< २ इतिहास 3 >
1 तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्यो ठाउँ तयार पारे ।
And Solomon begins to build the house of YHWH in Jerusalem, on the mount of Moriah where He appeared to his father David, in the place that David had prepared, in the threshing-floor of Ornan the Jebusite,
2 तिनले आफ्नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्यो निर्माण गर्न सुरु गरे ।
and he begins to build in the second [day], in the second month, in the fourth year of his reign.
3 परमेश्वरको मन्दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो ।
And [in] these Solomon has been instructed to build the house of God: the length [in] cubits by the former measure [is] sixty cubits, and the breadth twenty cubits.
4 मन्दिरको अगाडिको दलानको लमाइ बीस हात लामो थियो, जुन मन्दिरको चौडाइ बराबर थियो । यसको उचाइ पनि बीस हात थियो, र सोलोमनले यसको भित्रपट्टि निखुर सुनको जलप लगाए ।
As for the porch that [is] on the front, the length [is] by the front of the breadth of the house—twenty cubits, and the height one hundred and twenty [[or twenty]], and he overlays it within with pure gold.
5 तिनले मुख्य सभाकक्षको सिलिङमा सल्लाका फलेकहरू लगाए, जसमा तिनले निखुर सुनको जलप लगाए। अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए ।
And he has covered the large house with fir-trees, and he covers it with fine gold, and causes palms and chains to ascend on it,
6 तिनले मन्दिरलाई बहुमूल्य पत्थरहरूले सिंगारे । सुनचाहिं पर्वेमको सुन थियो ।
and he overlays the house with precious stone for beauty, and the gold [is] gold of Parvaim,
7 तिनले त्यसका दलिन, सँघार, भित्ता र ढोकाहरूमा सुनको जलप लगाए । तिनले त्यसका भित्ताहरूमा करूबहरू बुट्टा कुँदे ।
and he covers the house, the beams, the thresholds, and its walls, and its doors, with gold, and has engraved cherubim on the walls.
8 तिनले महा-पवित्रस्थानको निर्माण गरे । यसको लम्बाइ मन्दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो । त्यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए ।
And he makes the most holy house: its length by the front of the breadth of the house—twenty cubits, and its breadth twenty cubits, and he covers it with six hundred talents of fine gold;
9 कीलाहरूको ओजन पचास शेकेल सुनबाट बनेका थिए । तिनले त्यसका माथिल्ला सतहमा पनि सुनको जलप लगाए ।
and the weight of the nails [is] fifty shekels of gold, and he has covered the upper chambers with gold.
10 तिनले महा-पवित्रस्थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।
And he makes two cherubim in the most holy house, image work, and he overlays them with gold;
11 यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
as for the wings of the cherubim, their length [is] twenty cubits, the wing of the one [is] five cubits, touching the wall of the house, and the other wing [is] five cubits, touching the wing of the other cherub.
12 अर्को करूबको एउटा पखेटा मन्दिरको भित्ता छुने गरी पाँच हातको थियो । त्यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
And the wing of the other cherub [is] five cubits touching the wall of the house, and the other wing [is] five cubits, adhering to the wing of the other cherub.
13 यी करूबका पखेटा बीस हातसम्म फिंजिएका थिए । करूबहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्दिरको मुख्य सभा कोठातिर फर्केका थिए ।
The wings of these cherubim are spreading forth twenty cubits, and they are standing on their feet and their faces [are] inward.
14 तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्यसमा बुट्टा भरेका करूबहरू बनाए ।
And he makes the veil of blue, and purple, and crimson, and fine linen, and causes cherubim to go up on it.
15 सोलोमनले मन्दिरको अगाडिपट्टिका निम्ति दुई वटा स्तम्भ बनाए, जसमा प्रत्येकको उचाइ पैंतीस हात थियो । तिमाथि भएका स्तम्भ-शिरहरू पाँच हात अल्गा थिए ।
And he makes two pillars at the front of the house, thirty-five cubits in length, and the ornament that [is] on their heads [is] five cubits.
16 तिनले स्तम्भका निम्ति सिक्रीहरू बनाए र ती स्तम्भका टुप्पामा राखे । तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे ।
And he makes chains in the oracle, and puts [them] on the heads of the pillars, and makes one hundred pomegranates, and puts [them] on the chains.
17 तिनले मन्दिरको अगाडि ती दुई वटा स्तम्भ खडा गरे, एउटा दाहिनेपट्टि र अर्को देब्रेपट्टि स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भको नाउँ तिनले याकीन र देब्रेपट्टिको स्तम्भको नाउँ बोअज राखे ।
And he raises up the pillars on the front of the temple, one on the right and one on the left, and calls the name of that on the right Jachin, and the name of that on the left Boaz.