< २ इतिहास 31 >

1 जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।
這事既都完畢,在那裏的以色列眾人就到猶大的城邑,打碎柱像,砍斷木偶,又在猶大、便雅憫、以法蓮、瑪拿西遍地將邱壇和祭壇拆毀淨盡。於是以色列眾人各回各城,各歸各地。
2 पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।
希西家派定祭司利未人的班次,各按各職獻燔祭和平安祭,又在耶和華殿門內事奉,稱謝頌讚耶和華。
3 तिनले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाडहरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए ।
王又從自己的產業中定出分來為燔祭,就是早晚的燔祭和安息日、月朔,並節期的燔祭,都是按耶和華律法上所載的;
4 यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।
又吩咐住耶路撒冷的百姓將祭司、利未人所應得的分給他們,使他們專心遵守耶和華的律法。
5 हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्‍नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो ।
諭旨一出,以色列人就把初熟的五穀、新酒、油、蜜,和田地的出產多多送來,又把各物的十分之一送來的極多。
6 यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडबाख्राको दशांश, अनि परमप्रभु आफ्‍ना परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे ।
住猶大各城的以色列人和猶大人也將牛羊的十分之一,並分別為聖歸耶和華-他們上帝之物,就是十分取一之物,盡都送來,積成堆壘;
7 तिनीहरूले आफ्नो योगदान तेस्रो महिनामा थुपार्न सुरु गरे, र तिनीहरूले त्‍यो सातौँ महिनामा सिद्ध्याए ।
從三月積起,到七月才完。
8 जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँको मानिस इस्राएललाई आशिष् दिए ।
希西家和眾首領來,看見堆壘,就稱頌耶和華,又為耶和華的民以色列人祝福。
9 तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पुजारीहरू र लेवीहरूसित सोधपुछ गरे ।
希西家向祭司、利未人查問這堆壘。
10 सादोकका घरानाका प्रधान पुजारी अजर्याहले जवाफ दिए र यसो भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा आआफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौं, र प्रशस्त भयो र प्रशस्‍त उब्रेका छन्, किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई आशिष् दिनुभएको छ । उब्रेकाबाट यो ठुलो मात्रा यहाँ छ ।”
撒督家的大祭司亞撒利雅回答說:「自從民將供物送到耶和華殿以來,我們不但吃飽,且剩下的甚多;因為耶和華賜福給他的民,所剩下的才這樣豐盛。」
11 तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र तिनीहरूले ती तयार गरे ।
希西家吩咐在耶和華殿裏預備倉房,他們就預備了。
12 तब तिनीहरूले आआफ्ना भेटीहरू, दशांश र परमप्रभुका थोकहरू विश्‍वस्‍ततासाथ ल्याए । तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्याह थिए, र तिनका भाइ शिमी तिनीपछिका दोस्रा थिए ।
他們誠心將供物和十分取一之物,並分別為聖之物,都搬入倉內。利未人歌楠雅掌管這事,他兄弟示每為副管。
13 हिजकिया राजा र परमेश्‍वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए ।
耶歇、亞撒細雅、拿哈、亞撒黑、耶利末、約撒拔、以列、伊斯瑪基雅、瑪哈、比拿雅都是督理,在歌楠雅和他兄弟示每的手下,是希西家王和管理上帝殿的亞撒利雅所派的。
14 परमप्रभुलाई दिएका भेटीहरू र अर्पण गरिएका दानहरू बाँड्नको निम्ति परमेश्‍वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरूको जिम्मा लेवी यिम्नाका छोरा पूर्व ढोकाका रक्षक कोरेलाई दिइएको थियो ।
守東門的利未人音拿的兒子可利,掌管樂意獻與上帝的禮物,發放獻與耶和華的供物和至聖的物。
15 तिनको मातहतमा पुजारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए । तिनीहरूका महत्व भएका र नभएका दुबै दाजुभाइलाई दल-दलअनुसार हिस्सा बाँड्ने कामको जिम्मा तिनीहरूको थियो ।
在他手下有伊甸、珉雅珉、耶書亞、示瑪雅、亞瑪利雅、示迦尼雅,在祭司的各城裏供緊要的職任,無論弟兄大小,都按着班次分給他們。
16 आफ्‍ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तिन वर्ष र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
按家譜,三歲以外的男丁,凡每日進耶和華殿、按班次供職的,也分給他;
17 आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू अनि बिस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू सबैलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
又按宗族家譜分給祭司,按班次職任分給二十歲以外的利未人,
18 तिनीहरूले सारा समुदाय भरका तिनका साना बालबालिका, पत्‍नीहरू र छोराछोरी सबैलाई पनि समावेस गरे, किनकि आफैलाई शुद्ध गर्नमा तिनीहरू विश्‍वासयोग्य थिए ।
又按家譜計算,分給他們會中的妻子、兒女;因他們身供要職,自潔成聖。
19 आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्‍ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।
按名派定的人要把應得的分給亞倫子孫,住在各城郊野、祭司所有的男丁和一切載入家譜的利未人。
20 हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरका दृष्‍टिमा असल, ठिक र विश्‍वासयोग्य काम गरे ।
希西家在猶大遍地這樣辦理,行耶和華-他上帝眼中看為善為正為忠的事。
21 परमप्रभुका मन्दिरको सेवाका हरेक काममा, व्यवस्था, र आज्ञाहरूमा, र उहाँको खोजी गर्ने हरेक कुरा तिनले आफ्नो पूरा हृदयले गरे, र तिनी सफल भए ।
凡他所行的,無論是辦上帝殿的事,是遵律法守誡命,是尋求他的上帝,都是盡心去行,無不亨通。

< २ इतिहास 31 >