< २ इतिहास 21 >

1 यहोशापात आफ्‍ना पुर्खाहरूसित सुते र तिनीहरूसँग दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।
[約蘭王的惡行]約沙法特與列祖同眠,與祖先一同葬在達味城;他的兒子約蘭繼位為王。
2 यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्‍याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।
他的兄弟,約沙法特的兒子:哈匝黎雅、耶希耳、則加黎雅、阿匝黎雅、米加耳和舍法提雅,這些都是猶大王約沙法特的兒子,
3 तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्‍य थोकहरूका ठुला उपहारहरू र यहूदाका किल्‍ला भएका सहरहरू पनि दिए, तर राज्‍यचाहिं तिनले यहोरामलाई नै दिए ।
他們的父親將許多禮品,金銀財寶,以及猶大的堅城分封了他們,卻將王位賜給了約蘭,因為他是長子。
4 जब यहोराम आफ्‍ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्‍ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।
當約蘭登上了他父親的王位鞏固了自己的勢力以後,就殺了他所有的兄弟,和幾個以色列首領。
5 यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।
約蘭即位時年三十二歲,在耶路撒冷作王八年。
6 आहाबका घरानाले गरेझैं तिनी इस्राएलका राजाहरूका चालमा हिंडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।
他走了以色列王所走的道路,有如阿哈布家一樣,因為他娶了阿哈布的女兒為妻,行了上主視為惡的事。
7 तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।
但是,上主不願消滅達味家室,因為曾與達味立過約,應許時常給他和他的子孫留下一盞明燈。[天主降罰]
8 यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्‍यो, र तिनीहरूले आफ्‍नै राजा स्‍थापित गरे ।
約蘭年間,厄東反叛,脫離了猶大的統治,自立為王。
9 तब यहोराम आफ्‍ना फौज पतिहरू र सबै रथका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका फौज पतिहरूलाई घेरेका थिए ।
約蘭率領自己的軍長和所有的戰車前去聲討;他夜間起來,衝出了包圍他和戰車隊長的厄東人。
10 यसैले एदोम आजको दिनसम्‍मै यहूदाको अधीनताको विरुद्धमा छ । त्‍यसै बेला लिब्‍नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्‍यो, किनभने यहोरामले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।
這樣,厄東人脫離了猶大的統治,直到現在。里貝納也同時叛變,脫離了猶大的統治,因為君王離棄了上主,他祖先的天主,
11 यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्‍गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।
並且在猶大山上建立了高丘,使耶路撒冷的居民行淫,使猶大人背信。
12 एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्‍यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तँ आफ्‍ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
有人給他送來厄里亞先知的一封信,信上說:「上主,你祖先達味的天主這樣說:因為你沒有走你父親約沙法特的路,又沒有走猶大王阿撒的路,
13 तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —
反而走了以色列王的路,引誘猶大和耶路撒冷的居民行淫,如同阿哈布家行淫一樣;又因為你殺了你父親家中那些比你好的兄弟,
14 हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
上主必以巨大的災禍打擊你的百姓,你的妻子兒女,以及你所有的財產。
15 तँ आफैलाई चाहिं निको नहुने आन्‍द्राको रोग हुनेछ । त्‍यसले गर्दा दिनदिनै तेरा आन्‍द्रा बाहिर निस्‍केर आउनेछन्‌ ।”
至於你,你必生一種極嚴厲的病,腸胃病,以至兩年內,你的腸子都要流出來。」[預言實現]
16 परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्‍ने पलिश्‍ती र अरबीहरूलाई उक्‍साउनुभयो ।
上主激起培肋舍特人和臨近雇士的阿剌伯人的心,與約蘭為敵。
17 तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्‍पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्‍नीहरू पनि लगे । कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
他們遂前來攻擊猶大,侵入境內,掠去了王宮所有的財物,擄去了他的兒子妻妾;除他最小的兒子約阿哈次,沒有給他留下一個兒子。
18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्‍द्रामा प्रहार गर्नुभयो ।
此後,上主以一種不能醫治的腸胃病打擊了約蘭。
19 त्‍यस रोगले तिनलाई केही समयसम्‍म सताइरह्यो । अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा बाहिर निस्‍के, र तिनी गम्भीर रोगले मरे । तिनको सम्‍मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्‍तो तिनीहरूले तिनका पुर्खाहरूका निम्‍ति गरेका थिए ।
這病纏綿了一年多;二年末,當他的終期來到時,他的腸子因病都流了出來,他在極苦痛中死了。他的百姓沒有為他舉行焚香禮,如同為他的列祖所行的一樣。
20 तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।
他即位時年三十二歲,在耶路撒冷作王八年。他逝世後,無人表示悲哀。人將他葬於達味城,但沒有葬在王陵內。

< २ इतिहास 21 >