< २ इतिहास 28 >
1 आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा जे असल थियो सो गरेनन् ।
Aház je bil star dvajset let, ko je začel kraljevati in v Jeruzalemu je kraljeval šestnajst let, toda ni delal tega, kar je bilo pravilno v Gospodovih očeh, kakor njegov oče David.
2 बरू, तिनी पनि इस्राएलका राजाहरूका चालमा हिंडे । तिनले बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए ।
Kajti hodil je po poteh Izraelovih kraljev in prav tako je naredil ulite podobe za Báale.
3 यसको साथै तिनले बेन-हिन्नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्नेबाट परमप्रभुले देशबाट निकाल्नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्दा चालमा हिंडेर तिनले आफ्ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।
Poleg tega je zažigal kadilo v dolini Hinómovega sina in svoje otroke sežigal v ognju, po ogabnostih poganov, ki jih je Gospod pregnal pred Izraelovimi otroki.
4 तिनले अल्गा ठाउँहरू र डाँडाका टाकुराहरू र हरेक हरिया रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।
Tudi daroval je in zažigal kadilo na visokih krajih, na hribih in pod vsakim zelenim drevesom.
5 यसकारण परमप्रभु आहाजका परमेश्वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्त गरे र तिनका मानिसमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे ।
Zato ga je Gospod, njegov Bog, izročil v roko sirskega kralja in udarili so ga in izmed njih odvedli veliko množico ujetnikov in jih privedli v Damask. Izročen je bil tudi v roko Izraelovega kralja, ki ga je udaril z velikim pokolom.
6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बिस हजार सिपाहीलाई मारे, र ती सबै जना शक्तिशाली योद्धा थिए, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।
Kajti Remaljájev sin Pékah jih je v Judu v enem dnevu ubil sto dvajset tisoč, ki so bili vsi hrabri možje, ker so zapustili Gospoda, Boga svojih očetov.
7 जिक्री नामको एक जना वीर एफ्राइमीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजापछिका मुख्य व्यक्ति एल्कानालाई मारे ।
Zihrí, mogočen mož iz Efrájima, je usmrtil kraljevega sina Maasejája, voditelja hiše Azrikáma in Elkanája, ki je bil poleg kralja.
8 तिनीहरूका आफन्तबाट दुई लाख पत्नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्याए ।
Izraelovi otroci so odvedli ujetnike izmed njihovih bratov, dvesto tisoč žensk, sinov in hčera ter od njih odvzeli tudi mnogo plena in plen prinesli v Samarijo.
9 तर त्यहाँ ओदेद नामका परमप्रभुका एक अगमवक्ता थिए । तिनी सामरियामा फर्किरहेको फौजलाई भेट्न गए । तिनले तिनीहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनुभयो । तर तिमीहरूले चाहिं रीसमा तिनीहरूको संहार गर्यौ, जो स्वर्गसम्मै पुग्यो ।
Toda tam je bil Gospodov prerok, katerega ime je bilo Odéd in ta je šel ven pred vojsko, ki je prišla do Samarije ter jim rekel: »Glejte, ker je bil Gospod, Bog vaših očetov, besen na Juda, jih je izročil v vašo roko in vi ste jih umorili v besnenju, ki sega do nebes.
10 अब तिमीहरू यहूदा र यरूशलेमका पुरुष र स्त्री दुवैलाई दास-दासी बनाउने इच्छा गर्छौ । तर त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु आफ्नो पापको दोषी हुँदैनौ?
In sedaj ste se namenili, da obdržite Judove in jeruzalemske otroke, podrejene sebi za sužnje in sužnjice. Toda ali niso z vami, celo z vami, grehi zoper Gospoda, vašega Boga?
11 यसैले अब मेरा कुरा सुनः आफ्ना दाजुभाइबाट तिमीहरूले कैद गरेर ल्याएकाहरूलाई फर्काइदेओ, किनकि परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूमाथि छ ।”
Sedaj me torej poslušajte in ponovno osvobodite ujetnike, ki ste jih zajeli izmed svojih bratov, kajti nad vami je ogorčen Gospodov bes.
12 तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात् येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।
Potem so nekateri izmed poglavarjev Efrájimovih otrok, Johanánov sin Azarjá, Mešilemótov sin Berehjá, Šalúmov sin Hizkijá in Hadlájev sin Amasá vstali zoper tiste, ki so prišli iz vojne
13 तिनीहरूले उनीहरूलाई भने, “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न, किनकि तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरूमा परमप्रभुको विरुद्धमा पाप ल्याउनेछ, हाम्रा पाप र दोष थप्नेछ, किनकि हाम्रा दोषहरू ठुला छन् र इस्राएलको विरुद्धमा भयानक क्रोध आइपरेको छ ।”
ter jim rekli: »Ujetnikov ne boste privedli sèm, kajti kakor smo že grešili zoper Gospoda, ste se vi namenili, da dodate še več k našim grehom in k našemu prestopku, kajti naš prestopek je velik in zoper Izraela je ogorčen bes.
