< २ इतिहास 19 >

1 यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
Yehoshafati mfalme wa Yuda akarudi salama nyumbani kwake Yerusalemu.
2 तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
Kisha Yehu mwana wa Hanani, mwonaji, akatoka kukutana naye na akasema kwa mfalme Yehoshafati, “Unapaswa kuwa unawasaidia waovu? Unapaswa kuwapenda wanaomchukia Yahwe? Kwa ajili ya tendo hili, ghadhabu toka kwa Yahwe iko juu yako.
3 तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”
Aidha, kuna baadhi ya mema ya kuonekana ndani yako, kwamba umeziondosha Maashera nje ya nchi, na umeukaza moyo wako kumtafuta Mungu.”
4 यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्‍याए ।
Yehoshafati akaishi katika Yerusalemu; na akaenda nje tena miongoni mwa watu wa Beer- sheba hadi nchi ya kilima ya Efraimu na akawarudisha kwa Yahwe, Mungu wa baba zao.
5 यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे ।
Akaweka waamuzi katika nchi katika miji yote ya Yuda yenye angome, mji kwa mji.
6 तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्‍ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
Akawaambia waamuzi, “Zingatieni mnachopaswa kufanya, kwa sababu hamuamui kwa ajili ya mwanadamu, bali kwa ajili ya Yahwe; yuko pamoja nanyi katika kazi ya kuamua,
7 यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस्‌ । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्‍वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्‍छ ।”
Basi sas iacheni hofu ya Mungu iwe juu yenu. Iweni waangaliafu mnapoamua, kwa maana hakuna uovu wa Yahwe Mungu wetu, wala hakuna upendeleo wala hongo.”
8 यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्‍यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्‍न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।
Vile vile, katika Yerusalemu Yehoshafati akateua baadhi ya Walawi na makuhani, na baahdhi ya viongozi wa nyumba za mababu wa Israeli, kwa ajili ya kufanya hukumu kwa ajili ya Yahwe, na kwa ajili ya migogoro. Wakaishi katika Yerusalemu.
9 तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित र आफ्‍ना सारा हृदयले काम गर्नुपर्छ ।
Akawaelekeza, akisema, “Lazima mtumike kwa heshima kwa ajaili ya Yahwe, kwa uaminifu, na na kwa moyo wenu wote.
10 जब आफ्‍ना सहरमा बस्‍ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्‌, चाहे ती रक्तपातसम्‍बन्‍धी होउन्, वा व्‍यवस्‍था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्‌, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।
Kila mgogoro wowote utakapokuja kwenu kutoka kwa ndugu zenu wanaoishi katika miji yao, iwe inahusu mauji, iwe inhusu torati na amri, lazim muwaonye, ili kwamba wasiwe na hatia mbele za Yahwe, la sivyo ghadhabu itakuja juu yenu na juu ya ndugu zenu. Mnapaswa kufanya hivyo na hamtakuwa na hatia
11 हेर, परमप्रभुका सबै विषयमा मुख्‍य पुजारी अमर्याह तिमीहरूमाथि छन्‌ । राजा सम्‍बन्‍धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्‍माएलका छोरा जबदियाह निरीक्षक छन्‌ । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन्‌ । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”
Ona, Amaria kuhani mkuu yuko juu yenu katika mambo yote ya Yahwe. Zebadia mwana wa Ishmaeli, kiongozi wa nyumba ya Yuda, ni kiongozi katika yote katika mambo yote ya mfalme. Pia, Walawi watakuwa wasimamizi wakiwatumikia ninyi. Muwe hodari na tiini maelekezo yenu, na Yahwe awe moja nao walio wema.”

< २ इतिहास 19 >