< २ इतिहास 31 >
1 जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।
A kad se sve ovo svrši, svi sinovi Izrailjevi što se naðoše ondje, zaðoše po gradovima Judinijem, i izlomiše likove i isjekoše lugove, i oboriše visine i oltare po svoj zemlji Judinoj i Venijaminovoj i po zemlji Jefremovoj i Manasijinoj, dokle sve ne svršiše; potom se vratiše svi sinovi Izrailjevi svak na svoje našljedstvo, u svoje gradove.
2 पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।
A Jezekija opet uredi redove sveštenièke i Levitske po redovima njihovijem, svakoga po službi njegovoj, sveštenike i Levite, za žrtve paljenice i zahvalne, da služe, i da slave i hvale Gospoda na vratima okola njegova.
3 तिनले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाडहरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए ।
I odredi dio carski od blaga svojega za žrtve paljenice, što se prinose jutrom i veèerom i za žrtve paljenice što se prinose u subote i na mladine i na praznike, kako je napisano u zakonu Gospodnjem.
4 यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्यान दिन सकुन् ।
I zapovjedi narodu, Jerusalimljanima, da daju dio sveštenicima i Levitima, da se jaèe drže zakona Gospodnjega.
5 हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो ।
A èim se to razglasi, stadoše donositi sinovi Izrailjevi silu prvina od žita i od vina i od ulja i od meda i svakoga roda zemaljskoga; i desetka od svega donosiše vrlo mnogo.
6 यहूदाका सहरहरूमा बस्ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडबाख्राको दशांश, अनि परमप्रभु आफ्ना परमेश्वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे ।
I sinovi Izrailjevi i Judini koji življahu po gradovima Judinijem, donosiše i oni desetak od goveda i ovaca, i desetak od svetijeh stvari posveæenijeh Gospodu Bogu njihovu, i metaše u gomile.
7 तिनीहरूले आफ्नो योगदान तेस्रो महिनामा थुपार्न सुरु गरे, र तिनीहरूले त्यो सातौँ महिनामा सिद्ध्याए ।
Treæega mjeseca poèeše metati u gomile, a sedmoga mjeseca svršiše.
8 जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँको मानिस इस्राएललाई आशिष् दिए ।
I doðe Jezekija s knezovima, i vidjevši gomile blagosloviše Gospoda i narod njegov Izrailja.
9 तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पुजारीहरू र लेवीहरूसित सोधपुछ गरे ।
I Jezekija zapita sveštenike i Levite za gomile.
10 सादोकका घरानाका प्रधान पुजारी अजर्याहले जवाफ दिए र यसो भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा आआफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौं, र प्रशस्त भयो र प्रशस्त उब्रेका छन्, किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई आशिष् दिनुभएको छ । उब्रेकाबाट यो ठुलो मात्रा यहाँ छ ।”
A Azarija poglavar sveštenièki od doma Sadokova reèe mu: otkad poèeše donositi ove priloge u dom Gospodnji, jedemo i siti smo i pretjeèe mnogo, jer je Gospod blagoslovio svoj narod, te je preteklo ovo mnoštvo.
11 तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र तिनीहरूले ती तयार गरे ।
Tada zapovjedi Jezekija da se naèine klijeti u domu Gospodnjem; i naèiniše;
12 तब तिनीहरूले आआफ्ना भेटीहरू, दशांश र परमप्रभुका थोकहरू विश्वस्ततासाथ ल्याए । तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्याह थिए, र तिनका भाइ शिमी तिनीपछिका दोस्रा थिए ।
I ondje ostavljahu vjerno priloge i desetke i stvari posveæene; i nad tijem bješe poglavar Honanija Levit i Simej brat mu, drugi do njega.
13 हिजकिया राजा र परमेश्वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए ।
A Jehilo i Azazija i Nahat i Asailo i Jerimot i Jozavad i Elilo i Ismahija i Mat i Venaja bijahu nastojnici pod rukom Honanije i brata mu Simeja po naredbi cara Jezekije i Azarije starješine u domu Božijem.
14 परमप्रभुलाई दिएका भेटीहरू र अर्पण गरिएका दानहरू बाँड्नको निम्ति परमेश्वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरूको जिम्मा लेवी यिम्नाका छोरा पूर्व ढोकाका रक्षक कोरेलाई दिइएको थियो ।
A Korej sin Jemne Levita, vratar na istoku, bijaše nad onijem što se dragovoljno prinošaše Bogu, da bi razdjeljivao prinos Gospodnji i stvari svete nad svetijem.
15 तिनको मातहतमा पुजारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए । तिनीहरूका महत्व भएका र नभएका दुबै दाजुभाइलाई दल-दलअनुसार हिस्सा बाँड्ने कामको जिम्मा तिनीहरूको थियो ।
A pod njim bješe Eden i Minijamin i Isus i Semaja i Amarija i Sehanija po gradovima sveštenièkim, ljudi pouzdani, da razdaju braæi svojoj dijelove, velikomu i malomu,
16 आफ्ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तिन वर्ष र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
Osim muškinja u rodu njihovu od tri godine i više, svakomu koji ulažaše u dom Gospodnji na posao svakidašnji po dužnosti njihovoj u službi njihovoj po redu njihovu,
17 आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू अनि बिस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू सबैलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
I onima koji biše izbrojeni u rodu sveštenièkom po domovima otaca njihovijeh, i Levitima od dvadeset godina i više po službi njihovoj po redovima njihovijem,
18 तिनीहरूले सारा समुदाय भरका तिनका साना बालबालिका, पत्नीहरू र छोराछोरी सबैलाई पनि समावेस गरे, किनकि आफैलाई शुद्ध गर्नमा तिनीहरू विश्वासयोग्य थिए ।
I porodici njihovoj, svoj djeci njihovoj, ženama njihovijem, sinovima njihovijem i kæerima njihovijem, svemu mnoštvu; jer se vjerno posvetiše svetinji;
19 आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।
I sinovima Aronovijem sveštenicima u podgraðima gradova njihovijeh, po svijem gradovima, ljudi imenovani davahu dijelove svakome muškarcu izmeðu sveštenika i svakomu roda Levitskoga.
20 हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरका दृष्टिमा असल, ठिक र विश्वासयोग्य काम गरे ।
I tako uèini Jezekija u svoj zemlji Judinoj; i èinjaše što je dobro i pravo i istinito pred Gospodom Bogom njegovijem.
21 परमप्रभुका मन्दिरको सेवाका हरेक काममा, व्यवस्था, र आज्ञाहरूमा, र उहाँको खोजी गर्ने हरेक कुरा तिनले आफ्नो पूरा हृदयले गरे, र तिनी सफल भए ।
I u svakom poslu koji poèe za službu doma Božijega i u zakonu i u zapovijesti tražeæi Boga svojega, truðaše se svijem srcem svojim, i sreæan bijaše.