< २ इतिहास 26 >
1 यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्जियाहलाई लिए र तिनका पिता अमस्याहको ठाउँमा तिनलाई राजा बनाए ।
Då tog hele Juda folk Ussia, som var sexton åra gammal, och gjorde honom till Konung i hans faders Amazia stad.
2 यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे र यहूदामा फिर्ता ल्याए । त्यसपछि राजा आफ्ना पुर्खाहरूसित सुते ।
Han byggde Eloth, och lät det igenkomma till Juda, sedan Konungen afsomnad var med sina fäder.
3 उज्जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थियो । तिनी यरूशलेमकी थिइन् ।
Sexton åra gammal var Ussia, då han Konung vardt, och regerade tu och femtio år i Jerusalem; hans moder het Jecholia af Jerusalem.
4 तिनले हरेक कुरामा आफ्ना पिता अमस्याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्टिमा जे कुरो असल थियो सो गरे ।
Och han gjorde det Herranom väl behagade, såsom hans fader Amazia gjort hade.
5 तिनलाई परमेश्वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्वरको अगुवाइ खोज्नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनुभयो ।
Och han sökte Gud, så länge Zacharia lefde, den läraren i Guds syner; och så länge han sökte Herren, lät honom Gud väl gå.
6 उज्जियाह बाहिर गए र पलिश्तीहरूसँग युद्ध गरे । तिनले गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए । तिनले अश्दोदको गाउँमा र पलिश्तीहरूका बिचमा सहरहरू बनाए ।
Ty han drog ut, och stridde emot de Philisteer, och bröt neder murarna i Gath, och murarna i Jabne, och murarna i Asdod, och ibland de Philisteer.
7 परमेश्वरले तिनलाई पलिश्तीहरू, गूर-बालमा बस्ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो ।
Ty Gud halp honom emot de Philisteer, emot de Araber, dem i Gurbaal, och emot de Menniter.
8 अम्मोनीहरूले उज्जियाहलाई कर तिरे, र तिनको ख्याति मिश्रदेशको ढोकासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
Och de Ammoniter gåfvo Ussia skänker, och han vardt namnkunnig allt intill der man kommer in i Egypten; ty han vardt ju starkare och starkare.
9 साथै उज्जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।
Och Ussia byggde torn i Jerusalem på hörnportenom, och på dalportenom, och på annor hörn, och befäste dem.
10 तिनले उजाड-स्थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
Han byggde ock slott i öknene, och grof många brunnar; ty han hade mycken boskap, både i dalar och slättmark, desslikes åkermän och vingårdsmän på bergen, och på Carmel; förty han hade lust till åkerverk.
11 यसबाहेक उज्जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्डरमध्ये एक जना हनन्याहको अधीनमा युद्धमा जान्थे ।
Och Ussia hade en magt till strid, af krigsmän som i här drogo, i tal räknade under Jegiels skrifvarens hand, och Maaseja befallningsmansens, under Hanania hand, den af Konungens öfverstar var.
12 वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा संख्या २,६०० थियो ।
Och talet på de yppersta fäder af de starka örligsmän var tutusend och sexhundrad.
13 तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
Och under deras hand härsmagten trehundradtusend, och sjutusend och femhundrad, skickelige till strid i härskraft, till att hjelpa Konungenom emot fienderna.
14 तिनीहरूका निम्ति—सबै फौजका निम्ति उज्जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे ।
Och Ussia fick dem till hela hären sköldar, spjut, hjelmar, pansar, bågar, och slungor till att kasta sten med;
15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्ने यन्त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्याति टाढाका देशसम्म पुग्यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए ।
Och gjorde i Jerusalem bröstvärn konsteliga, som skulle vara på tornen och hörnen, till att der utskjuta med pil och stora stenar. Och hans rykte kom vidt ut, derföre, att honom besynnerliga hulpet vardt, tilldess han mägtig blef.
16 तर जब उज्जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्नलाई तिनी परमप्रभुको मन्दिरमा पसे ।
Och då han var mägtig vorden, hof hans hjerta sig upp till hans förderf; ty han förtog sig på Herranom sinom Gud, och gick in i Herrans tempel, till att röka på rökaltaret.
17 पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्जियाहको पछिपछि भित्र गए ।
Men Asaria Presten gick efter honom, och åttatio Herrans Prester med honom, starke män;
18 तिनीहरूले उज्जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्नलाई अभिषेक गरिएको छ । पवित्रस्थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्वासघात गर्नुभएको छ र परमप्रभु परमेश्वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”
Och stodo emot Konung Ussia, och sade till honom: Det hörer icke dig till, Ussia, att röka för Herranom; utan Prestomen, Aarons barnom, som till att röka helgade äro. Gack härutu helgedomenom; ty du förtager dig, och det kommer dig till ingen äro för Herranom Gud.
19 तब उज्जियाह रिसाए । तिनले धूप बाल्नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्ने परमप्रभुको मन्दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो ।
Men Ussia vardt vred, och hade ett rökelsekar i handene; och som han trätte med Presterna, gick spitelska ut i hans änne, för Presterna i Herrans hus, inför rökaltaret.
20 प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्ठरोग निस्केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो ।
Och Asaria öfverste Presten vände sig till honom, och alle Presterna; och si, då var han spitelsk i hans änne; och de drefvo honom dädan. Skyndade han sig ock sjelf ut; ty hans plåga var af Herranom.
21 राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कुष्ठरोगी भए । तिनी कुष्ठरोगी भएको हुनाले अलग्गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्दिरबाट बहिष्कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।
Alltså var Konung Ussia spitelsk allt intill sin död, och bodde uti ett fritt hus spitelsk; ty han vardt utdrifven af Herrans hus. Men Jotham hans son stod Konungshuset före, och dömde folket i landena.
22 उज्जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्त्यसम्मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन् ।
Hvad nu mer af Ussia sägande är, både det första och det sista, hafver den Propheten Esaia, Amos son, skrifvit.
23 यसरी उज्जियाह आफ्ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्ठरोगी हुन् ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।
Och Ussia afsomnade med sina fäder, och de begrofvo honom med sina fäder i åkrenom när Konungagrafvarna; ty de sade: Han är spitelsk. Och Jotham hans son vardt Konung i hans stad.