< २ इतिहास 30 >
1 हिजकियाले सबै इस्राएल र यहूदाकहाँ दूतहरू पठाए र एफ्राइम र मनश्शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न यरूशलेमको परमप्रभुको मन्दिरमा आउन् ।
Un Hizkija sūtīja pie visa Israēla un Jūda un rakstīja grāmatas arī uz Efraīmu un Manasu, lai nāk Tā Kunga namā uz Jeruzālemi, svētīt Pasa svētkus Tam Kungam, Israēla Dievam.
2 किनकि राजा, तिनका अगुवाहरू र यरूशलेममा भेला भएका सबै समुदायले मिलेर सल्लाह गरी दोस्रो महिनामा निस्तार-चाड मनाउने सहमती गरे ।
Jo ķēniņš ar tiem lielkungiem un ar visu draudzi Jeruzālemē bija nospriedis, svētīt Pasa svētkus otrā mēnesī.
3 तिनीहरूले नियमित समयमा मनाउन सकेनन्, किनभने उत्सवको निम्ति पर्याप्त पुजारीहरूले आफूलाई शुद्ध पारेका र मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन् ।
Jo īstenā laikā tie tos nepaspēja svētīt, tāpēc ka priesteru nebija diezgan svētījušies, un ļaudis Jeruzālemē nebija sapulcējušies.
4 यो प्रस्ताव राजा र सारा समुदायको दृष्टिमा असल लाग्यो ।
Un šī lieta patika ķēniņam un visai draudzei.
5 यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्मै परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए । किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्ख्याले यो चाड मानेका थिएनन् ।
Un tie pavēlēja, izsaukt pa visu Israēli, no Bēršebas līdz Danai, lai nāk Tam Kungam, Israēla Dievam, svētīt Pasa svētkus Jeruzālemē, - jo lielā sapulcē tie tos nebija turējuši, kā ir rakstīts.
6 यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क, ताकि अश्शूरका राजाहरूका हातबाट उम्कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।
Tad skrējēji izgāja ar grāmatām no ķēniņa un lielkungu rokas pa visu Israēli un Jūdu, pēc ķēniņa pavēles sacīdami: jūs Israēla bērni, atgriežaties pie Tā Kunga, Ābrahāma, Īzaka un Israēla Dieva, tad arī viņš atgriezīsies pie tiem izglābtiem, kas jums atlikuši no Asiriešu ķēniņu rokas.
7 तिमीहरू आफ्ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्तै नहोओ, जसले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको विरुद्धमा विश्वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो, जुन तिमीहरूले देख्छौ ।
Un neesat tādi, kā jūsu tēvi un jūsu brāļi, kas noziegušies pret To Kungu, savu tēvu Dievu, kādēļ Viņš tos nodevis postam, kā paši redzat.
8 तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ । बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस् ।
Nu tad neesat stūrgalvīgi kā jūsu tēvi, dodiet Tam Kungam savu roku un nāciet Viņa svētā vietā, ko Viņš ir svētījis mūžīgi un kalpojiet Tam Kungam, savam Dievam, tad Viņa bargā dusmība no jums novērsīsies.
9 किनकि तिमीहरू परमप्रभुतिर फर्क्यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन् । किनभने परमप्रभु तिमीहरूका परमेश्वर दयालु र करुणामय हुनुहुन्छ, र तिमीहरू उहाँतर्फ फर्क्यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।”
Jo kad jūs atgriezīsities pie Tā Kunga, tad jūsu brāļi un jūsu bērni dabūs žēlastību pie tiem, kas tos veduši cietumā, tā ka atkal atnāks šaizemē. Jo Tas Kungs, jūsu Dievs, ir žēlīgs un žēlsirdīgs un nenovērsīs Savu vaigu no jums, ja jūs atgriezīsities pie Viņa.
10 यसैले ती पत्रवाहकहरू एफ्राइम र मनश्शेका प्रदेशहरूभरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए, तर मानिसहरूलाई हेरेर हाँसे र तिनीहरूको गिल्ला गरे ।
Tā tie skrējēji gāja no pilsētas uz pilsētu pa Efraīma un Manasus zemi līdz Zebulonam; bet šie tos apsmēja un apmēdīja.
11 तापनि आशेर, मनश्शे र जबूलूनका कोही मानिसले आफैलाई नम्र तुल्याए र यरूशलेममा आए ।
Bet taču kādi no Ašera un Manasus un Zebulona pazemojās un nāca uz Jeruzālemi.
12 परमप्रभुको वचनअनुसार राजा र तिनका अधिकारीहरूले दिएको हुकुम एकमत भई पालन गर्न परमेश्वरको हात यहूदाका मानिसहरूमा पनि आयो ।
Arī pār Jūdu bija Dieva roka, un Viņš tiem deva vienādu sirdi, darīt ķēniņa un lielkungu pavēli pēc Tā Kunga vārda.
13 धेरै मानिसहरू, अर्थात् एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड मान्न यरूशलेममा भेला भए ।
Un daudz ļaužu sapulcinājās Jeruzālemē, svētīt neraudzētās maizes svētkus otrā mēnesī, varen liela draudze.
