< २ इतिहास 33 >

1 मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे ।
Manase alikuwa na umri wa miaka kumi na miwili alipoanza kutawala, naye akatawala huko Yerusalemu miaka hamsini na mitano.
2 तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
Akafanya maovu machoni pa Bwana, akafuata desturi za machukizo za mataifa ambayo Bwana aliyafukuza mbele ya Waisraeli.
3 तिनका पिता हिजकियाले नाश गरेका डाँडाका थानहरू तिनले फेरि बनाए, र तिनले बाल देवताहरूका निम्ति वेदीहरू खडा गरे, अशेराका खम्बाहरू बनाए, र तिनले आकाशका सबै ताराका सामु निहुरे र तिनको पुजा गरे ।
Akajenga upya mahali pa juu pa kuabudia miungu ambapo Hezekia baba yake, alikuwa amepabomoa, pia akasimamisha madhabahu za Mabaali na nguzo za Maashera. Akalisujudia jeshi lote la angani na kuliabudu.
4 “यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ” भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए ।
Akajenga madhabahu katika Hekalu la Bwana ambamo Bwana alikuwa amesema, “Jina langu litadumu Yerusalemu milele.”
5 तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए ।
Katika nyua zote mbili za Hekalu la Bwana akajenga madhabahu kwa ajili ya jeshi lote la angani.
6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे र तिनले उहाँलाई रिस उठाए ।
Akawatoa wanawe kuwa kafara kwa kuwapitisha katika moto katika Bonde la Ben-Hinomu, akafanya ulozi, uaguzi na uchawi, akataka ushauri kwa wenye pepo wa utambuzi na wenye kuwasiliana na mizimu. Akafanya maovu mengi machoni pa Bwana, akaichochea hasira yake.
7 तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्‍वरको मन्दिरभित्र राखे । यस मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनसित बोल्‍नुभएको थियो । गहाँले यसो भन्‍नुभएको थियोः “मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु ।
Akachukua ile sanamu aliyoichonga na kuiweka katika Hekalu la Mungu ambalo Mungu alikuwa amemwambia Daudi na mwanawe Solomoni, “Katika Hekalu hili na katika Yerusalemu niliouchagua kutoka kabila zote za Israeli, nitaliweka Jina langu milele.
8 इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्‍यवस्‍था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।”
Sitaifanya tena miguu ya Waisraeli iondoke tena katika nchi niliyowapa baba zenu, ikiwa watakuwa waangalifu kufanya kila kitu nilichowaamuru kuhusu sheria zote, maagizo na amri zilizotolewa kwa mkono wa Mose.”
9 परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे ।
Lakini Manase akawaongoza Yuda na watu wa Yerusalemu katika upotovu, kiasi kwamba walifanya maovu mengi kuliko mataifa ambayo Bwana aliwaangamiza mbele ya Waisraeli.
10 मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्‍यान नै दिएनन् ।
Bwana akasema na Manase pamoja na watu wake, lakini hawakumjali.
11 यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।
Hivyo Bwana akaleta juu yao majemadari wa jeshi la mfalme wa Ashuru, ambao walimchukua Manase kwenda kifungoni, wakaweka ndoana katika pua yake, wakamfunga kwa pingu za shaba na kumpeleka Babeli.
12 जब मनश्शे कष्‍टमा परे, तब तिनले परमप्रभु आफ्ना परमेश्‍वरलाई खोजे, र आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ अत्यन्तै विनम्र भएर झुके ।
Katika dhiki yake akamsihi Bwana Mungu wake na kujinyenyekeza sana mbele za Mungu wa baba zake.
13 तिनले उहाँसँग प्रार्थना गरे । अनि तिनले परमेश्‍वरसँग बिन्ती चढाए र परमेश्‍वरले तिनलाई यरूशलेममा ल्‍याएर फेरि राजा बनाउनुभयो । तब मनश्शेले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जाने ।
Naye alipomwomba, Bwana akaguswa na kule kusihi kwake na akasikiliza kilio chake, kwa hiyo akamrudisha Yerusalemu na kwenye ufalme wake. Ndipo Manase akatambua kwamba Bwana ndiye Mungu.
