< २ इतिहास 28 >

1 आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।
و آحاز بیست ساله بود که پادشاه شد وشانزده سال در اورشلیم پادشاهی کرد. اما آنچه در نظر خداوند پسند بود، موافق پدرش داود به عمل نیاورد.۱
2 बरू, तिनी पनि इस्राएलका राजाहरूका चालमा हिंडे । तिनले बाल देवताहरूका निम्‍ति ढलौटे मूर्तिहरू बनाए ।
بلکه به طریق های پادشاهان اسرائیل سلوک نموده، تمثالها نیز برای بعلیم ریخت.۲
3 यसको साथै तिनले बेन-हिन्‍नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्‍नेबाट परमप्रभुले देशबाट निकाल्‍नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्‍दा चालमा हिंडेर तिनले आफ्‍ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।
و در وادی ابن هنوم بخورسوزانید، و پسران خود را برحسب رجاسات امت هایی که خداوند از حضور بنی‌اسرائیل اخراج نموده بود، سوزانید.۳
4 तिनले अल्‍गा ठाउँहरू र डाँडाका टाकुराहरू र हरेक हरिया रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।
و بر مکان های بلندو تلها و زیر هر درخت سبز قربانی‌ها گذرانید وبخور‌سوزانید.۴
5 यसकारण परमप्रभु आहाजका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्‍त गरे र तिनका मानिसमध्‍ये धेरै जनालाई कैद गरेर दमस्‍कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे ।
بنابراین، یهوه خدایش او را به‌دست پادشاه ارام تسلیم نمود که ایشان او را شکست داده، اسیران بسیاری از او گرفته، به دمشق بردند. و به‌دست پادشاه اسرائیل نیز تسلیم شد که او راشکست عظیمی داد.۵
6 रमल्‍याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बिस हजार सिपाहीलाई मारे, र ती सबै जना शक्तिशाली योद्धा थिए, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।
و فقح بن رملیا صد وبیست هزار نفر را که جمیع ایشان مردان جنگی بودند، در یک روز در یهودا کشت، چونکه یهوه خدای پدران خود را ترک نموده بودند.۶
7 जिक्री नामको एक जना वीर एफ्राइमीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजापछिका मुख्‍य व्यक्ति एल्‍कानालाई मारे ।
و زکری که مرد شجاع افرایمی بود، معسیا پسر پادشاه، عزریقام ناظر خانه، و القانه را که شخص اول بعداز پادشاه بود، کشت.۷
8 तिनीहरूका आफन्तबाट दुई लाख पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्‍याए ।
پس بنی‌اسرائیل دویست هزار نفر زنان وپسران و دختران از برادران خود به اسیری بردند ونیز غنیمت بسیاری از ایشان گرفتند و غنیمت رابه سامره بردند.۸
9 तर त्‍यहाँ ओदेद नामका परमप्रभुका एक अगमवक्ता थिए । तिनी सामरियामा फर्किरहेको फौजलाई भेट्न गए । तिनले तिनीहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्‍पिदिनुभयो । तर तिमीहरूले चाहिं रीसमा तिनीहरूको संहार गर्‍यौ, जो स्वर्गसम्मै पुग्यो ।
و در آنجا نبی از جانب خداوندعودید نام بود که به استقبال لشکری که به سامره برمی گشتند آمده، به ایشان گفت: «اینک از این جهت که یهوه خدای پدران شما بر یهوداغضبناک می‌باشد، ایشان را به‌دست شما تسلیم نمود و شما ایشان را با غضبی که به آسمان رسیده است، کشتید.۹
10 अब तिमीहरू यहूदा र यरूशलेमका पुरुष र स्‍त्री दुवैलाई दास-दासी बनाउने इच्‍छा गर्छौ । तर त्‍यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आफ्नो पापको दोषी हुँदैनौ?
و حال شما خیال می‌کنید که پسران یهودا و اورشلیم را به عنف غلامان وکنیزان خود سازید. و آیا با خود شما نیز تقصیرهابه ضد یهوه خدای شما نیست؟۱۰
11 यसैले अब मेरा कुरा सुनः आफ्‍ना दाजुभाइबाट तिमीहरूले कैद गरेर ल्‍याएकाहरूलाई फर्काइदेओ, किनकि परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूमाथि छ ।”
پس الان مرابشنوید و اسیرانی را که از برادران خود آورده‌اید، برگردانید زیرا که حدت خشم خداوند بر شمامی باشد.»۱۱
12 तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।
آنگاه بعضی از روسای بنی افرایم یعنی عزریا ابن یهوحانان و برکیا ابن مشلیموت ویحزقیا ابن شلوم و عماسا ابن حدلای با آنانی که از جنگ می‌آمدند، مقاومت نمودند.۱۲
13 तिनीहरूले उनीहरूलाई भने, “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्‍याउनुहुन्‍न, किनकि तिमीहरूले जे विचार गरिरहेका छौ त्‍यसले गर्दा हामीहरूमा परमप्रभुको विरुद्धमा पाप ल्याउनेछ, हाम्रा पाप र दोष थप्‍नेछ, किनकि हाम्रा दोषहरू ठुला छन् र इस्राएलको विरुद्धमा भयानक क्रोध आइपरेको छ ।”
و به ایشان گفتند که «اسیران را به اینجا نخواهید آوردزیرا که تقصیری به ضد خداوند بر ما هست وشما می‌خواهید که گناهان و تقصیرهای ما رامزید کنید زیرا که تقصیر ما عظیم است و حدت خشم بر اسرائیل وارد شده است.»۱۳
