< २ इतिहास 26 >

1 यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्‍जियाहलाई लिए र तिनका पिता अमस्‍याहको ठाउँमा तिनलाई राजा बनाए ।
유다 온 백성이 웃시야로 그 부친 아마샤를 대신하여 왕을 삼으니 때에 나이 십육 세라
2 यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे र यहूदामा फिर्ता ल्‍याए । त्यसपछि राजा आफ्‍ना पुर्खाहरूसित सुते ।
왕이 그 열조와 함께 잔 후에 웃시야가 엘롯을 건축하여 유다에 돌렸더라
3 उज्‍जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यकोल्‍याह थियो । तिनी यरूशलेमकी थिइन्‌ ।
웃시야가 위에 나아갈 때에 나이 십육 세라 예루살렘에서 오십이 년을 치리하니라 그 모친의 이름은 여골리아라 예루살렘 사람이더라
4 तिनले हरेक कुरामा आफ्‍ना पिता अमस्‍याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो सो गरे ।
웃시야가 그 부친 아마샤의 모든 행위대로 여호와 보시기에 정직히 행하며
5 तिनलाई परमेश्‍वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्‍वरको अगुवाइ खोज्‍नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्‍म परमेश्‍वरले तिनको फलिफाप गराइदिनुभयो ।
하나님의 묵시를 밝히 아는 스가랴의 사는 날에 하나님을 구하였고 저가 여호와를 구할 동안에는 하나님이 형통케 하셨더라
6 उज्‍जियाह बाहिर गए र पलिश्‍तीहरूसँग युद्ध गरे । तिनले गात, यब्‍ने र अश्‍दोदका पर्खालहरू भत्‍काइदिए । तिनले अश्‍दोदको गाउँमा र पलिश्‍तीहरूका बिचमा सहरहरू बनाए ।
웃시야가 나가서 블레셋 사람과 싸우고 가드 성과 야브네 성과 아스돗 성을 헐고 아스돗 땅과 블레셋 사람 가운데 성읍들을 건축하매
7 परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो ।
하나님이 도우사 블레셋 사람과 구르바알에 거한 아라비아 사람과 마온 사람을 치게 하신지라
8 अम्‍मोनीहरूले उज्‍जियाहलाई कर तिरे, र तिनको ख्‍याति मिश्रदेशको ढोकासम्‍मै पुग्‍यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
암몬 사람이 웃시야에게 조공을 바치매 웃시야가 심히 강성하여 이름이 애굽 변방까지 퍼졌더라
9 साथै उज्‍जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्‍तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।
웃시야가 예루살렘에서 성 모퉁이 문과 골짜기 문과 성굽이에 망대를 세워 견고하게 하고
10 तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
또 거친 땅에 망대를 세우고 물웅덩이를 많이 팠으니 평야와 평지에 욱축을 많이 기름이며 또 여러 산과 좋은 밭에 농부와 포도원을 다스리는 자를 두었으니 농사를 좋아함이더라
11 यसबाहेक उज्‍जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्‍डरमध्‍ये एक जना हनन्‍याहको अधीनमा युद्धमा जान्थे ।
웃시야에게 또 싸우는 군사가 있으니 서기관 여이엘과 영장 마아세야의 조사한 수효대로 왕의 장관 하나냐의 수하에 속하여 떼를 지어 나가서 싸우는 자라
12 वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो ।
족장의 총수가 이천육백 명이니 모두 큰 용사요
13 तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्‍याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
그 수하의 군대가 삼십만 칠천오백 명이라 건장하고 싸움에 능하여 왕을 도와 대적을 치는 자며
14 तिनीहरूका निम्ति—सबै फौजका निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे ।
웃시야가 그 온 군대를 위하여 방패와 창과 투구와 갑옷과 활과 물매 돌을 예비하고
15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्‍ने यन्‍त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्‍याति टाढाका देशसम्‍म पुग्‍यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए ।
또 예루살렘에서 공교한 공장으로 기계를 창작하여 망대와 성곽 위에 두어 살과 큰 돌을 발하게 하였으니 그 이름이 원방에 퍼짐은 기이한 도우심을 얻어 강성하여짐이더라
16 तर जब उज्‍जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्‍ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्‍नलाई तिनी परमप्रभुको मन्‍दिरमा पसे ।
저가 강성하여지매 그 마음이 교만하여 악을 행하여 그 하나님 여호와께 범죄하되 곧 여호와의 전에 들어가서 향단에 분향하려 한지라
17 पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्‍जियाहको पछिपछि भित्र गए ।
제사장 아사랴가 여호와의 제사장 용맹한 자 팔십 인을 데리고 그 뒤를 따라 들어가서
18 तिनीहरूले उज्‍जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्‍नलाई अभिषेक गरिएको छ । पवित्रस्‍थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्‍वासघात गर्नुभएको छ र परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”
웃시야 왕을 막아 가로되 웃시야여 여호와께 분향하는 일이 왕의 할 바가 아니요 오직 분향하기 위하여 구별함을 받은 아론의 자손 제사장의 할 바니 성소에서 나가소서 왕이 범죄하였으니 하나님 여호와께 영광을 얻지 못하리이다
19 तब उज्‍जियाह रिसाए । तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो ।
웃시야가 손으로 향로를 잡고 분향하려 하다가 노를 발하니 저가 제사장에게 노할 때에 여호와의 전 안 향단 곁 제사장 앞에서 그 이마에 문둥병이 발한지라
20 प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्‍यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो ।
대제사장 아사랴와 모든 제사장이 왕의 이마에 문둥병이 발하였음을 보고 전에서 급히 쫓아내고 여호와께서 치시므로 왕도 속히 나가니라
21 राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कुष्‍ठरोगी भए । तिनी कुष्‍ठरोगी भएको हुनाले अलग्‍गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्‍दिरबाट बहिष्‍कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।
웃시야 왕이 죽는 날까지 문둥이가 되었고 문둥이가 되매 여호와의 전에서 끊어졌고 별궁에 홀로 거하였으므로 그 아들 요담이 왕궁을 관리하며 국민을 치리하였더라
22 उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्‌ ।
이 외에 웃시야의 시종 행적은 아모스의 아들 선지자 이사야가 기록하였더라
23 यसरी उज्‍जियाह आफ्‍ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्‍ठरोगी हुन्‌ ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।
웃시야가 그 열조와 함께 자매 저는 문둥이라 하여 열왕의 묘실 접한 땅 곧 그 열조의 곁에 장사하니라 그 아들 요담이 대신하여 왕이 되니라

< २ इतिहास 26 >