< २ इतिहास 29 >

1 हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
Hezekiya yana da shekara ashirin da biyar sa’ad da ya zama sarki, ya kuma yi mulki a Urushalima shekara ashirin da tara. Sunan mahaifiyarsa Abiya,’yar Zakariya.
2 आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।
Ya yi abin da yake daidai a gaban Ubangiji, kamar dai yadda kakansa Dawuda ya yi.
3 तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्‍दिरका ढोकाहरू खोले र तिनको मरम्‍मत गरे ।
A wata na farkon a farkon shekarar mulkinsa, ya buɗe ƙofofin haikalin Ubangiji ya gyara su.
4 तिनले पुजारीहरू र लेवीहरूलाई ल्‍याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए ।
Ya kawo firistoci da Lawiyawa, ya tattara su a filin da yake a gefen gabas
5 तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ ।
ya kuma ce musu, “Ku saurare ni, Lawiyawa! Ku tsarkake kanku yanzu, ku kuma tsarkake haikalin Ubangiji Allah na kakanninku. Ku fid da ƙazanta daga wuri mai tsarki.
6 किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।
Kakanninku ba su yi aminci ba; suka aikata abin da yake mugu a gaban Ubangiji Allahnmu, suka kuma yashe shi. Suka juya fuskokinsu daga mazaunin Ubangiji suka kuma juya masa baya.
7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए ।
Suka kulle ƙofofin shirayi, suka kuma kashe fitilu. Ba su ƙone turare ko su miƙa hadayun ƙonawa a wuri mai tsarki ga Allah na Isra’ila ba.
8 यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।
Saboda haka, fushin Ubangiji ya fāɗo a kan Yahuda da Urushalima; ya mai da su abin tsoro da abin banrazana da kuma abin ba’a, kamar yadda kuke gani da idanunku.
9 त्‍यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्‍नीहरू यसैले कैदमा छन्‌ ।
Abin da ya sa ke nan kakanninmu suka fāɗi ta takobi, kuma shi ya sa aka kai’ya’yanmu maza da’ya’yanmu mata da matanmu bauta.
10 अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस् ।
Yanzu ina niyya in yi alkawari da Ubangiji, Allah na Isra’ila, domin fushinsa yă kauce daga gare mu.
11 ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको छ ।”
’Ya’yana maza, kada ku yi sakaci yanzu, gama Ubangiji ya zaɓe ku don ku tsaya a gabansa ku kuma yi masa hidima, don ku yi hidima a gabansa ku kuma ƙone turare.”
12 तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्‍दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्‍माहका छोरा योआ र योआका छोरा अदन ।
Sai waɗannan Lawiyawa suka shiga aiki, daga Kohatawa Mahat ɗan Amasai da Yowel ɗan Azariya. Daga Kabilar Merari, Kish ɗan Abdi da Azariya ɗan Yahallelel. Daga Gershonawa, Yowa ɗan Zimma da Eden ɗan Yowa.
13 एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्‍याह ।
Daga zuriyar Elizafan, Shimri da Yehiyel. Daga zuriyar Asaf, Zakariya da Mattaniya.
14 हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्‍जीएल ।
Daga iyalin Heman, Yehiyel da Shimeyi. Daga zuriyar Yedutun, Shemahiya da Uzziyel.
15 तिनीहरूले आआफ्‍ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे ।
Da suka tattara’yan’uwansu suka kuma tsarkake kansu, sai suka shiga ciki suka tsarkake haikalin Ubangiji, kamar yadda sarki ya umarta, suna bin maganar Ubangiji.
16 परमप्रभुको मन्‍दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्‍याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्‍सामा लगे ।
Firistoci suka shiga cikin wuri mai tsarki na Ubangiji suka tsarkake shi. Suka fitar da dukan abin da yake marar tsabta da suka samu a haikalin Ubangiji zuwa filin haikalin Ubangiji. Lawiyawa suka ɗauke su suka kai su Kwarin Kidron.
17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे । आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्‍म पुगेका थिए । अनि अझै आठ दिनसम्‍म तिनीहरूले परमप्रभुको मन्‍दिर पवित्र गरिरहे । पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्‍यो काम सिद्ध्याए ।
Suka fara tsarkakewar a rana ta farko na farkon wata, a rana ta takwas na watan kuwa suka kai shirayin Ubangiji. Karin kwana takwas kuma suka tsarkake haikalin Ubangiji kansa, suka gama a rana ta goma sha shida na farkon wata.
18 त्‍यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं, अर्थात्‌ होमबलिको वेदी, त्‍यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्‍ने टेबल, त्‍यसका सबै सामानसमेत ।
Sa’an nan suka tafi wurin Sarki Hezekiya suka faɗa masa, “Mun tsarkake haikalin Ubangiji gaba ɗaya, bagaden ƙone hadaya tare da dukan kayayyakinsa, da tebur don shirya tsarkaken burodi, tare da dukan kayayyakinsa.
19 यसैले हामीले राजा आहाजले आफ्‍नो शासनकालमा विश्‍वासघाती भएर हटाएका जम्‍मै सरसामान पनि हामीले तयारी र पवित्र गर्‍यौँ । हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन्‌ ।”
Mun shirya muka kuma tsarkake dukan kayayyakin da Sarki Ahaz ya cire cikin rashin amincinsa yayinda yake sarki. Yanzu suna a gaban bagaden Ubangiji.”
20 तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए ।
Da sassafe kashegari Sarki Hezekiya ya tattara manyan birni wuri ɗaya, suka haura zuwa haikalin Ubangiji.
