< २ इतिहास 29 >
1 हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
Ezéchias devint roi à l’âge de vingt cinq ans, et il régna vingt-neuf ans à Jérusalem. Sa mère s’appelait Abia, fille de Zacharias.
2 आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो सो तिनले गरे ।
Il fit ce qui est droit aux yeux de Yahweh, selon tout ce qu’avait fait David, son père.
3 तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू खोले र तिनको मरम्मत गरे ।
La première année de son règne, le premier mois, il ouvrit les portes de la maison de Yahweh et il les répara.
4 तिनले पुजारीहरू र लेवीहरूलाई ल्याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए ।
Il fit venir les prêtres et les lévites et, les ayant réunis sur la place orientale,
5 तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र पार, र पवित्रस्थानबाट अपवित्र कुरा हटाइदेओ ।
il leur dit: « Ecoutez-moi, lévites! Sanctifiez-vous maintenant, sanctifiez la maison de Yahweh, le Dieu de vos pères, et faites sortir du sanctuaire ce qui est impur.
6 किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्वरको दृष्टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्यागे, परमप्रभुको बस्नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्ना पीठ फर्काए ।
Car nos pères ont péché, ils ont fait ce qui est mal aux yeux de Yahweh, notre Dieu, ils l’ont abandonné, ils ont détourné leur visage de la demeure de Yahweh et lui ont tourné le dos.
7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्वरको पवित्रस्थानमा धूप बाल्न र होमबलि चढाउन छोडिदिए ।
Ils ont même fermé les portes du portique et éteint les lampes, et ils n’ont pas fait brûler de parfums ni offert d’holocaustes dans le sanctuaire au Dieu d’Israël.
8 यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्न सक्छौ ।
Et la colère de Yahweh a été sur Juda et Jérusalem, et il en a fait un objet de terreur, de stupeur et de moquerie, comme vous le voyez de vos yeux;
9 त्यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्नीहरू यसैले कैदमा छन् ।
et voici qu’à cause de cela, nos pères sont tombés par l’épée, et nos fils, nos filles et nos femmes sont en captivité.
10 अब इस्राएलका परमप्रभु परमेश्वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्ड क्रोध हामीहरूबाट हटोस् ।
Maintenant, j’ai l’intention de faire alliance avec Yahweh, le Dieu d’Israël, pour que l’ardeur de sa colère se détourne de nous.
11 ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्नुभएको छ ।”
Maintenant, mes enfants, ne soyez plus négligents; car c’est vous que Yahweh a choisis pour vous tenir devant lui à son service, pour être ses serviteurs et pour lui offrir des parfums. »
12 तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्माहका छोरा योआ र योआका छोरा अदन ।
Alors les lévites se levèrent: Mahath, fils d’Amasaï, Joël, fils d’Azarias, des fils des Caathites; des fils de Mérari, Cis fils d’Abdi, Azarias, fils de Jalaléel; des Gersonites, Joah, fils de Zemma, Eden, fils de Joah;
13 एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्याह ।
des fils d’Elisaphan, Samri et Jahiel; des fils d’Asaph, Zacharias et Mathanias;
14 हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्जीएल ।
des fils d’Héman, Jahiel et Seméï; et des fils d’Idithun, Séméïas et Oziel.
15 तिनीहरूले आआफ्ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्दिरलाई शुद्ध पार्न तिनीहरू त्यसभित्र पसे ।
Ils réunirent leurs frères et, après s’être sanctifiés, ils vinrent, selon l’ordre du roi, d’après les paroles de Yahweh, pour purifier la maison de Yahweh.
16 परमप्रभुको मन्दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्दिरको चोकमा ल्याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्सामा लगे ।
Les prêtres entrèrent dans l’intérieur de la maison de Yahweh pour la purifier; ils firent sortir dans le parvis de la maison de Yahweh toutes les impuretés qu’ils trouvèrent dans le temple de Yahweh, et de là les lévites les prirent pour les emporter dehors à la vallée de Cédron.
17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे । आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्म पुगेका थिए । अनि अझै आठ दिनसम्म तिनीहरूले परमप्रभुको मन्दिर पवित्र गरिरहे । पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए ।
Ils commencèrent à purifier le premier jour du premier mois; le huitième jour du mois, ils entrèrent dans le portique de Yahweh, et ils mirent huit jours à purifier la maison de Yahweh; le seizième jour du premier mois, ils avaient achevé.
18 त्यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्दिर जम्मै पवित्र गरिसक्यौं, अर्थात् होमबलिको वेदी, त्यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्ने टेबल, त्यसका सबै सामानसमेत ।
Ils se rendirent ensuite chez le roi Ezéchias et dirent: « Nous avons purifié toute la maison de Yahweh, l’autel des holocaustes et tous ses ustensiles, et la table de proposition et tous ses ustensiles.
19 यसैले हामीले राजा आहाजले आफ्नो शासनकालमा विश्वासघाती भएर हटाएका जम्मै सरसामान पनि हामीले तयारी र पवित्र गर्यौँ । हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्ने राखिएका छन् ।”
Et tous les ustensiles que le roi Achaz avait profanés pendant son règne, lors de ses transgressions, nous les avons remis en état et purifiés; ils sont devant l’autel de Yahweh. »
20 तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए ।
Le roi Ezéchias, s’étant levé de bon matin, assembla les chefs de la ville et monta à la maison de Yahweh.