14 यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालहरू अगुवाहरू र सबै समुदायका उपस्थितिमा छोडिदिए ।
Tako so oboroženi možje pustili ujetnike in plen pred princi in pred vso skupnostjo.
15 नाम तोकेर जिम्मेवारी पाएका मानिसहरू खडा भए र कैदीहरूलाई लगेर लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए । तिनीहरूलाई लुगा लगाइदिए र तिनीहरूलाई र जुत्ता दिए । तिनीहरूले उनीहरूलाई खान र पानी दिए । तिनीहरूले उनीहरूका घाउहरूको उपचार गरिदिए र कमजोरहरूलाई गधामा चढाए । तिनीहरूले उनीहरूलाई यरीहोमा (खजूरका रुखहरूको सहरमा ) आफ्ना आफन्तहरूकहाँ लगे । त्यसपछि तिनीहरू सामरिया फर्के ।
Možje, ki so bili določeni po imenu, so vstali, vzeli ujetnike in s plenom oblekli vse, ki so bili med njimi nagi, jih odeli, obuli, jim dali jesti in piti ter jih mazilili in vse slabotne med njimi odvedli na oslih ter jih privedli do Jerihe, mesta palmovih dreves, do njihovih bratov. Potem so se vrnili v Samarijo.
16 त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाए ।
Ob tistem času je kralj Aház poslal k asirskim kraljem, da mu pomagajo.
17 किनकि एदोमीहरूले फेरि आक्रमण गर्ने आएका र यहूदालाई जितेर कैदी बनाएर लगेका थिए ।
Kajti Edómci so ponovno prišli in udarili Juda in odvedli ujetnike.
18 पलिश्तीहरूले पनि पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा आक्रमण गरे । उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरू कब्जा गरे । तिनीहरूले ती ठाउँमा बसोबास गर्न गए ।
Filistejci so vdrli tudi v mesta spodnje dežele in jug Juda in zavzeli Bet Šemeš, Ajalón, Gederót, Sohó in njegove vasi, Timno z njenimi vasmi, tudi Gimzó in njegove vasi in tam prebivali.
19 किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्याउनुभयो । किनकि यहूदामा तिनले दुष्टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्ध धेरै पाप गरेका थिए ।
Kajti Gospod je ponižal Juda zaradi Izraelovega kralja Aháza, kajti ta je slekel Juda in se hudo pregrešil zoper Gospoda.
20 अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए र तिनलाई सहायता दिनुको साटोमा झन् तिनलाई कष्ट दिए ।
K njemu je prišel asirski kralj Tiglát Pilnéser in ga stiskal, toda ni ga okrepil.
21 किनकि आहाजले अश्शूरका राजालाई दिनको निम्ति परमप्रभुको मन्दिर, राजा र भारदारहरूका महलहरू लुटे । तर यसले तिनलाई केही फाइदा भएन ।
Kajti Aház je odvzel delež iz Gospodove hiše in iz kraljeve hiše in od princev in to dal asirskemu kralju, toda ta mu ni pomagal.
22 तिनै राजा आहाजले आफ्नो कष्टको समयमा परमप्रभुको विरुद्ध झन् धेरै पाप गरे ।
V času svoje stiske je še bolj grešil zoper Gospoda. To je ta kralj Aház.
23 किनकि तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरुन् ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने ।
Kajti žrtvoval je bogovom Damaska, ki so ga udarili in rekel: »Ker so jim pomagali bogovi sirskih kraljev, zato bom žrtvoval njim, da bi mi lahko pomagali.« Toda oni so bili propad njemu in vsemu Izraelu.
24 आहाजले परमप्रभुको मन्दिरका भाँडाकुँडाहरू जम्मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्दिरका ढोकाहरू पनि बन्द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए ।
Aház je zbral skupaj posode iz Božje hiše, razbil na koščke posode iz Božje hiše in zaprl vrata Gospodove hiše ter si naredil oltarje na vsakem jeruzalemskem vogalu.
25 यहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्ति डाँडाहरूका थानहरू बनाए । तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए ।
V vsakem posameznem Judovem mestu je postavil visoke kraje, da zažigajo kadilo drugim bogovom in do jeze dražijo Gospoda, Boga svojih očetov.
26 तिनको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन् ।
Torej ostala njegova dela in vse njegove poti, prve in zadnje, glej, zapisane so v knjigi Judovih in Izraelovih kraljev.
27 आहाज आफ्ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन् । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
Aház je zaspal s svojimi očeti in pokopali so ga v mestu, torej v Jeruzalemu. Toda niso ga prinesli v mavzoleje Izraelovih kraljev. Namesto njega je zakraljeval njegov sin Ezekíja.