< २ इतिहास 32 >
1 यी सबै कुराहरू र यी विश्वासयोग्य कामहरू भएपछि, अश्शूरका राजा सनहेरीब आए र यहूदामा पसे । किल्ला भएका सहरहरूलाई आक्रमण गर्नलाई तिनले छाउनी हाले, जसलाई तिनले आफ्नो निम्ति कब्जा गर्न इच्छा गरे ।
After Hezekiah's faithful work, Sennacherib, king of Assyria, invaded Judah and attacked its fortified towns, planning to conquer them for himself.
2 सनहेरीब आएका थिए र यरूशलेमको विरुद्ध युद्ध गर्ने अठोट गरेका थिए भनी जब हिजकियालाई थाहा पाए,
When Hezekiah saw that Sennacherib had come to attack Jerusalem,
3 तब तिनले सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अगुवाहरू र आफ्ना शक्तिशाली मानिसहरूसित सल्लाह लिए । तिनीहरूले तिनलाई त्यसो गर्न सहयोग गरे ।
he talked with his army commanders about blocking up the water sources that lay outside the city. This is what they did.
4 धेरै संख्यामा मानिसहरू एकसाथ भेला भए र देशको मध्यभाग भएर बग्ने सबै मूलहरू र खोलाहरू थुनिदिए । तिनीहरूले भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाउने?”
They directed a large group of workers to block all the springs as well as the stream flowing nearby. “Why should the kings of Assyria come here and find plenty of water?” they asked.
5 हिजकियाले साहस गरे र भत्किएका सबै पर्खालको निर्माण गरे । तिनले धरहराहरू अग्लो बनाए, र बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे । दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे, र तिनले ठुलो सङ्ख्यामा हातहतियार र ढालहरू बनाए ।
Hezekiah set to work and rebuilt all the parts of the wall that had fallen down and constructed towers on it. He also built another wall outside the first wall. He reinforced the Millo in the city of David. He also made a large quantity of weapons and shields.
6 तिनले मानिसहरूमाथि फौजी कमाण्डरहरू नियुक्त गरे । तिनले तिनीहरूलाई सहरको मूल ढोकाको खुल्ला ठाउँमा एकसाथ भेला गरे र तिनीहरूसँग हौसलासहित कुरा गरे । तिनले भने,
Hezekiah put army commanders in charge of the people. Then he summoned the people to gather in the square at the city gate. He spoke to them confidently, telling them,
7 “बलिया र साहसिला होओ । अश्शूरका राजा र तिनीसँग भएको त्यो सबै ठुलो फौज को कारणले नडराओ वा हतोत्साही नहोओ, किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्दा महान् हुनुहुन्छ ।
“Be strong and be brave! Don't be afraid or discouraged because of the king of Assyria with his large army, for there are more with us than with him.
8 तिनीसित शारीरिक हतिहार मात्र छन्, तर हामीलाई सहायता गर्न र हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्वर हुनुहुन्छ ।” तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए ।
He has human help, but we have the Lord God on our side to help us and fight our battles.” The people were encouraged by this speech of Hezekiah, king of Judah.
9 त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,
Some time later, when Sennacherib was attacking the town of Lachish with his armies, he sent his officers to Jerusalem with this message for Hezekiah, king of Judah, and for everyone from Judah living there.
10 “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ?
“This is what Sennacherib, king of Assyria, says. What are you going to trust in to help you survive when I come to attack Jerusalem?
11 जब ‘परमप्रभु हाम्रा परमेश्वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?
Can't you see that in reality Hezekiah is telling you to die from starvation and thirst when he tells you, ‘The Lord our God will save us from the king of Assyria’?
12 आफ्ना अल्गा ठाउँहरू र आफ्ना वेदीहरू हटाएका, अनि यहूदा र यरूशलेमलाई ‘एउटै मात्र वेदीमा तिमीहरूले आराधना गर्नुपर्छ र त्यसमा तिमीहरूले आफ्ना बलिदान चढाउनुपर्छ,’ भन्ने हिजकिया यिनै होइनन् र?
Wasn't it Hezekiah who destroyed the high places and altars of this god and told Judah and Jerusalem, ‘You must worship at this one altar, and offer sacrifices on it alone’?
13 म र मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन र? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्ना देशहरूलाई बचाउन सकेका थिए र?
Don't you know what I and my fathers have done to all the nations of the earth? None of their gods could save them or their lands from me!
14 मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तिमीहरूका परमेश्वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ र?
Which one of all these gods of these nations that my fathers destroyed has been able to save them from me? So why would you think your god can save you from me?
15 अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”
So don't let Hezekiah fool you, and don't let him mislead you like this. Don't trust him, for no god of any nation or kingdom has been able to save their people from me or from my fathers. So it's even less possible for your god to save you from me!”
16 सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।
Sennacherib's officers continued criticizing the Lord God and his servant Hezekiah.