21 तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्‍याए, अनि राज्‍य, पवित्रस्‍थान र यहूदाको लागि पापबलिको निम्‍ति सात वटा बोका ल्‍याए । तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।
Suka kawo bijimai bakwai, raguna bakwai, bunsurai bakwai da kuma awaki mata bakwai a matsayin hadaya don zunubi domin masarauta, domin wuri mai tsarki da kuma domin Yahuda. Sarki ya umarce firistoci, zuriyar Haruna, su miƙa waɗannan a bagaden Ubangiji.
22 यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।
Saboda haka suka yayyanka bijiman, firistoci suka karɓi jinin suka yayyafa a kan bagade. Suka kuma yanka ragunan suka yayyafa jinin a bagaden. Haka kuma suka yanka’yan ragunan suka yayyafa jinin a bagaden.
23 तिनीहरूले पापबलिको निम्‍ति बोकाहरू राजा र समुदायको अघि ल्‍याए । तिनीहरूले तीमाथि आआफ्‍ना हात राखे ।
Aka kawo awaki domin hadaya don zunubi a gaban sarki da taron, suka kuwa ɗibiya hannuwansu a kansu.
24 पुजारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्‍ति प्रायश्‍चित गर्न पापबलि स्‍वरूप वेदीमा चढाए, किनकि होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्‍ति चढाउनुपर्छ भन्‍ने हुकुम राजाले दिएका थिए ।
Sa’an nan firistoci suka yayyanka awakin suka miƙa jininsu a bagade domin hadaya don zunubi don kafara saboda dukan Isra’ila, domin sarki ya umarta a yi hadaya ta ƙonawa da hadaya don zunubi domin dukan Isra’ila.
25 हिजकियाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आआफ्‍नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्‍ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।
Sarki Hezekiya ya ajiye Lawiyawa a cikin haikalin Ubangiji tare da ganguna, garayu da molaye, yadda Dawuda da Gad mai duba na sarki da kuma annabi Natan suka tsara. Ubangiji ne ya umarta wannan ta wurin annabawansa.
26 लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।
Saboda haka Lawiyawa suka tsaya a shirye tare da kayan kiɗin Dawuda, firistoci kuma tare da ƙahoninsu.
27 हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए । जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो ।
Hezekiya ya ba da umarni a miƙa hadaya ta ƙonawa a kan bagade. Yayinda aka fara miƙawa, ana rerawa ga Ubangiji, tare da bushe-bushe da kiɗe-kiɗen kayan waƙa na Dawuda sarkin Isra’ila.
28 सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए । यो काम होमबलि खतम नहोउञ्‍जेल निरन्‍तर जारी रह्‍यो ।
Dukan taron suka durƙusa suka yi sujada, yayinda mawaƙa suke rerawa, ana kuma busa ƙahoni, dukan wannan ya ci gaba sai da aka gama miƙa hadaya ta ƙonawa.
29 जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्‍टो परे र आराधना गरे ।
Sa’ad da aka gama miƙawa, sai sarki da mutanen da suke tare da shi suka durƙusa suka yi sujada.
30 यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।
Sarki Hezekiya da fadawansa suka umarci Lawiyawa su yabi Ubangiji da kalmomin Dawuda da na Asaf mai duba. Saboda haka suka rera yabai da murna, suka sunkuyar da kawunansu suka yi sujada.
31 तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्‍यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्‍याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्‍ना होमबलि ल्‍याए ।
Sa’an nan Hezekiya ya ce, “Yanzu kun keɓe kanku ga Ubangiji. Ku zo ku kuma kawo hadayu da hadayun godiya zuwa ga haikalin Ubangiji.” Saboda haka taron suka kawo hadayu da hadayun godiya, da kuma dukan waɗanda suke da niyya suka kawo hadayun ƙonawa.
32 समुदायले ल्‍याएका होमबलिको संख्‍या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए । यी सबै परमप्रभुको निम्‍ति होमबलि थिए ।
Yawan hadayun ƙonawan da taron suka kawo, bijimai saba’in ne, raguna ɗari da kuma bunsurai ɗari biyu, dukansu kuwa domin hadayun ƙonawa ga Ubangiji ne.
33 परमप्रभुमा अर्पण गरिएका बलिदानहरू छ सय साँढे र तीन हजार भेडा थिए ।
Dabbobin da aka tsarkake a matsayi hadayu sun kai bijimai ɗari shida da tumaki da kuma awaki dubu uku.
34 तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्‍यो काम नसिद्धिएसम्‍म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्‍म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्‍दा लेवीहरू नै बढी होसियार भएका थिए ।
Firistoci fa, suka kāsa sosai don fiɗan dukan dabbobin da za a miƙa don hadayun ƙonawa; saboda haka’yan’uwansu Lawiyawa suka taimake su har aka gama aiki kafin sauran firistoci su sami damar tsarkake kansu. Gama Lawiyawa sun fi firistoci himma wajen tsarkakewar kansu.
35 यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्‍दिरको सेवा व्‍यवस्‍थित गरियो ।
Aka kasance da hadayun ƙonawa a yalwace, tare da kitsen hadayun salama da hadayun sha da suke tafe da hadayun ƙonawa. Saboda haka aka sāke kafa hidimar haikalin Ubangiji.
36 परमेश्‍वरले मानिसहरूका निम्‍ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्‍यो काम चाँडै नै पूरा भयो ।
Hezekiya da dukan mutane suka yi farin ciki game da abin da Allah ya yi wa mutanensa, domin ya faru farat ɗaya.

< २ इतिहास 29 >