14 यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालहरू अगुवाहरू र सबै समुदायका उपस्‍थितिमा छोडिदिए ।
پس لشکریان، اسیران و غنیمت را پیش روسا وتمامی جماعت واگذاشتند.۱۴
15 नाम तोकेर जिम्‍मेवारी पाएका मानिसहरू खडा भए र कैदीहरूलाई लगेर लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए । तिनीहरूलाई लुगा लगाइदिए र तिनीहरूलाई र जुत्ता दिए । तिनीहरूले उनीहरूलाई खान र पानी दिए । तिनीहरूले उनीहरूका घाउहरूको उपचार गरिदिए र कमजोरहरूलाई गधामा चढाए । तिनीहरूले उनीहरूलाई यरीहोमा (खजूरका रुखहरूको सहरमा ) आफ्ना आफन्तहरूकहाँ लगे । त्‍यसपछि तिनीहरू सामरिया फर्के ।
و آنانی که اسم ایشان مذکور شد برخاسته، اسیران را گرفتند وهمه برهنگان ایشان را از غنیمت پوشانیده، ملبس ساختند و کفش به پای ایشان کرده، ایشان راخورانیدند و نوشانیدند و تدهین کرده، تمامی ضعیفان را بر الاغها سوار نموده، ایشان را به اریحا که شهر نخل باشد نزد برادرانشان رسانیده، خود به سامره مراجعت کردند.۱۵
16 त्‍यस बेला राजा आहाजले अश्‍शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाए ।
و در آن زمان، آحاز پادشاه نزد پادشاهان آشور فرستاد تا او را اعانت کنند.۱۶
17 किनकि एदोमीहरूले फेरि आक्रमण गर्ने आएका र यहूदालाई जितेर कैदी बनाएर लगेका थिए ।
زیرا که ادومیان هنوز می‌آمدند و یهودا را شکست داده، اسیران می‌بردند.۱۷
18 पलिश्‍तीहरूले पनि पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा आक्रमण गरे । उनीहरूले बेथशेमेश, अय्‍यालोन र गदेरोत, अनि सोखो, तिम्‍ना र गिम्‍जो, तिनका बस्‍तीहरू कब्‍जा गरे । तिनीहरूले ती ठाउँमा बसोबास गर्न गए ।
و فلسطینیان بر شهرهای هامون و جنوبی یهودا هجوم آوردند و بیت شمس و ایلون و جدیروت و سوکو را با دهاتش وتمنه را با دهاتش و جمزو را با دهاتش گرفته، درآنها ساکن شدند.۱۸
19 किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्‍याउनुभयो । किनकि यहूदामा तिनले दुष्‍टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्ध धेरै पाप गरेका थिए ।
زیرا خداوند یهودا را به‌سبب آحاز، پادشاه اسرائیل ذلیل ساخت، چونکه او یهودا را به‌سرکشی واداشت و به خداوندخیانت عظیمی ورزید.۱۹
20 अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर तिनीकहाँ आए र तिनलाई सहायता दिनुको साटोमा झन्‌ तिनलाई कष्‍ट दिए ।
پس تلغت فلناسر، پادشاه آشور بر او برآمد و او را به تنگ آورد ووی را تقویت نداد.۲۰
21 किनकि आहाजले अश्‍शूरका राजालाई दिनको निम्ति परमप्रभुको मन्‍दिर, राजा र भारदारहरूका महलहरू लुटे । तर यसले तिनलाई केही फाइदा भएन ।
زیرا که آحاز خانه خداوندو خانه های پادشاه و سروران را تاراج کرده، به پادشاه آشور داد، اما او را اعانت ننمود.۲۱
22 तिनै राजा आहाजले आफ्‍नो कष्‍टको समयमा परमप्रभुको विरुद्ध झन्‌ धेरै पाप गरे ।
و چون او را به تنگ آورده بود، همین آحازپادشاه به خداوند بیشتر خیانت ورزید.۲۲
23 किनकि तिनले आफूलाई परास्‍त गर्ने दमस्‍कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरुन्‌ ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने ।
زیرا که برای خدایان دمشق که او را شکست داده بودند، قربانی گذرانید و گفت: «چونکه خدایان پادشاهان ارام، ایشان را نصرت داده‌اند، پس من برای آنهاقربانی خواهم گذرانید تا مرا اعانت نمایند.» اماآنها سبب هلاکت وی و تمامی اسرائیل شدند.۲۳
24 आहाजले परमप्रभुको मन्‍दिरका भाँडाकुँडाहरू जम्‍मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्‍दिरका ढोकाहरू पनि बन्‍द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए ।
و آحاز اسباب خانه خدا را جمع کرد و آلات خانه خدا را خرد کرد و درهای خانه خداوند رابسته، مذبح‌ها برای خود در هر گوشه اورشلیم ساخت.۲۴
25 यहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्‍ति डाँडाहरूका थानहरू बनाए । तिनले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्‍याए ।
و در هر شهری از شهرهای یهودا، مکان های بلند ساخت تا برای خدایان غریب بخور‌سوزانند. پس خشم یهوه خدای پدران خود را به هیجان آورد.۲۵
26 तिनको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूका पुस्‍तकमा लेखिएका छन्‌ ।
و بقیه وقایع وی و همه طریق های اول و آخر او، اینک در تواریخ پادشاهان یهودا و اسرائیل مکتوب است.۲۶
27 आहाज आफ्‍ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन्‌ । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
پس آحاز با پدران خود خوابید و او را در شهراورشلیم دفن کردند، اما او را به مقبره پادشاهان اسرائیل نیاوردند. و پسرش حزقیا به‌جایش پادشاه شد.۲۷

< २ इतिहास 28 >