14 त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्‍चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्‍डरहरू पनि खटाइदिए ।
Baadaye akajenga ukuta wa nje wa Mji wa Daudi, magharibi mwa chemchemi ya Gihoni katika bonde, hadi kufikia ingilio la Lango la Samaki na akakizunguka kilima cha Ofeli, pia akaufanya kuwa mrefu zaidi. Akawaweka majemadari katika miji yote ya Yuda iliyokuwa imejengewa ngome.
15 तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र परमप्रभुको मन्दिरको डाँडा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए र तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए ।
Akaondolea mbali miungu ya kigeni na kuondoa sanamu kutoka Hekalu la Bwana pamoja na madhabahu zote alizozijenga katika kile kilima kilichojengwa Hekalu na katika Yerusalemu, akazitupa nje ya mji.
16 तिनले परमप्रभुको वेदीको पुननिर्माण गरे र त्यसमा मेलबलि र धन्यवाद बलि चढाए । तिनले यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए ।
Kisha akarudisha madhabahu ya Bwana na kutolea juu yake dhabihu za sadaka za amani pamoja na sadaka za shukrani, naye akawaamuru Yuda wamtumikie Bwana, Mungu wa Israeli.
17 तापनि मानिसहरूले डाँडाका थानहरूमा बलिदानहरू चढाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्ति मात्रै चढाए ।
Lakini hata hivyo watu wakaendelea kutoa dhabihu mahali pa juu pa kuabudia miungu, lakini wakimtolea Bwana Mungu wao peke yake.
18 मनश्शेको राजकालका अरू विषयहरू, आफ्‍नो परमेश्‍वरमा तिनले चढाएको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू, हेर, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
Matukio mengine ya utawala wa Manase, maombi yake kwa Mungu wake na maneno aliyoambiwa na waonaji walionena naye kwa jina la Bwana, Mungu wa Israeli, yameandikwa katika kitabu cha kumbukumbu za wafalme wa Israeli.
19 त्‍यो वर्णनमा, तिनको प्रार्थना र परमेश्‍वर कसरी त्‍यसबाट चल्‍नुभयो भन्‍ने कुराको इतिहास छ । तिनले आफैलाई विनम्र तुल्याउनु अगि तिनले गरेका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँडाका थानहरू र अशेराका खम्बा र मूर्तिहरू— पनि यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
Maombi yake, pamoja na jinsi Mungu alivyoguswa na kusihi kwake, pia dhambi zake zote na kukosa kwake uaminifu pamoja na sehemu alizojenga mahali pa juu pa kuabudia miungu, kule kusimamisha nguzo za Ashera na sanamu kabla ya kujinyenyekeza kwake, yote yameandikwa katika kumbukumbu za waonaji.
20 यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।
Manase akalala pamoja na baba zake akazikwa katika jumba lake la kifalme. Naye Amoni mwanawe akawa mfalme baada yake.
21 अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे ।
Amoni alikuwa na miaka ishirini na miwili, alipoanza kutawala, naye akatawala huko Yerusalemu kwa miaka miwili.
22 तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे ।
Akatenda maovu machoni mwa Bwana, kama baba yake Manase alivyofanya. Amoni akaabudu na kutoa dhabihu kwa sanamu zote alizokuwa ametengeneza Manase.
23 आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए ।
Lakini tofauti na Manase baba yake, hakujinyenyekeza mbele za Bwana, badala yake Amoni aliongeza hatia zaidi na zaidi.
24 तिनका सेवकहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र तिनको आफ्नै महलमा तिनलाई मारे ।
Watumishi wa Amoni wakafanya fitina juu yake, nao wakamuulia kwake nyumbani.
25 तर देशका मानिसहरूले राजा अमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको ठाउँमा तिनीहरूले राजा बनाए ।
Kisha watu wa nchi wakawaua wale wote waliokuwa wamefanya hila dhidi ya Mfalme Amoni. Wakamfanya Yosia mwanawe kuwa mfalme mahali pake.

< २ इतिहास 33 >