17 परमप्रभु इस्राएलका परमेश्वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्ने छैनन् ।”
Sennacherib also wrote letters insulting the Lord, the God of Israel, taunting him by saying, “In the same way the gods of the nations did not save their people from me, so the god of Hezekiah will not save his people from me either.”
18 तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए ।
The Assyrians also shouted this out in Hebrew to the people of Jerusalem standing on the wall to frighten and to terrify them so that the city would be surrendered.
19 केवल मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसका देवताहरूका बारेमा उनीहरूले बोलेझैं यरूशलेमका परमेश्वरको बारेमा पनि उनीहरूले बोले ।
They talked about the God of Jerusalem like they did about the gods of the other nations, gods made by human beings.
20 यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।
King Hezekiah and the prophet Isaiah, son of Amoz, appealed about this in prayer to the God of heaven.
21 तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्नो मुहारमा बेइज्जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे ।
The Lord sent an angel who wiped out every warrior, leader, and commander in the camp of the Assyrian king. So he returned home in disgrace. When he went into the temple of his god, some of his own sons killed him with their swords.
22 यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।
The Lord saved Hezekiah and the people of Jerusalem from King Sennacherib of Assyria and all other enemies, giving them peace in every direction.
23 धेरै जनाले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए, ताकि त्यो समयदेखि पछि सबै जातिका दृष्टिमा तिनी उच्च पारिए ।
From then on he was very well respected by all the nations, and many brought offerings to Jerusalem for the Lord and valuable gifts for Hezekiah, king of Judah.
24 ती दिनमा हिजकिया मरणासन्न हुने गरी बिरामी भए । तिनले परमप्रभुमा प्रार्थना गरे, जो तिनीसित बोल्नुभयो र तिनी निको हुनेछन् भनेर एउटा चिन्ह तिनलाई दिनुभयो ।
Around that time Hezekiah fell sick and was about to die. So he prayed to the Lord, who replied by healing him and giving him a miraculous sign.
25 तर हिजकियालाई दिइएको मदतका निम्ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्यो ।
But because he had become proud, Hezekiah did not acknowledge the gift he'd been given. So the Lord's anger fell on him, and on Judah and Jerusalem.
26 तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।
Then Hezekiah apologized for his arrogance, as did the people of Jerusalem, and the Lord's anger no longer fell on them during Hezekiah's lifetime.
27 हिजकियाले धेरै धनसम्पत्ति र धेरै मान पाएका थिए । तिनले आफ्ना निम्ति सुन, चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, अनि ढालहरू र अरू दामी-दामी चीजहरू राख्ने भण्डारहरू बनाए ।
Hezekiah was very rich and highly honored, and he built treasury storerooms to hold silver, gold, precious stones, spices, shields, and all kinds of valuable things.
28 तिनीसँग अन्न, नयाँ दाखमद्य र तेल जम्मा गर्ने भण्डारहरू, र सबै किसिमका जनावरका लागि गोठहरू थिए । र तिनीसित भेडाबाख्राहरूका गोठहरू पनि थिए ।
He constructed buildings to store supplies of grain, new wine, and olive oil, and stalls for all kinds of animals, including cattle and sheep.
29 यसको साथमा तिनीसँग सहरहरू र प्रसस्त बथान र बगालहरू पनि थिए, किनकि परमेश्वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो ।
He built many towns, and he owned large herds of cattle and flocks of sheep, for God had made him very wealthy.
30 गीहोन नदीको माथिल्लो मुहानलाई थुन्ने र त्यसलाई दाऊदको सहरको पश्चिमपट्टि सिधा ल्याउने हिजकिया पनि यिनै थिए । आफ्ना सब परियोजनामा हिजकिया सफल भए ।
Hezekiah blocked off the outlet of the upper Gihon spring and made the water flow down to the west side of the City of David. Hezekiah was successful in everything he did.
31 तापनि देशमा देखिएको आश्चर्यका चिन्हको विषयमा जानकारहरूका बारेमा प्रश्नहरू सोध्नलाई बेबिलोनका शासकहरूले पठाएका राजदूतहरूका सम्बन्धमा तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन परमेश्वरले तिनलाई छोड्नुभयो ।
But when ambassadors of the rulers of Babylon came to him to ask about the miraculous sign that had happened in the country, God left him to himself test him, so he could know Hezekiah's true thinking.
32 हिजकियाको बारेमा अन्य कुराहरू, तिनका करारका बफादर कामहरूसमेतका कुरा, आमोजका छोरा यशैया अगमवक्ताको दर्शन र यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा ती लेखिएका तपाईंले पाउनुहुन्छ ।
The rest of what Hezekiah did, including his acts of loyalty, are recorded in the vision of the prophet Isaiah, son of Amoz, in the Book of the Kings of Judah and Israel.
33 हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।
Hezekiah died and was buried in the upper cemetery of David's descendants. All Judah and the people of Jerusalem honored him at his death. His son Manasseh took over as king.