< २ इतिहास 27 >

1 योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।
Jotham avait vingt-cinq ans à son avènement et il régna seize ans à Jérusalem. Or le nom de sa mère était Jerusa, fille de Tsadoc.
2 हरेक कुरामा आफ्ना पिता उज्‍जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्‍दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्‍ना दुष्‍ट चालमा लागिरहेका थिए ।
Et il fit ce qui est bien aux yeux de l'Éternel, en tout à l'exemple de Hozias, son père, seulement il ne s'introduisit pas dans le Temple de l'Éternel; le peuple se corrompait encore.
3 तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।
Et il construisit la porte supérieure du Temple de l'Éternel, et il fit beaucoup de travaux aux murs d'Ophel.
4 यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्‍ला र धरहराहरू बनाए ।
Et il bâtit des villes dans la montagne de Juda, et dans les forêts il bâtit des châteaux et des tours.
5 अम्‍मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्‍त गरे । त्‍यसै वर्ष अम्‍मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्‍चिस हजार मुरी गहूँ र पच्‍चिस हजार मुरी जौ दिए । अम्‍मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्‍यसरी नै तिनलाई दिए ।
Et il eut guerre avec le roi des Ammonites, et il les vainquit, et les Ammonites lui payèrent cette année-là cent talents d'argent et dix mille cors de froment et dix mille d'orge. C'est ce que lui payèrent les Ammonites aussi la seconde année et la troisième.
6 यसरी परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए ।
Et Jotham devint puissant, parce qu'il réglait ses voies devant l'Éternel son Dieu.
7 योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌ ।
Le reste des actes de Jotham et tous ses combats, et tous ses errements sont d'ailleurs consignés dans le livre des rois d'Israël et de Juda.
8 तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे ।
Il avait vingt-cinq ans à son avènement et il régna seize ans à Jérusalem.
9 योताम आफ्‍ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।
Et Jotham reposa à côté de ses pères et reçut la sépulture dans la Cité de David. Et Achaz, son fils, devint roi en sa place.

< २ इतिहास 27 >