21 तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्याए, अनि राज्य, पवित्रस्थान र यहूदाको लागि पापबलिको निम्ति सात वटा बोका ल्याए । तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।
Ils présentèrent sept taureaux, sept béliers, sept agneaux et sept boucs, en sacrifice pour le péché, pour le royaume, pour le sanctuaire et pour Juda. Le roi dit aux prêtres, fils d’Aaron, de les offrir sur l’autel de Yahweh.
22 यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।
Ils immolèrent les bœufs, et les prêtres recueillirent le sang, qu’ils répandirent sur l’autel; ils immolèrent les béliers, et répandirent le sang sur l’autel; ils immolèrent les agneaux, et répandirent le sang sur l’autel.
23 तिनीहरूले पापबलिको निम्ति बोकाहरू राजा र समुदायको अघि ल्याए । तिनीहरूले तीमाथि आआफ्ना हात राखे ।
Puis ils firent approcher les boucs pour le péché devant le roi et l’assemblée, et tous posèrent la main sur eux.
24 पुजारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलि स्वरूप वेदीमा चढाए, किनकि होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्ति चढाउनुपर्छ भन्ने हुकुम राजाले दिएका थिए ।
Les prêtres les égorgèrent et avec leur sang ils firent l’expiation à l’autel, faisant l’expiation pour tout Israël; car c’était pour tout Israël que le roi avait ordonné l’holocauste et le sacrifice pour le péché.
25 हिजकियाले लेवीहरूलाई परमेश्वरको मन्दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्याली, वीणा र सारङ्गीका साथमा आआफ्नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।
Il fit placer les lévites dans la maison de Yahweh avec des cymbales, des cithares et des harpes, selon l’ordre de David, de Gad, le voyant du roi, et de Nathan le prophète; car cet ordre venait de Yahweh, par l’organe de ses prophètes.
26 लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।
Les lévites prirent place avec les instruments de David, et les prêtres avec les trompettes.
27 हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए । जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो ।
Et Ezéchias dit d’offrir l’holocauste, sur l’autel. Au moment où commença l’holocauste, commencèrent aussi le chant de Yahweh et le son des trompettes, accompagnés avec les instruments de David, roi d’Israël.
28 सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए । यो काम होमबलि खतम नहोउञ्जेल निरन्तर जारी रह्यो ।
Toute l’assemblée se prosterna, on chanta le cantique et l’on sonna des trompettes, le tout jusqu’à ce que l’holocauste fut achevé.
29 जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्टो परे र आराधना गरे ।
Quand l’holocauste fut achevé, le roi et tous ceux qui étaient avec lui fléchirent le genou et adorèrent.
30 यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्दमा परमप्रभुको स्तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्तुति गाए र घोप्टो परे र आरधना गरे ।
Le roi Ezéchias et les chefs dirent aux lévites de célébrer Yahweh avec les paroles de David et d’Asaph le voyant, et ils célébrèrent avec joie, et, s’inclinant, ils adorèrent.
31 तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्यवाद बलिहरू ल्याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्ना होमबलि ल्याए ।
Alors Ezéchias prit la parole et dit: « Maintenant, vous vous êtes consacrés de nouveau à Yahweh, approchez-vous, présentez des sacrifices et des actions de grâce dans la maison de Yahweh. » Et l’assemblée présenta des sacrifices et des actions de grâces, et tous ceux dont le cœur était généreux offrirent des holocaustes.
32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए । यी सबै परमप्रभुको निम्ति होमबलि थिए ।
Le nombre des holocaustes qu’offrit l’assemblée fut de soixante dix bœufs, cent béliers et deux cents agneaux: tout cela pour un holocauste à Yahweh.
33 परमप्रभुमा अर्पण गरिएका बलिदानहरू छ सय साँढे र तीन हजार भेडा थिए ।
On consacra en outre six cents bœufs et trois mille brebis.
34 तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्यो काम नसिद्धिएसम्म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्दा लेवीहरू नै बढी होसियार भएका थिए ।
Mais les prêtres, étant en petit nombre, ne purent dépouiller tous les holocaustes; leurs frères, les lévites, les aidèrent jusqu’à ce que l’ouvrage fut fini et jusqu’à ce que les autres prêtres se fussent sanctifiés, car les lévites avaient mis plus de sincérité de cœur que les prêtres à se sanctifier.
35 यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्दिरको सेवा व्यवस्थित गरियो ।
Il y avait d’ailleurs beaucoup d’holocaustes, outre les graisses des sacrifices pacifiques et les libations pour les holocaustes. Ainsi fut rétabli le service de la maison de Yahweh.
36 परमेश्वरले मानिसहरूका निम्ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्यो काम चाँडै नै पूरा भयो ।
Ezéchias et tout le peuple se réjouirent de ce que Dieu avait préparé pour le peuple, car la chose s’était faite subitement.