
وشافان آن کتاب را نزد پادشاه برد و نیز به پادشاه خبر رسانیده، گفت: «هر‌آنچه به‌دست بندگانت سپرده شده است آن را بجا می‌آورند.»۱۶
17 तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्‍यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”
ونقره‌ای را که در خانه خداوند یافت شد، بیرون آوردند و آن را به‌دست سرکاران و به‌دست عمله‌ها دادند.۱۷
18 सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।
و شافان کاتب پادشاه را خبرداده، گفت: «حلقیای کاهن کتابی به من داده است.» پس شافان آن را به حضور پادشاه خواند.۱۸
19 यस्‍तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।
و چون پادشاه سخنان تورات را شنید، لباس خود را درید.۱۹
20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,
و پادشاه، حلقیای کاهن واخیقام بن شافان و عبدون بن میکا و شافان کاتب وعسایا خادم پادشاه را امر فرموده، گفت:۲۰
21 “जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”
«بروید و از خداوند برای من و برای بقیه اسرائیل و یهودا درباره سخنانی که در این کتاب یافت می‌شود، مسئلت نمایید زیرا غضب خداوند که بر ما ریخته شده است، عظیم می‌باشدچونکه پدران ما کلام خداوند را نگاه نداشتند و به هر‌آنچه در این کتاب مکتوب است عمل ننمودند.»۲۱
22 यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्‍नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।
پس حلقیا و آنانی که پادشاه ایشان را امر فرمود، نزد حلده نبیه زن شلوم بن توقهه بن حسره لباس دار رفتند، و او در محله دوم اورشلیم ساکن بود و او را بدین مضمون سخن‌گفتند.۲۲
23 तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वर यो भन्‍नुहुन्‍छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,
واو به ایشان گفت: «یهوه خدای اسرائیل چنین می‌فرماید: به کسی‌که شما را نزد من فرستاده است بگویید:۲۳
24 ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।
خداوند چنین می‌فرماید: اینک من بلایی بر این مکان و ساکنانش خواهم رسانید، یعنی همه لعنتهایی که در این کتاب که آن را به حضور پادشاه یهودا خواندند، مکتوب است.۲۴
25 यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।
چونکه مرا ترک کرده، برای خدایان دیگربخور‌سوزانیدند تا به تمامی اعمال دستهای خودخشم مرا به هیجان بیاورند، پس غضب من بر این مکان افروخته شده، خاموشی نخواهد پذیرفت.۲۵
26 तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:
لیکن به پادشاه یهودا که شما را به جهت مسئلت نمودن از خداوند فرستاده است، بگویید: یهوه خدای اسرائیل چنین می‌فرماید: درباره سخنانی که شنیده‌ای،۲۶
27 तेरो हृदय नरम भएको हुनाले, र परमेश्‍वरले यो ठाउँ र यसका बासिन्‍दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्‍ती सुनेको छु— यो परमप्रभुको घोषणा हो—
چونکه دل تو نرم بود وهنگامی که کلام خداوند را درباره این مکان وساکنانش شنیدی، در حضور وی تواضع نمودی و به حضور من متواضع شده، لباس خود رادریدی و به حضور من گریستی، بنابراین خداوندمی گوید: من نیز تو را اجابت فرمودم.۲۷
28 हेर्, तेरा पुर्खाहरूसँगै तँलाई म जम्मा गर्नेछु । तँ शान्तिसित आफ्‍नो चिहानमा गाडिनेछस्, र यस ठाउँ र यसका बासिन्दामाथि मैले ल्‍याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्‍ने छैनन्’ ।” ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्‍याए ।
اینک من تو را نزد پدرانت جمع خواهم کرد و در قبر خودبه سلامتی گذارده خواهی شد، و چشمان توتمامی بلا را که من بر این مکان و ساکنانش می رسانم نخواهد دید.» پس ایشان نزد پادشاه جواب آوردند.۲۸
29 त्यसपछि राजाले दूतहरू पठाए र यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला गराए ।
و پادشاه فرستاد که تمامی مشایخ یهودا واورشلیم را جمع کردند.۲۹
30 तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढे ।
و پادشاه و تمامی مردان یهودا و ساکنان اورشلیم و کاهنان و لاویان و تمامی قوم، چه کوچک و چه بزرگ، به خانه خداوند برآمدند و او همه سخنان کتاب عهدی راکه در خانه خداوند یافت شد، در گوش ایشان خواند.۳۰
31 राजा आफ्नो स्थानमा खडा भए र परमेश्‍वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्‍ने गरे ।
و پادشاه بر منبر خود ایستاد و به حضور خداوند عهد بست که خداوند را پیروی نموده، اوامر و شهادات و فرایض او را به تمامی دل و تمامی جان نگاه دارند و سخنان این عهد راکه در این کتاب مکتوب است، بجا آورند.۳۱
32 तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्‍वर, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार काम गरे ।
وهمه آنانی را که در اورشلیم و بنیامین حاضربودند، بر این متمکن ساخت و ساکنان اورشلیم، برحسب عهد خدا یعنی خدای پدران خود، عمل نمودند.۳۲
33 योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्‍ने सबैलाई परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।
و یوشیا همه رجاسات را ازتمامی زمینهایی که از آن بنی‌اسرائیل بودبرداشت، و همه کسانی را که در اسرائیل یافت شدند، تحریض نمود که یهوه خدای خود راعبادت نمایند و ایشان در تمامی ایام او از متابعت یهوه خدای پدران خود انحراف نورزیدند.۳۳

< २ इतिहास 34 >