< २ इतिहास 23 >
1 सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्डरहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्झौता गरे ।
Nell'anno settimo Ioiadà, sentendosi sicuro, prese i capi di centurie, cioè Azaria, figlio di Ierocam, Ismaele figlio di Giovanni, Azaria figlio di Obed, Maaseia figlio di Adaia, ed Elisafàt figlio di Zicrì, e concluse un'alleanza con loro.
2 तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए ।
Percorsero Giuda e radunarono i leviti da tutte le città di Giuda e i capi dei casati di Israele; essi vennero in Gerusalemme.
3 सबै सभाले परमेश्वरको मन्दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्य गर्नेछन् ।
Tutta l'assemblea concluse un'alleanza con il re nel tempio di Dio. Ioiadà disse loro: «Ecco il figlio del re. Deve regnare come ha promesso il Signore ai figli di Davide.
4 तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।
Questo è ciò che dovrete fare: un terzo fra quelli di voi che prendono servizio il sabato, sacerdoti e leviti, monterà la guardia alle porte;
5 अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्दिरका चोकहरूमा हुनुपर्छ ।
un altro terzo starà nella reggia e un terzo alla porta di Iesod, mentre tutto il popolo starà nei cortili del tempio.
6 सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्दिरभित्र पस्न नदिनू । तिनीहरू भित्र पस्न सक्छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन् । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्नुपर्छ ।
Nessuno entri nel tempio, se non i sacerdoti e i leviti di servizio; costoro vi entreranno, perché essi sono santificati; tutto il popolo osserverà l'ordine del Signore.
7 लेवीहरू हरेकले आआफ्नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्दिरभित्र पस्यो भने, त्यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्नुपर्छ ।”
I leviti circonderanno il re, ognuno con l'arma in pugno; chiunque tenti di entrare nel tempio sia messo a morte. Essi staranno vicino al re seguendolo in ogni movimento».
8 यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन् ।
I leviti e tutti quelli di Giuda fecero quanto aveva comandato il sacerdote Ioiadà. Ognuno prese i suoi uomini, quelli che entravano in servizio di sabato come quelli che smontavano di sabato, perché il sacerdote Ioiadà non aveva licenziato le classi uscenti.
9 त्यसपछि कमाण्डरहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्याइदिए ।
Il sacerdote Ioiadà diede ai capi delle centurie lance, scudi grandi e piccoli, gia appartenenti al re Davide e allora depositati nel tempio di Dio.
10 यहोयादाले सबै फौजलाई आफ्नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्दिरको छेउमा राखे ।
Mise tutto il popolo, ognuno con l'arma in pugno, nel lato meridionale e nel lato settentrionale del tempio, lungo l'altare e l'edificio, in modo da circondare il re.
11 तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”
Si fece uscire il figlio del re e gli si impose il diadema con le insegne. Lo si proclamò re; Ioiadà e i suoi figli lo unsero e poi gridarono: «Viva il re!».
12 जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्ला अतल्याहले सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा तिनीहरूकहाँ आइन्,
Quando sentì le grida del popolo che acclamando correva verso il re, Atalia si presentò al popolo nel tempio.
13 र तिनले हेरिन् र हेर, राजा आफ्नो स्तम्भको छेउमा ढोकानेर खडा थिए र कमाण्डरहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्व गरिरहेका थिए । तब अतल्याहले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”
Guardò ed ecco, il re stava sul suo seggio all'ingresso; gli ufficiali e i trombettieri circondavano il re; tutto il popolo del paese gioiva a suon di trombe; i cantori, con gli strumenti musicali, intonavano i canti di lode. Atalia si strappò le vesti e gridò: «Tradimento, tradimento!».
14 तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्याए र तिनीहरूलाई भने, “तिनलाई मन्दिरको बाहिर ल्याओ । तिनको पछि लाग्ने कुनै पनि व्यक्ति तरवारले मारियोस् ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरमा नमार ।”
Il sacerdote Ioiadà ordinò ai capi delle centurie, che comandavano la truppa: «Fatela uscire attraverso le file! Chi la segue sia ucciso di spada». Infatti il sacerdote aveva detto: «Non uccidetela nel tempio».
15 यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे ।
Le aprirono un passaggio con le mani; essa raggiunse la reggia per l'ingresso della porta dei Cavalli e là essi l'uccisero.
16 त्यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।
Ioiadà concluse un'alleanza tra sé, il popolo tutto e il re, che il popolo fosse cioè il popolo del Signore.
17 यसैले सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काए । बालका वेदीहरू र त्यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे ।
Tutti andarono nel tempio di Baal e lo demolirono; fecero a pezzi i suoi altari e le sue statue e uccisero Mattan, sacerdote di Baal, davanti agli altari.
18 यहोयादाले परमप्रभुका मन्दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्ति होमबलि चढाउन र परमप्रभुको मन्दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।
Ioiadà affidò la sorveglianza del tempio ai sacerdoti e ai leviti, che Davide aveva divisi in classi per il tempio, perché offrissero olocausti al Signore, come sta scritto nella legge di Mosè, fra gioia e canti, secondo le disposizioni di Davide.
19 अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्न नदिनलाई यहोयादाले परमप्रभुको मन्दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।
Stabilì i portieri alle porte del tempio perché non vi entrasse alcun immondo per nessun motivo.
20 यहोयादाले सयका कमण्डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्दिरबाट तल ल्याए । मानिसहरू माथिल्लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।
Prese i capi di centinaia, i notabili e quanti avevano autorità in mezzo al popolo del paese e fece scendere il re dal tempio. Attraverso la porta Superiore lo condussero nella reggia e lo fecero sedere sul trono regale.
21 यसरी देशका सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो । अतल्याहलाई तिनीहरूले तरवारले मारेका थिए ।
Tutto il popolo fu in festa e la città restò tranquilla benché Atalia fosse stata uccisa a fil di spada.