< २ इतिहास 26 >

1 यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्‍जियाहलाई लिए र तिनका पिता अमस्‍याहको ठाउँमा तिनलाई राजा बनाए ।
Kenaka anthu onse a ku Yuda anatenga Uziya amene anali wa zaka 16, namuyika kukhala mfumu mʼmalo mwa Amaziya abambo ake.
2 यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे र यहूदामा फिर्ता ल्‍याए । त्यसपछि राजा आफ्‍ना पुर्खाहरूसित सुते ।
Iye anamanganso mzinda wa Eloti ndi kuwubwezeranso ku Yuda abambo ake atamwalira.
3 उज्‍जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यकोल्‍याह थियो । तिनी यरूशलेमकी थिइन्‌ ।
Uziya anali wa zaka 16 pamene anakhala mfumu ndipo analamulira mu Yerusalemu kwa zaka 70. Dzina la amayi ake linali Yekoliya wa ku Yerusalemu.
4 तिनले हरेक कुरामा आफ्‍ना पिता अमस्‍याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो सो गरे ।
Iye anachita zolungama pamaso pa Yehova, monga momwe anachitira Amaziya abambo ake.
5 तिनलाई परमेश्‍वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्‍वरको अगुवाइ खोज्‍नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्‍म परमेश्‍वरले तिनको फलिफाप गराइदिनुभयो ।
Iye anapembedza Mulungu nthawi ya Zekariya, amene ankamulangiza za kuopa Mulungu amene anamupatsa chipambano.
6 उज्‍जियाह बाहिर गए र पलिश्‍तीहरूसँग युद्ध गरे । तिनले गात, यब्‍ने र अश्‍दोदका पर्खालहरू भत्‍काइदिए । तिनले अश्‍दोदको गाउँमा र पलिश्‍तीहरूका बिचमा सहरहरू बनाए ।
Iyeyo anapita kukachita nkhondo ndi Afilisti ndipo anagwetsa makoma a Gati, Yabine ndi Asidodi. Ndipo kenaka anamanganso mizinda ya pafupi ndi Asidodi ndi malo ena pafupi ndi Afilisti.
7 परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो ।
Mulungu anamuthandiza polimbana ndi Afilisti ndi Aarabu amene amakhala ku Guri-Baala ndiponso polimbana ndi Ameuni.
8 अम्‍मोनीहरूले उज्‍जियाहलाई कर तिरे, र तिनको ख्‍याति मिश्रदेशको ढोकासम्‍मै पुग्‍यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
Aamoni ankabweretsa msonkho kwa Uziya ndipo mbiri yake inamveka mpaka ku malire a dziko la Igupto chifukwa anali wamphamvu kwambiri.
9 साथै उज्‍जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्‍तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।
Uziya anamanga nsanja ku Yerusalemu ku Chipata Chapangodya, ku Chigwa cha Chipata ndi pokhotera mpanda, ndipo anayikamo chitetezo.
10 तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
Iye anamanganso nsanja ku chipululu ndi kukumbanso zitsime zambiri chifukwa anali ndi ziweto zambiri mʼmbali mwa phiri ndi ku zigwa. Iye anali ndi anthu amene ankagwira ntchito mʼminda yake ndiponso mʼminda yake ya mphesa mʼphiri ndi malo achonde, pakuti ankakonda nthaka.
11 यसबाहेक उज्‍जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्‍डरमध्‍ये एक जना हनन्‍याहको अधीनमा युद्धमा जान्थे ।
Uziya anali ndi gulu lankhondo lophunzitsidwa bwino, lokonzekera kupita ku nkhondo mʼmagulu monga mwa chiwerengero chawo chimene mlembi Yeiyeli ndi Maaseya anasonkhanitsa motsogozedwa ndi Hananiya mmodzi mwa akuluakulu a mfumu.
12 वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो ।
Chiwerengero chonse cha atsogoleri a mʼmabanja oyangʼanira anthu ochita nkhondo chinali 2,600.
