< २ इतिहास 21 >
1 यहोशापात आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
Bere a Yehosafat wui no, wosiee no wɔ nʼagyanom nkyɛn wɔ Dawid kurom. Na ne babarima Yehoram dii nʼade sɛ ɔhene.
2 यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।
Yehoram nuanom mmarima a na wɔyɛ Yehosafat mmabarima afoforo bi no ne Asaria, Yehiel, Sakaria, Asaria, Mikael ne Sefatia.
3 तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरूका ठुला उपहारहरू र यहूदाका किल्ला भएका सहरहरू पनि दिए, तर राज्यचाहिं तिनले यहोरामलाई नै दिए ।
Wɔn agya maa wɔn mu biara akyɛde a ɛsom bo, a ɛyɛ dwetɛ, sikakɔkɔɔ ne aboɔdenne; na afei, ɔde Yuda nkurow a wɔabɔ ho ban no bi kyekyɛɛ wɔn. Na esiane sɛ Yehoram yɛ abakan nti, ɔbɛyɛɛ ɔhene.
4 जब यहोराम आफ्ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।
Na bere a Yehoram ahenni timii no, okunkum ne nuabarimanom no nyinaa ne Israelfo ntuanofo bi.
5 यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।
Bere a Yehoram dii ade no, na wadi mfirihyia aduasa abien. Na odii ade wɔ Yerusalem mfirihyia awotwe.
6 आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्नी पत्नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो सो गरे ।
Na Yehoram yɛɛ sɛnea Israel ahemfo yɛe. Na ɔyɛ otirimɔdenfo te sɛ ɔhene Ahab, efisɛ na waware Ahab mmabea no mu baako. Enti Yehoram yɛɛ bɔne wɔ Awurade ani so.
7 तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।
Nanso na Awurade mpɛ sɛ ɔsɛe Dawid ahenni nnidiso no, efisɛ na ɔne Dawid ayɛ apam ahyɛ bɔ sɛ, nʼasefo bɛkɔ so adi hene afebɔɔ.
8 यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्यो, र तिनीहरूले आफ्नै राजा स्थापित गरे ।
Yehoram bere so na Edomfo sɔre tiaa Yuda, na wosii wɔn ankasa wɔn hene.
9 तब यहोराम आफ्ना फौज पतिहरू र सबै रथका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका फौज पतिहरूलाई घेरेका थिए ।
Enti Yehoram de asraafo ne ne nteaseɛnam nyinaa kɔtow hyɛɛ Edom so. Edomfo twaa ɔno ne ne nteaseɛnamkafo no ho hyiae, nanso ɔfaa anadwo sum mu guanee.
10 यसैले एदोम आजको दिनसम्मै यहूदाको अधीनताको विरुद्धमा छ । त्यसै बेला लिब्नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्यो, किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।
Edom ade ne ho a ɔnhyɛ Yuda ase de besi nnɛ. Saa bere koro no ara mu, Libna kurow tew atua, efisɛ na Yehoram atwe ne ho afi Awurade, nʼagyanom Nyankopɔn ho.
11 यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
Na wasisi abosonsomfo nsɔree so wɔ Yuda mmepɔw asase so, ama nnipa a wɔwɔ Yerusalem ne Yuda akɔsom abosonsomfo anyame.
12 एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तँ आफ्ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
Na odiyifo Elia kyerɛw saa krataa yi kɔmaa Yehoram: “Asɛm a Awurade, wʼagya Dawid Nyankopɔn se ni: ‘Woanni wʼagya Yehosafat anaa wo nena Yudahene Asa nhwɛsopa so.
13 तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्नै भाइहरू, तँभन्दा असल मानिसहरू पनि तैंले मारिस् —
Mmom, woayɛ omumɔyɛfo sɛ Israel ahemfo. Woama Yerusalemfo ne Yudafo akɔsom ahoni te sɛnea ɔhene Ahab yɛɛ wɔ Israel no. Na mpo, woakunkum wʼankasa wo nuanom mmarima a na wodi mu sen wo.
14 हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्नीहरू र तेरा सबै धन-सम्पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
Enti afei, Awurade de ɔhaw kɛse bɛba wo, wo nkurɔfo, wo mma, wo yerenom ne biribiara a ɛyɛ wo dea so.
15 तँ आफैलाई चाहिं निको नहुने आन्द्राको रोग हुनेछ । त्यसले गर्दा दिनदिनै तेरा आन्द्रा बाहिर निस्केर आउनेछन् ।”
Wʼankasa de, wɔde nsono mu yare a ɛyɛ yaw yiye bɛto wo so akosi sɛ wʼayamude betu apue.’”
16 परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो ।
Na Awurade kaa Filistifo ne Arabfo a na wɔte bɛn Etiopiafo so sɛ wɔnkɔtow nhyɛ Yehoram so.
17 तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्नीहरू पनि लगे । कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
Wɔbɔɔ nsra kɔɔ Yuda so kotuaa wɔn ano, fow aboɔden nneɛma a ɛwɔ ahemfi hɔ a ne mmabarima ne ne yerenom ka ho. Ne babarima kumaa Yehoahas nko na wogyaw no.
18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्द्रामा प्रहार गर्नुभयो ।
Eyi akyi na Awurade maa nsono mu yare a ano yɛ den bɔɔ Yehoram.
19 त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो । अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन्द्रा बाहिर निस्के, र तिनी गम्भीर रोगले मरे । तिनको सम्मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्तो तिनीहरूले तिनका पुर्खाहरूका निम्ति गरेका थिए ।
Akyiri no, mfe abien akyi, ɔyare no maa nʼayamde puei, na owui ɔyaw mu. Ne nkurɔfo ammɔ ogyatannaa kɛse, amfa anhyɛ no anuonyam wɔ nʼayiyɛ mu sɛnea wɔyɛ maa nʼagyanom no.
20 तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।
Yehoram dii ade no, na wadi mfirihyia aduasa abien, na odii ade wɔ Yerusalem mfirihyia awotwe. Owui no, anyɛ obiara awerɛhow. Wosiee no wɔ Dawid kurom, nanso ɛnyɛ adehye asiei.