< २ इतिहास 27 >
1 योताम राजगद्दी आरोहण गर्दा पच्चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।
Jotám je bil star petindvajset let, ko je začel kraljevati in v Jeruzalemu je kraljeval šestnajst let. Ime njegove matere je bilo Jerúša, Cadókova hči.
2 हरेक कुरामा आफ्ना पिता उज्जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्ना दुष्ट चालमा लागिरहेका थिए ।
Delal je to, kar je bilo pravilno v Gospodovih očeh, glede na vse to, kar je delal njegov oče Uzíjah. Vendar ni vstopil v Gospodov tempelj. Ljudstvo pa je še počelo izprijeno.
3 तिनले परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।
Zgradil je visoka velika vrata Gospodove hiše in na obzidju Ofele je mnogo gradil.
4 यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्ला र धरहराहरू बनाए ।
Poleg tega je zgradil mesta v Judovih gorah in v gozdovih je zgradil gradove in stolpe.
5 अम्मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्त गरे । त्यसै वर्ष अम्मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्चिस हजार मुरी गहूँ र पच्चिस हजार मुरी जौ दिए । अम्मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्यसरी नै तिनलाई दिए ।
Boril se je tudi s kraljem Amóncev in prevladal zoper njih. Amónovi otroci so mu isto leto dali sto talentov srebra, sto tisoč mer pšenice in deset tisoč [mer] ječmena. Toliko so mu Amónovi otroci plačali tako drugo leto kakor tretje leto.
6 यसरी परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए ।
Tako je Jotám postal mogočen, ker je pripravil svoje poti pred Gospodom, svojim Bogom.
7 योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन् ।
Torej preostala izmed Jotámovih dejanj in vse njegove vojne in njegove poti, glej, zapisane so v knjigi Izraelovih in Judovih kraljev.
8 तिनी राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे ।
Star je bil petindvajset let, ko je začel kraljevati in v Jeruzalemu je kraljeval šestnajst let.
9 योताम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।
Jotám je zaspal s svojimi očeti in pokopali so ga v Davidovem mestu in namesto njega je zakraljeval njegov sin Aház.