13 तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्‍याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
Pansi pa ulamuliro wawo panali asilikali 307,500 ophunzitsidwa nkhondo, gulu lamphamvu lothandiza mfumu kulimbana ndi adani ake.
14 तिनीहरूका निम्ति—सबै फौजका निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे ।
Uziya anawapangira asilikaliwo zishango, mikondo, zipewa zankhondo, malaya ankhondo achitsulo, mauta ndi miyala yogendera.
15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्‍ने यन्‍त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्‍याति टाढाका देशसम्‍म पुग्‍यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए ।
Mu Yerusalemu anapanga makina okonzedwa ndi anthu aluso amene amagwiritsidwa ntchito pa malo otetezera a pa nsanja ndi pa ngodya kuponyera mivi ndi kugubuduzira miyala. Mbiri yake inamveka kutali ndi ponseponse pakuti anathandizidwa kwambiri mpaka anakhala wamphamvu kwambiri.
16 तर जब उज्‍जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्‍ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्‍नलाई तिनी परमप्रभुको मन्‍दिरमा पसे ।
Koma pamene Uziya anakhala wamphamvu kwambiri, kunyada kwake kunamuwononga. Iye sanakhulupirike kwa Yehova Mulungu wake, ndipo analowa mʼNyumba ya Yehova kukafukiza lubani pa guwa lofukizira.
17 पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्‍जियाहको पछिपछि भित्र गए ।
Wansembe Azariya pamodzi ndi ansembe a Yehova ena 80 olimba mtima anamutsatira.
18 तिनीहरूले उज्‍जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्‍नलाई अभिषेक गरिएको छ । पवित्रस्‍थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्‍वासघात गर्नुभएको छ र परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”
Iwo anatsutsana naye ndipo anati, “Sibwino kuti inu mfumu muzifukiza lubani koma zidzukulu za Aaroni, zimene zinapatulidwa kuti zizifukiza lubani. Chokani pa malo opatulika ano, pakuti inu mwakhala osakhulupirika, ndipo simudzalemekezedwa ndi Yehova Mulungu.”
19 तब उज्‍जियाह रिसाए । तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो ।
Uziya, amene anali ndi chofukizira mʼmanja mwake wokonzeka kuti afukize lubani, anapsa mtima. Iye anakwiyira ansembewo. Ndipo ansembe aja akuona patsogolo pa guwa lofukizira lubani mʼNyumba ya Mulungu, khate linayamba pamphumi pake.
20 प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्‍यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो ।
Azariya, mkulu wa ansembe pamodzi ndi ansembe ena onse atamuyangʼana anaona kuti anali ndi khate pamphumi pake, ndipo anamutulutsa mofulumira. Ndipo iye mwini anafulumira kutuluka, chifukwa Yehova anamulanga.
21 राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कुष्‍ठरोगी भए । तिनी कुष्‍ठरोगी भएको हुनाले अलग्‍गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्‍दिरबाट बहिष्‍कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।
Mfumu Uziya anali ndi khate mpaka tsiku limene anamwalira. Iye amakhala mʼnyumba ya yekha ngati wakhate, ndipo samalowa mʼNyumba ya Yehova. Yotamu mwana wake ndiye amayangʼanira nyumba yaufumu ndipo ankalamulira anthu a mʼdzikomo.
22 उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्‌ ।
Ntchito zina za mfumu Uziya, kuyambira pachiyambi mpaka pa mapeto, zinalembedwa ndi mneneri Yesaya mwana wa Amozi.
23 यसरी उज्‍जियाह आफ्‍ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्‍ठरोगी हुन्‌ ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।
Uziya analondola makolo ake, ndipo anamuyika pamodzi ndi makolo ake ku malo a manda a mafumu, koma osati mʼmanda mwawomo poti anthu anati, “Iyeyu anali ndi khate.” Ndipo Yotamu mwana wake analowa ufumu mʼmalo mwake.

< २ इतिहास 26 >