14 तिनीहरू उठे र यरूशलेममा भएका वेदीहरू, र धूप बाल्ने सबै वेदीसमेत हटाइदिए, र तिनीहरूले तिनलाई किद्रोनको खोल्सामा फ्याँकिदिए ।
Un tie cēlās un noārdīja tos altārus, kas bija Jeruzālemē, un ņēma visus kvēpināmos traukus un tos iemeta Kidronas upē.
15 तब तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे । पुजारीहरू र लेवीहरू साह्रै लज्जित भए । यसैले तिनीहरूले आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्दिरमा होमबलि ल्याए ।
Tad tie nokāva Pasa jērus otrā mēnesī četrpadsmitā dienā. Un priesteri un leviti prata savu kaunu un svētījās un nesa dedzināmos upurus Tā Kunga namā.
16 तब परमेश्वरका मानिस मोशाको व्यवस्थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्नो स्थानमा दल-दल भएर खडा भए । पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के ।
Un tie stāvēja savā kārtā, pēc savas tiesas, pēc Dieva vīra Mozus bauslības. Priesteri slacināja asinis no levitu rokas (ņemdami).
17 किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए । यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्ने आआफ्नो थुमा अर्पण नगरेकाहरू सबैका निम्ति लेवीहरूले निस्तार-चाडका थुमाहरू मारे ।
Jo daudz bija draudzē, kas nebija svētījušies; tādēļ leviti nokāva Pasa jērus priekš visiem, kas nebija šķīsti, ka tos Tam Kungam svētītu.
18 एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएकामध्ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्तार-चाडको भोज खाए । किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्यक्तिलाई क्षमा गर्नुभएको होस्
Jo liels ļaužu pulks no Efraīma un no Manasus, Īsašara un Zebulona nebija šķīstījušies, un taču tie ēda to Pasa jēru, bet ne tā kā ir rakstīts. Bet Hizkija lūdza par tiem un sacīja: Tas Kungs, tas žēlīgais, lai to piedod
19 जो पवित्र स्थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको खोजी गर्ने सङ्कल्प गरेको छ ।”
Visiem, kas savā sirdī taisījušies, meklēt Dievu To Kungu, savu tēvu Dievu, jebšu ne pēc svētās šķīstības.
20 यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्नुभयो, र मानिसहरूलाई निको पार्नुभयो ।
Un Tas Kungs paklausīja Hizkiju un dziedināja tos ļaudis.
21 यरूशलेममा उपस्थित भएका इस्राएलका मनिसहरूले सात दिनसम्म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए । लेवीहरू र पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे ।
Tā Israēla bērni, kas Jeruzālemē bija sanākuši, turēja neraudzētās maizes svētkus septiņas dienas ar lielu prieku. Un leviti un priesteri slavēja To Kungu ikdienas ar mūzikas rīkiem Tam Kungam par godu.
22 परमप्रभुको सेवा बुझेका सबै लेवीलाई हिजकियाले उत्साहको वचनले बोले । यसरी मेलबलिका बलिदानहरू चढाउँदै, र परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरसँग आफ्ना पापहरू स्वीकार गर्दै र तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए ।
Un Hizkija runāja laipnīgi ar visiem levitiem, kas Tā Kunga kalpošanu labi zināja; un tie ēda svētku upurus septiņas dienas un upurēja pateicības upurus un teica To Kungu, savu tēvu Dievu.
23 सारा समुदाय अरू सात दिनसम्म चाड मान्न सहमत भए, र तिनीहरूले रमाहटसित सो गरे ।
Un visa draudze nosprieda, vēl otras septiņas dienas svētīt, un tie svētīja vēl otras septiņas dienas ar prieku.
24 किनकि यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार साँढे र सात हजार भेडा बलिदानको रूपमा दिए । अनि अगुवाहरूले समुदायको निम्ति एक हजार साँढे र दश हजार भेडा दिए । ठुलो संख्यामा पुजारीहरूले आफूलाई शुद्ध पारे ।
Jo Hizkija, Jūda ķēniņš, deva draudzei tūkstoš vēršus un septiņtūkstoš avis. Un tie lielkungi deva draudzei tūkstoš vēršus un desmit tūkstoš avis. Un tie priesteri svētījās lielā pulkā.
25 यहूदाका सारा समुदाय, पुजारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे ।
Un visa Jūda draudze priecājās līdz ar priesteriem un levitiem, arī visa draudze, kas bija nākusi no Israēla, un tie svešinieki, kas bija atnākuši no Israēla zemes, un kas iekš Jūda piemita.
26 यसरी यरूशलेममा ठुलो रमाहट भयो, किनभने त्यस्तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यता त्यहाँ भएको थिएन ।
Tā bija liels prieks Jeruzālemē, jo no Salamana, Dāvida dēla, Israēla ķēniņa, laika Jeruzālemē tā nebija bijis.
27 तब पुजारीहरू र लेवीहरू खडा भए र मानिसहरूलाई आशीर्वाद दिए । तिनीहरूको आवाज सुनियो, र तिनीहरूका प्रार्थना स्वर्गमा परमेश्वरको बस्नुहुने पवित्र वासस्थानसम्मै पुग्यो ।
Un priesteri un leviti cēlās un svētīja tos ļaudis, un viņu balss tapa paklausīta, un viņu lūgšana nāca viņa svētā dzīvoklī debesīs.